ओलीलाई प्रचण्डको जवाफ : तपाईंलाई भारतले होइन, मैले हटाउन खोजेको हो 

 न्यूज विराट
ओलीलाई प्रचण्डको जवाफ : तपाईंलाई भारतले होइन, मैले हटाउन खोजेको हो 

काठमाडौं, १६ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्का अध्यक्ष केपी ओलीलाई भारतले नभई आफूले नै प्रधानमन्त्रीबाट हटाउन प्रयास गरेको बताएका छन् ।

नेकपाको जारी सचिवालय बैठकमा पार्टीका अध्यक्षद्वयबीच चर्काचर्की परेपछि प्रचण्डले ओलीलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको नभई आफूले नै हटाउन खोजेको जवाफ दिएको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले बताए ।

‘१७ वैशाखमै मैले तपाईंको राजीनामा मागेको हो, अहिले पनि मागेँ, पहिला पनि तपाईंलाई दिल्लीले होइन, मैले हटाएको हो, अब पनि मैले नै हटाउँछु,’ प्रचण्डले बैठकमा राखेको राधणा उद्धृत गर्दै ती नेताले भने ।

नेताहरूले प्रधानमन्त्रीबाट हटाउन खोजेको भन्दै दिएको अभिव्यक्ति पुष्टि गर्न अध्यक्ष ओलीलाई चेतावनी दिएपछि ओलीले पार्टी बैठकका कुराहरू कसले भारतीय मिडियासम्म पुर्‍याउँछ भन्दै प्रश्न गरेपछि प्रचण्ड आक्रोशित बनेको ती नेताको भनाइ छ ।

तपाईंलाई प्रधानमन्त्रीबाट भारत या अरु कसैले हटाउन खोजेको होइन, मैले हटाउन खोजेको हो, हटाउने नै हो’, प्रचण्डले बैठकमा राखेको धारणा उद्धृत गर्दै ती सदस्यले भने ।

‘स्थायी कमिटीमा मविरुद्ध बोलिएका विषय कसरी भारत पुग्यो ? किन हाम्रा हुबहु कुरा बाहिर लगिन्छ ? यो षड्यन्त्र नभए के ? भन्दै ओली आक्रोशित बनेपछि प्रचण्डले मैले हो हटाउन खोजेको भन्नुभयो,’ ती नेताले भने ।

प्रचण्डले १४ असारमा भएको एउटा सार्वजनिक कार्यक्रममा भारतविरुद्ध बोलेर राम्रोे काम नगरेको भन्दै हल्का ढंगले प्रस्तुत नहुन पनि ओलीलाई सुझाएको ती नेताले बताए ।

बैठकमा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, रघुजी पन्तलगायत नेताले कुर्सीमा विभेद भएको भन्दै आक्रोश व्यक्त गरेपछि शान्त ढंगले सुरु भएको बैठकमा नेताहरूबीच भनाभन सुरु भएको ती नेताको दाबी छ ।

सम्बन्धित समाचार

प्रदेश १ का मन्त्री कार्कीको अभिव्यक्ति आपत्तिजनकः पत्रकार महासंघ

विराटनगर, २९ असार ।प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले दिएको अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ मोरङले आपत्ति जनाएको छ । बुधबार पत्रकार महासंघ मोरङ शाखाका सचिव नेत्रपी अधिकारीले विज्ञप्ती निकाल्दै मन्त्री कार्कीले...

थप २५० जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो

काठमाडौं, २९ जेठ-नेपालमा बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको अवधिमा थप २ सय ५० जनामा कोरोना संक्रमण...

विराटनगरमा आज र भोलि भेरोसेलको दोस्रो खोप लगाइदै

विराटनगर, २५ असार । विराटनगरमा आगामी आज र भोलि कोरोना भाइरसविरुद्धको दोस्रो खोप लगाइने भएको छ । विराटनगर महानगरपालिकाले आसार २५ र २६ गते पहिलो चरणमा खोप लगाएकालाई दोस्रो मात्र लगाइने सुचना प्रकाशित गरेको थियो...

सरकारी निकायबिच समन्वय नहुँदा विराटनगरको बजार अनुगमन प्रभावकारी नभएको गुनासो

विराटनगर, १३ फागुन । बजार अनुगमन प्रभावकारी बनाउन सरकारी निकायबीच समन्वय आवश्यक रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । आज विराटनगर महानगरपालिकाको अयोजनामा भएको छलफलमा सहभागिहरूले सरकारी निकायवीच समन्वय नहुँदा अनुगमन प्रभावकारी नभएको बताए ।...

बस्ती जोखिममा हुने गरी अवैध उत्खनन्, धनपालथान गाउँपालिका र प्रशासन मुख दर्शक

विराटनगर । मोरङको धनपालथान गाउँपालिका ६ मा जथाभावी माटो उत्खननले कदमा र नोचा बस्ती जोखिममा परेको छ । धनपालथान ६ लोहन्द्रा खोला छेउको बस्ती वरपर अवैध रूपमा माटो उत्खनन भएको कारणले बस्ती जोखिममा परेको हो...

पाकिस्तानमा लगातार ३ वटा बम बिस्फोट

एजेन्सी, असार ७-पाकिस्तानको सिन्ध प्रान्तमा शुक्रबार भएका ३ वटा बम बिस्फोटनबाट २ सैनिकसहित ४ जनाको मृत्यु भएको छ ।स्थानीय सञ्चार माध्यमका अनुसार सिन्धुदेश क्रान्तिकारी सेना नामको विद्रोही समूहले ती बिस्फोटको जिम्मेवारी लिएको छ । एउटा...

आरागन होटेल स्कूलले गर्यो एकै दिन विदाई तथा स्वागत

विराटनगर । विराटनगर – १० स्थीत सन्सारी माइस्थान मन्दिर नजिकै रहेको आरागन होटेल स्कूल तथा कोशी विद्या मन्दिरको प्लस टु होटेल मेनेजमेन्टले कलेजबाट विदाई गर्दै कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । आरागनको...

कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशनबारे छलफल हुने

काठमाडौं,  १७ कात्तिक-नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्