मदन भण्डारी फाउण्डेशनद्वारा कोरोना कोषमा ५ लाख सहयोग

 न्यूज विराट
मदन भण्डारी फाउण्डेशनद्वारा कोरोना कोषमा ५ लाख सहयोग

काठमाडौं, १४ असार-मदन भण्डारी फाउन्डेशनले नेपाल सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती अवसरमा फाउन्डेशनले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद (जबज) को प्रकाशमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयको छलफल कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले सो रकम बराबरको चेक हस्तान्तरण गर्दै यस वर्ष कोरोना महामारी र बन्दाबन्दीका कारण अन्य सार्वजनिक कार्यक्रम नगरिएको र विभिन्न चेतनामूलक र वातावरण संरक्षणसम्बन्धी साताव्यापी कार्यक्रम गरेर जननेताको जन्मजयन्ती मनाइएको बताए ।

फाउण्डेशनका सचिव पेम्बा लामाले यस वर्ष फाण्डेशनले प्रदान गर्ने पुरस्कार पनि स्थगन गरिएको जानकारी दिए ।  सो अवसरमा आजको दिशाबोध वार्षिक प्रकाशनको डिजिटलप्रतिको विमोचन पनि गरिएको थियो । रासस 

सम्बन्धित समाचार

आइपीएल अक्सनमा नेपालबाट सन्दीपसहित ८ खेलाडीको नाम पठाइयो

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२१ को संस्करणको अक्सनमा नेपालबाट ८ खेलाडीको नाम सिफारिस गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी १८ फेब्रुअरीदेखि चेन्नइमा हुने आइपीएलको अक्सनमा नेपालबाट ८ खेलाडीले नाम सिफारिस गरेको हो ।...

राजस्थानमाथि बैंगलोरको जित

एजेन्सी, १ कात्तिक-एबी डी भिलियर्सको शानदार पारीसँगै रोयल च्यालेञ्जर्स बैंगलोरले युएईमा जारी आइपीएल-१३ को ३३औँ म्याचमा राजस्थान रोयल्सलाई सात विकेटले पराजित गरेको छ । डी भिलियर्सले मात्र २२ बलमा अविजित ३३ रन बनाए । उनले एक...

‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं, ४ पुस । ‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका लामाले १७८२ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । लामा विजयकुमार...

चक्कु देखाएर इटहरीमा दिनदहाडै २ लाख लुटपाट गर्ने सात जना पक्राउ

विराटनगर । सुनसरीको इटहरीमा चक्कु देखाएर दिनदहाडै दुई लाख रुपैयाँ लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । इलका प्रहरी कार्यालय इटहरीले उनीहरुलाई इटहरी उपमहानगरपालिका ४ ट्याङग्रा खोला नजिकबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा...

बेलायतमा नेपाली‘कोदोको ब्राण्ड रक्सी’ उत्पादन गरी विक्री शुरु

काठमाडौं, १३ असोज । लण्डन । बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बजारमा बिक्रि बितरण सुरु गरिने भएको छ । नेपालमा परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सी ब्रान्ड बनाउन शुरू गरिएको छ ।बेलायतमा कोदो लिमिडेट कम्पनीको...

क्वारेन्टाइनमा बसेका युवकको मृत्यु, पीसीआर परीक्षण हुँदै

पोखरा, २१ असार-बागलुङमा क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु भएको छ । बागलुङस्थित ढोरपाटन नगरपालिका–४ को क्वारेन्टाइनमा बसेका युवाको मृत्यु भएको हो । निसिखोला गाउँपालिका–२ देविस्थान घर भएका २९ वर्षका युवा फोक्सोमा समस्या देखिएपछि भारतबाट उचपार...

मदिरा पिएर आफ्नै घरमा आगजनी

पोखरामा १ व्यक्तिले आफ्नै घरमा आगो लगाएका छन् । महानगरपालिका छोरेपाटन-१७ का जनकराज पौडेलले मादक पदार्थ सेवन गरी सोमबार १० बजे आफ्नै घरमा आगो लगाएका हुन् । आगलागीबाट घरमा रहेका लत्ताकपडा, फर्निचर, भाडाँकुडा, धनमाल सबै...

कोरोना देखाएर तर्किने छुट भारतलाई छैन : प्रम ओली

काठमाडौं, ३१ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि भारतले अतिक्रमण गरेर सडक बनाउदै गरेकाले त्यसलाई तत्काल रोकेर वार्ता गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैकमा ओलीले नेपालको सीमा काली नदीको मुहान भएकोमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्