प्रदेश १ मा संक्रमितको संख्या ५३३ पुग्यो

 न्यूज विराट
प्रदेश १ मा संक्रमितको संख्या ५३३ पुग्यो

विराटनगर, असार १३–प्रदेश नं. १ मा शनिबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार मोरङको बुढीगंगा गाउँपालिकाका १ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी उदयुरको त्रियुगा नगरपालिकाका ३ महिला ४ पुरुष र इलामको सुर्योदय नगरपालिकाका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शनिबार पुष्टि भएकासँगै प्रदेश १ मा कुल कोरोना संक्रमितको संख्या ५ सय ३३ पुगेको छ । प्रदेश १ को झापा जिल्लामा हालसम्म सवैभन्दा बढी २ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, मोरङमा १ सय ३५, सुनसरीमा ८५, धनकुटामा ८, भोजपुरमा ६, खोटाङमा ४, उदयपुरमा ५९, सोलुखुम्बु र ओखलढुंगामा १÷१, संखुवासभामा २, इलाममा ७ , तेह्रथुम र पाँचथरमा ३÷३, र ताप्लेजुङमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना जितेर घर फर्किनेको संख्या बृद्धि भएसँगै १ नं. प्रदेश क्रमशः कोरोना मुक्त हुँदै गएको छ । प्रदेशका धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, संखुवासभा, तेह्रथुम, र ताप्लेजुङ जिल्ला कोरोना मुक्त भएको छ । संक्रमित कोरोना जितेर डिस्चार्ज भएसँगै ती जिल्ला कोरोना मुक्त भएका हुन् ।

प्रदेशमा शनिबारसम्म कोरोना पुष्टि भएका मध्ये ३ सय ७७ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । १ नं. प्रदेश अन्तर्गत झापा जिल्लामा संक्रमण पुष्टि भएका मध्ये १ सय ६५, मोरङका ८३, सुनसरी ५६, धनकुटा ८, भोजपुर ६, खोटाङ ४, उदयपुर ४१ सोलुखुम्बु १, संखुवासभा २, तेह्रथुम ३, इलाम २, पाँचथर २ र ताप्लेजुङका ४ जना कोरोना जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा शनिबार पुष्टि भएकासँगै १ सय ४२ जना उपचाररत रहेका छन् । आज पुष्टि भएकाहरुको उपचारको व्यवस्थापन कार्य भइरहेको जनाइएको छ । प्रदेश १ मा हालसम्म २२ हजार १ सय ७३ जनाको नमुना संकलन तथा पिसिआर परिक्षण गरिएको छ । त्यसमध्ये २० हजार ९ सय ८९ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

कतार वर्ल्ड कपको तयारीमा जुटिरहेका ५ कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, ४ वैशाख-कतारमा २०२२ मा आयोजना हुने फुटबल वर्ल्ड कपको तयारीमा जुटिरेका ५ कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) परीक्षण पोजेटिभ देखिएको छ । सबै कर्मचारी फरकफरक ३ स्टेडियमका हुन् । वर्ल्ड कपसँग जोडिएको कोरोना भाइरस संक्रमणको...

कोभिसिल्ड लगाएकालाई अस्ट्राजेनेकाकै अर्को खोप लगाइने

काठमाडौं, २३ जेठ । सरकारले कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा अस्ट्राजेनेकाकै खोप दिने निर्णय गरेको छ । फागुन २३ देखि चैत्र १० गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई यो खोप दिन लागिएको हो ।...

मोरङ ४(१) मा काँग्रेस नेता घिमिरेलाई हराउँदै एमालेका चौधरी निर्वाचित

विराटनगर । मोरङ क्षेत्र नं. ४(१) मा एमालेका उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् । काँग्रेसका नेता गुरूराज घिमिरेलाई ४०७ मतअन्तरले पराजित गरी चौधरी प्रदेशसभामा निर्वाचित भएका हुन् । चौधरीले १५ हजार ४६५ मत ल्याएको...

आइतबारयता भेटिएका छैनन् नयाँ संक्रमित

आइतबारयता गरिएका कोरोना भाइरस (कोभिड-१९) परीक्षणमा कुनै पनि व्यक्तिमा संक्रमण भेटिएको छैन् ।नेपालमा कोरोना भाइरसको नवौँ सक्रमित भेटिएको ६ दिनसम्म नयाँ संक्रमित भेटिएका छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिडसम्बन्धी ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकाश...

अवहेलना मुद्दा : प्रधानमन्त्री ओलीले सर्वोच्चलाई बुझाए लिखित जवाफ

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दाको लिखित जवाफ सर्वोच्चमा बुझाएका छन् । बिहीबार सर्वोच्च अदालत पुगेर प्रधानमन्त्री ओलीले अवहेलना मुद्दाको लिखित जवाफ बुझाएका हुन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री आफैँ अदालतमा उपस्थित...

मेलम्ची खानेपानी राजधानी पुग्न अझै समय लाग्ने

चौतारा १८ पुस-रााष्ट्रिय गौरबको मेलम्ची खानेपानी चैतसम्म राजधानी पु¥याईने भएको छ । गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको प्राविधिक परीक्षण गर्न समय लाग्ने भएकोले...

२४ घण्टाभित्र १४४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजारनजिक

काठमाडौं, २९ असार-सोमबार १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालमा गरिएको परीक्षणमा १४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका...

भारतका केन्द्रीय रेल राज्य मन्त्रीको कोरोना संक्रमणबाट मृत्यु

एजेन्सी, ८ असोज-भारतका केन्द्रीय रेल राज्य मन्त्री सुरेश अंगडीको कोरोना भाइरस (कोभिड–१९ं) को संक्रमणका कारण मृत्यु भएको छ । उनको दिल्ली स्थित एम्स अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ११...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्