ओलीले पार्टीको निर्णय मान्नु पर्ने अगेनो रेष्टुरेन्ट भेलाको निष्कर्ष

 न्यूज विराट
ओलीले पार्टीको निर्णय मान्नु पर्ने अगेनो रेष्टुरेन्ट भेलाको निष्कर्ष

काठमाडौं, १७ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहको भेलाले ओलीलाई स्थायी कमिटीको बैठकले गरेको निर्णय मान्न निर्देशन दिने निष्कर्ष निकालेको छ ।

बुधबार दिउँसोबाट सुरु भएको ललितपुरको अगेनो रेष्टुरेन्टमा भएको भेलाको निष्कर्ष स्थायी कमिटीले ओलीलाई दुवै पदबाट राजीनामा दिन निर्देशन दिने निर्णय गरेको सहभागी एक स्थायी कमिटी सदस्यले बताए ।

आजको भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादललगायत ३० जना स्थायी कमिटी सदस्य सहभागी भएका ती स्थायी कमिटी सदस्यले बताए । नेकपाको स्थायी कमिटी बैठक भोली बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ ।

प्रचण्ड नेपाल समूहका मन्त्रीहरू पनि आजको ललितपुर भेलामा सहभागी भएका थिए । योगेश भट्टाराई भने सहभागी नभएको एक जना स्थायी कमिटी सदस्यले बताए । आज बिहान अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको छलफलमा बादल र भट्टाराई पनि सहभागी भएका थिए ।

सम्बन्धित समाचार

सनसिटी अपार्टमेन्टका एकै परिवारका २ मा कोरोना देखियो, १ जनामा देखिएनः स्वास्थ्य मन्त्रालय

काठमाडौं, २ वैशाख-पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका एकै परिवारका ३ जनामध्ये २ जनामा मात्र कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको छ...

‘स्वास्थ्यकर्मीको मनोबल उच्च बनाऔँ’ : सांसद

काठमाडौं, ११ असार-सांसदहरुले कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि भइरहेका कुटपिट र दुव्र्यवहारलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनीहरुले त्यस्ता गलत कामले रोग सङ्क्रमण बढ्ने र नकारात्मक सन्देश...

विराटनगरमा जसपाद्वारा विरोध प्रदर्शन

विराटनगर, ३ असोज–संविधान दिवसमा जनता समाजवार्दी पार्टी नेपाल मोरङले विराटनगरमा विरोध प्रदर्शन गरेको छ । संविधानमा मधेशी, महिला, दलित, मुस्लिम लगायतसिमान्तकृत समुदायको अधिकार नसमेटिएको भन्दै विरोध प्रदर्शन गरेको हो । संविधान दिवसलाई कालो दिनका रुपमा...

भारतमा आन्दाेलित किसानहरूमाथि मन्त्रीका छाेराले कार कुदाए, आठ जनाकाे मृत्यु

एजेन्सी, १८ असोज । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । आज बिहान उत्तरप्रदेशस्थित सितापुरको हरगाउँबाट गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उत्तर प्रदेशको लखिमपुर खिरीमा जारी किसानहरूको...

एमालेले संविधानको धारा ७६ (५) लाई संशोधन गर्न पहल गर्ने

नेकपा एमालेले संविधानको धारा ७६ को उपधारा ५ लाई संशोधन गर्न पहल गर्ने निर्णय गरेको छ ।  बुधबार च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले संविधानको धारा ७६ को उपधारा ५ लाई संशोधन गर्न...

पक्राउ पछि पूर्वमन्त्री अधिकारीले भने, ‘अनुसन्धानलाई सहयोग गर्छु ’

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले अनुसन्धानलाई सहयोग गर्ने बताएका छन् ।आइबार निवासबाटै प्रहरीको नियन्त्रणमा परेपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘म अनुसन्धानलाई सहयोग पु–याउन हिँडे । अनुसन्धानलाई सहयोग पुर्याउनु...

पार्टी फुटाएर समाजवाद आउँदैन : केपी ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएर समाजवाद नआउने टिप्पणी गरेका छन् । आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्को दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने ओलीको भनाइ थियो ।...

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्