चीनमा भारी वर्षाबाट १४ जनाको मृत्यु, ८ बेपत्ता

 न्यूज विराट
चीनमा भारी वर्षाबाट १४ जनाको मृत्यु, ८ बेपत्ता

एजेन्सी, असार १७-दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण १४ जनाको मृत्यु भएको छ । सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा जारी यस प्रकोपमा परीमा १४ को मृत्यु हुनुको साथै अन्य ८ जना बेपत्ता भएका स्थानीय सरकारले जानकारी दिएको छ ।

यसअघि ती स्थानमा १० जना बेपत्ता भएका जानकारी दिइएको थियो । बेपत्ता मध्ये दुई जनाको मृत्यु भएको मिआङनिङ काउन्टीले पुष्टि गरेको छ । त्यस बाढीका कारण अझै ८ जना बेपत्ता भएका जनाइएको छ ।

२६ जुनदेखि सो क्षेत्रमा मुसलधारे वर्षा भइरहेको छ । हाल करिब ५ हजार ६६० व्यक्ति सोही काउन्टीको उपजिल्ला यिहाई र गाओयाङमा रहेको अस्थायी शिविरमा बस्दै आएका छन् ।

वर्षाको कारण प्रत्यक्ष रुपमा करिब ७३ करोड ८० लाख युआन बराबरको आर्थिक क्षति भएको जनाइएको छ । सो बाढीग्रस्त क्षेत्रमा हाल उद्धार कार्य जारी रहेको बताइएको छ ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन जोड

विराटनगर । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थीत र मर्यादित बनाउन सरोकारवालहरुले जोड दिएका छन् । मानव अधिकारका लागि पिपुल फोरमले विराटनगरमा शनिबार आयोजना गरेको वैदेशिक रोजगारका समसामयिक नीति तथा निर्देशिकाहरुबारे सरोकारवाहरुबीच अन्तरक्रिया कार्यक्रममा सरोकारवाहरुले यस्तो बताएका...

रमेश रायलाई जीवन विकास गोल्डेन अवार्ड प्रदान

विराटनगर । गरिबीरहित नेपालको परिकल्पनासहित ३१ जिल्लामा वित्तीय र सामाजिक सेवा प्रवाह गरिरहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले रमेश रायलाई ‘जीवन विकास गोल्डेन अवार्ड २०८१’ प्रदान गरेको छ । उनी लघुवित्तको सूचना प्रविधि विभागको प्रमुख...

समावेशी नीति बनाउन यौनिक तथा अल्पसङ्ख्यकको माग

विराटनगर । राजनैतिक दलहरूले नीति निर्माण बनाउँदा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको माग सुनवाइ गरिनुपर्ने उनीहरूले बताएका छन् ।राजनैतिक दलका नेताहरूलाई राखेर यौनिक तथा लैगीक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपालले विराटनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो...

विराटनगरमा भेस्पा र अप्रिलिया स्कुटरको स्वरुम, गौरव अटोसेन्टर सुरू गर्यो विक्री

विराटनगर । विराटनगर ४ बरगाछीमा गौरव अटोसेन्टरले भेस्पा र अप्रिलिया स्कुटरको विक्री वितरण सुरु भएको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रमको बीच भेस्पा र अप्रिलियाको आधिकारिक बिक्रेता गौरव अटोसेन्टरले विक्री वितरण सुरु गरेको हो ।भेस्पा...

कोशी कोभिडलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गरिने

विराटनगर, असार १–प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई सरूवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा सञ्चालन गरिने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला...

विराटनगरको कोवास कलेजमा एसीसीए कोर्ष सुरु हुने, विद्यार्थीलाई दिइयो अभिमुखिकरण

विराटनगर । विराटनगरस्थित कोवास कलेजमा युकेको एसीसीए कोर्ष पढाई हुने भएको छ । यही नयाँ शैक्षिक शत्रबाट उक्त कोर्ष कोवासमा सुरु गर्ने भएको हो ।नयाँ कोर्ष कलेजमा संचालन गर्ने भएपछि शनिबार विद्यार्थीहरुलाई जानकारी दिनको लागि...

माधव नेपालका ७ अंगरक्षकलाई कोरोना

काठमाडौं, ६ भदौ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका ७ अङ्गरक्षकलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।   पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार उनको सुरक्षामा...

२० लाखसम्मको कारोबार गर्ने उद्योगीलाई आयकरमा ७५ प्रतिशत छुट

काठमाडौं, १५ जेठ-सरकारले वार्षिक २० लाखसम्म कारोबार गर्ने साना तथा घरेलु उद्योगी व्यवसायीहरूलाई आयकरमा ७५ प्रतिशत छुट दिने भएको छ । आगामी आर्थिक वर्ष ०७७/०७८ को अनुमानित आय व्यय (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्