आफैले बोकेको पेस्तोलले गोली हानी हवल्दारद्वारा आत्महत्या

 न्यूज विराट
आफैले बोकेको पेस्तोलले गोली हानी हवल्दारद्वारा आत्महत्या

सुनसरी, १६ असार-सुनसरी जिल्ला अदालतमा कार्यरत एक प्रहरी हवल्दारले आफैँले बोकेको पेस्तोलबाट गोली हानेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जिल्ला अदालत सुनसरीमा कार्यरत उर्लावारी नगरपालिका घर भएका ओमप्रकाश खतिवडाले सोमबार आत्महत्या गरेका हुन् ।

जिल्ला अदालत सुनसरीका ४ नम्बर न्यायाधीश शङ्करबहादुर राईको अङ्गरक्षकका रूपमा कार्यरत खतिवडाले अदालतको छतमा गएर आफूसँग भएको पेस्तोलबाट आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।

दाहिने कञ्चटमा गोली हानी गम्भीर घाइते भएका खतिवडालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

सम्बन्धित समाचार

हुन्डीको ६५ लाख रुपैयाँसहित कालीमाटीबाट भारतीय नागरिक पक्राउ

काठमाडौं, १५ असार-काठमाडौंको कालीमाटीबाट हुन्डीको ६५ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक रमेश सिंह रहेको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी किशोर कार्कीले बताए । एसपी कार्कीका अनुसार सिंहलाई महानगरीय...

त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने

काठमाडौं, १९ कात्तिक-त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ...

कांग्रेस महाधिवेशनः विराटनगर सभापतिमा शेखर कोइराला निकट दिपक चापागाईँ विजयी

विराटनगर , १७ असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत विराटनगर महानगरको सभापतिमा दिपक चापागाई निर्वाचित भएका छन् । निकटतम प्रतिष्पर्धी सन्तोष न्यौपानेलाई ४७ मत अन्तरले पराजित गर्दै चापागाई सभापतिमा निर्वाचित भएका हुन ।...

धरानको जंगलमा मृत भेटिएकी चुनुकुमारीको हत्या, श्रीमानले दिएको पाँच लाख सुपारीमा श्रीमतिको हत्या

विराटनगर । धरानको जंगलमा अर्धनग्न अवस्थामा भेटिएकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको हत्या उनकै श्रीमान प्रेम बुढाथोकीको योजनामा भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार श्रीमान प्रेम बुढाथोकीले आफ्नी श्रीमतीको हत्याका...

कटहरी गाउँपालिका अध्यक्ष चौधरीलाई कारवाहीको माग, कारवाही नगरे पार्टीबाट राजिनामा दिने चेतवनी

विराटनगर । मोरङ कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले पार्टीका नेताहरूलाई बेवास्ता गरेको र उनीहरूको कामलाई असहयोग गरेको भन्दै कारवाहीको माग राखेका छन् । गाउँपालिकाभित्र रहेका क्षेत्रीय र प्रदेश प्रतिनिधि, पालिका सभापतिसहित पदाधिकारी, सातवटै वडाका सभापतिसहितको...

लियो क्लबद्वारा स्वीटर वितरण

    बेलबारी । लियो क्लब अफ बेलबारीले विद्यालयका बालबालिकाहरुलाई न्यानो स्वीटरका साथै शैक्षिक सामग्री वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी बेलबारी–८ स्थित सुकुना आधारभुत विद्यालयका ४१ जना विद्यार्थीहरुलाई स्वीटर र शैक्षिक...

पाँचौ मिल्स गोल्डकप : उपाधि होल्डमा उदयपुरको फ्यूजन क्लब

विराटनगर । गाइघाटको फ्यूजन फुटबल क्लब विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरको जुट मिल खेल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइलन खेलमा सुनसरी इटहरीको टीएफसी तालतलैयालाई ५–१ गोलअन्तरले पराजित...

डच क्लब आयाक्सका ११ जना खेलाडीलाई कोरोना

एजेन्सी, १८ कात्तिक-डच क्लब आयाक्सका ११ जना खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेल अघि गरिएको परीक्षणमा आयाक्सका ११ जना खेलाडीमा कोरोना देखिएको हो । आयाक्सले आफ्ना टिमका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्