राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

 न्यूज विराट
राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

काठमाडाैं, १३ असार-सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ ।

एक करोड २५ लाख रूपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई शुक्रबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार प्रबन्धक शाहीलाई अनुसन्धानका लागि शुक्रबार नै जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरेको छ । जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्सा, कर तिरेको रसिद, मालपोत कार्यालय र नेपालगञ्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेर बैंंकबाट ऋण लिएको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका- ११ निवासी सुनचाँदी व्यवसायी जसगढ जेठ २७ गते नै पक्राउ परेका थिए ।

प्रहरीले किर्ते कागजातको अनुसन्धान गर्दै जाँदा बैंकका प्रबन्धक शाहीलाई पक्राउ गरेको हो । बैंकका अरु कर्मचारीसँग पनि बयान लिने काम भइरहेको प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।

 २५ लाखभन्दा बढीको ऋण स्वीकृत गर्दा केन्द्रको अनुमति चाहिने प्रावधान रहेकाले नक्कली कागजपत्रकै आधारमा १ करोड २५ लाख ऋण प्रवाहमा बैंकका माथिल्लो तहका कर्मचारीको पनि संलग्नता भएको प्रहरीको अनुमान छ । सरकारी छाप किर्तेको अनुसन्धान सकिएपछि बैंकिङ कसुरको अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

आज १४ औँ लोकतन्त्र दिवस

काठमाडौं, ११ वैशाख-१९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदै छ ।कोरोना भाइरसबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक कार्यक्रम हुन नसके पनि २०६३ वैशाख ११ गते अर्थात् आजैका...

अनेरास्ववियू रतुवामाईले पायो पूर्णता, अध्यक्षमा चापागाईं

प्रवेश विष्ट/रतुवामाई, १८ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूको रतुवामाई नगर कमिटी र्गठन भएको छ । आइतबार रतुवामाई ८ स्थित सरस्वती माविमा आयोजित बृहत विद्यार्थी भेलाले ससांक चापागाईंको संयोजकत्वमा ७५ सदस्यीय...

अनुसन्धानमा अब्बल प्रहरी निरीक्षक ‘ पप्पु नायक’ पुरस्कृत

विराटनगर । जघन्य प्रकृतिका अपराधको अनुसन्धानमा अब्बल कहलिएका जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पप्पु नायक पुरस्कृत भएका छन् ।६७ औँ प्रहरी दिवसको अवसर पारेर नायकलाई सोमबार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत...

प्रदेश २ मा थप २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ

प्रदेश २ मा भारत दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका ८ जनामध्ये २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका अनुसार ८ र ९ मार्चमा दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी...

ब्राउन सुगर सहित ३ जना पक्राउ

विराटनगर, ८ असोज । झापाको छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरेको छ । पक्राउ  पर्नेमा पाँचथर फिदिम नगरपालिका का २७ बर्षीय रोशन सुबेदी, २८ बर्षीय सुमन कार्की र भारत दार्जिलिङका...

लोक सेवाले माग्यो २८४ शाखा अधिकृत

काठमाडौं, २९ मंसिर । लोक सेवा आयोगले २८४ जना शाखा अधिकृतका लागि विज्ञापन खुला गरेको छ । बुधबारको गोरखापत्रमा सूचना प्रकाशित गर्दै गोरखापत्रले अप्राविधिकतर्फ खुला र समावेशी कोटामा शाखा अधिकृत मागेको हो । आयोगले सामान्य...

भारतमा थपिए २ लाख ७१ हजार संक्रमित, एकैदिन ३१४ जना बिते

एजेन्सी, २ माघ । भारतमा बितेको २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा ३१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४...

कोरोनाबाट महोत्तरीकी ४ वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु

काठमाडौं, १६ भदौ-कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा ११ जनाको निधन भएको छ । २४ घण्टाको अवधिमा ४ वर्षीया बालिकासहित ११ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्