पार्टी लाइनमा आउँदा मेरो जित भएको छ : वामदेव गौतम

 न्यूज विराट
पार्टी लाइनमा आउँदा मेरो जित भएको छ : वामदेव गौतम

काठमाडौं, १३ असार-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तेस्रो दिनको स्थायी कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतमले आज सिङ्गो पार्टी   लाइनमा आउँदा आफ्नो जित भएको बताएका छन् ।

उपाध्यक्ष गौतमले भनेका छन्, ‘महाकाली सन्धि हुँदा आफूहरूले महाकालीको मुहान लिम्पियाधुरा हो भन्दा कारबाही भएको थियो । तर, आज सिङ्गो पार्टी र सरकार मेरो भनाइमा पुगेको छ । यही कारण मेरो जित भएको छ । पार्टीले मलाई कारबाही गरेको थियो । त्यो गल्ती सच्याउनुपर्छ । मलाई न्याय दिनुपर्छ ।’

उनले अगाडि थपे, ‘आफूले उठाएको कुरा गलत हो भन्ने तत्कालीन महासचिव माधवकुमार नेपाल यही बैठकमा हुनु हुन्छ । उहाँहरूले त्यो समयमा मलाई गलत भनेर कारबाही गर्नुभयो । मैलै सही कुरा उठाउँदा पनि गलतभन्दा पार्टी विभाजनसमेत भयो । आज सही ठाउँमा पार्टी, सरकार र सिङ्गो देश पुगेको छ ।’

उपाध्यक्ष गौतमले आफूले सीमा नदी कहाँ हो त्यो पहिला टुङ्गो लगाएर जाउ भनेको बैठकमा स्मरण गराए । त्यो समयमा महाकाली नदीको मुहानको बारेमा टुङ्ग्याएको भए यस्तो अवस्था नआउने उनको भनाई थियो ।

सम्बन्धित समाचार

इलाममा सवारी दुर्घटना एक जनाको मृत्यु

विराटनगर, १५ माघ । इलाम नगरपालिका–९ मा बुधवार दिउँसो भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । इलामबाट झापा तर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको...

फुलकुमार लालवानीलाई महामूर्खको उपाधि

विराटनगर । विराटनगरका फुलकुमार लालवानीले महामूर्खको उपाधि पाएका छन् ।काँग्रेसका नेता लालवानीलाई मारवाडी यूवा मञ्च विराटनगरले सम्मान स्वरुप महामूर्खको उपाधि प्रदान गरेको हो । मारवाडी यूवा मञ्चले होलीको अवसर पारेर प्रत्येक वर्ष महामूर्खको उपाधि प्रदान...

स्काउट क्याप उद्घाटन

विराटनगर। विनायक बोर्डिङ सेकेण्डरी स्कुलको विनायक स्काउट ट्रुपद्वारा आयोजित स्काउट एक रात दुई दिनको क्याम्प २०८१ को आज उद्घाटन भएको छ। स्काउटिङ मार्फत शान्ति र एकता भन्ने मूल नाराका साथ आयोजित यस क्याम्पको उद्घाटन प्रमुख...

बिचौलियालाई राज्यको सम्पत्ति सुम्पने निर्णय खारेज हुनुपर्छः इन्द्र आङ्बो

विराटनगर, २१ साउन । प्रदेश १ को प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले ओली सरकारले विचौलियालाई राज्यको सम्पत्ती सुम्पने गरी गरेको निर्णय खारेज गर्न माग गरेका छन् । बिहीबारको प्रदेशसभामा विशेष...

प्रचण्डलाई भीम रावलले भने, ‘पदको झगडामा म सामेल छैन’ 

काठमाडाैं, १३ साउन-नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पदको झगडामा पार्टी अध्यक्ष प्रचण्डलाई साथ दिन नसक्ने बताएका छन् । बालुवाटार भेलामा रावलले पदका लागि भइरहेकाे झगडामा हारजितका लागि आफूहरूको टाउको नगन्न आग्रह पनि गरेका छन्...

औषधी व्यवसायी संघ मोरङद्धारा होली मिलन कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले होली मिलन कार्यक्रम आयोजना गरेको छ । संघले विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी होली मिलान कार्यक्रम आयोजना गरेको हो । संघले प्रत्येक वर्ष होलीको कार्यक्रम आयोजना गरी...

राष्ट्रियसभाका चारै सभापति निर्विरोध

काठमाडौं, २३ साउन=राष्ट्रियसभाअन्तर्गतका समितिमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको समितिहरूमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध निर्वाचित हुन् । निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा माननीय...

मोरङको रंगेलीमा एमाले उम्मेदवार दिलिप बगडीयाको अग्रता, गठबन्धनका घिमिरे पछिपछि

विराटनगर, ३१ वैशाख । मोरङको रंगेली नगरपालिकामा पनि एमालेले अग्रता कायम गरेको छ । हालसम्मको मतगणनामा एमालेका उम्मेदवार दिलिप बगडीया ४८० मतसहित अग्रस्थानमा छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसले मोदराज धिमिरेले ३७३...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्