कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो

 न्यूज विराट
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो

काठमाडौं, १२ असार-नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार १ महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ पुगेको हो ।

असार ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा भेटिएकी महिलालाई उपचारका लागि अस्पताल भर्ना गरे पनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ती महिलाको नाम ठेगाना नखुलेको बताए । अन्दाजी २५/३० वर्षीया महिलाको ११ गते नै स्वाब संकलन गरिएको थियो । राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा भएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आएको उनले बताए ।

शुक्रबार नेपालमा थप १ सय ७ महिला र ४ सय ८६ पुरुष गरी ५ सय ९३ जनामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३४ गरी आजसम्म २ लाख ६ हजार २ सय ७१ जनाको कोरोना परीक्षण भएको छ । यस्तै, आरडिटी विधिबाट आजसम्म २ लाख ९० हजार ३ सय ४९ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ७१ हजार १२ जना रहेका छन् । देशभरीका विभिन्न अस्पतालमा ९ हजार ३० जना आइसोलेसनमा उपचाररत रहेका छन् । शुक्रबार ४८ गरी अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।

सम्बन्धित समाचार

सीमा विवादको समाधान कूटनीतिक तहबाटै खोज्नुपर्छ:गृहमन्त्री थापा

काठमाडौं, २८ वैशाख-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतले नेपालको भूभाग अतिक्रमण गरेको विषयलाई कूटनीतिक तहबाट समाधान गर्नुपर्ने बताएका छन् । आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री थापाले झण्डै ४ सय वर्ग किलोमिटर नेपाली भूमि भारतले...

मोरङमा ‘घुमुवा’ प्रहरी राख्दिन : एसपी नवराज कार्की

विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले तत्काललाई सादा पोषाकमा परिचालन हुने घुमुवा प्रहरी नराख्ने बताएका छन् । एक हप्ता अगाडी मोरङ प्रहरी प्रमुख भएर कार्यभाव समालेपछि सोमबार संचारकर्मीहरूसँग परिचयत्मक कार्यक्रममा बोल्दै उनले तत्काललाई...

नेकपाको आयोजनामा बृहतरुपमा बक्षारोपण गरिँदै, मोरङका ३५ हजार पार्टी सदस्यले बृक्षारोपण गर्ने

विराटनगर, असार ९–मदन जयन्तीको अवसर पारेर मोरङमा जिल्ला व्यापीरुपमा बृहत वृक्षारोपण गरिने भएको छ । जननेता मदन भण्डारीको ६९ औँ जयन्तिमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङले जिल्लाका सवै पालिकाहरुमा ‘वृक्षारोपण गर्रौ, वातावरणको सुधार गरौ’ भन्ने नाराका...

कैद भुक्तान सकिने दिन एक जना कैदीको मृत्यु, कोशी अस्पताल तनावग्रस्त

विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर – १० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज विहान ६ः४५ बजे...

हाफ म्याराथुनको उपाधि सरोज र अंशुलाई

विराटनगर । मदन भण्डारी माध्यमिक विद्यालय स्तरीय खुल्ला ‘क्यापिटल हाफ म्याराथुन’ प्रतियोगिताको उपाधि सरोज सिंह र अंशु मण्डलले जितेकी छिन् ।नेपाल खेलकुद महासंघ मोरङले विराटनगरमा शनिबार आयोजना गरेको हाफ म्याराथुन प्रतियोगितामा दमक बहुमुखी क्याम्पसमा अध्ययनरत...

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, ९ मङ्सिर-सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो ।...

श्रीराम सुगर मिल्सले गर्‍यो २५ करोड भुक्तानी

रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्यौता रकम भुक्तानी गर्न सुरु गरेको छ । किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकममध्येमा मिल्सले शुक्रबार र आइतबार गरी दुई दिनमा २५ करोड तीस लाख २७ हजार ५२६...

पुनर्मिलन कार्यक्रममा संस्थापक विद्यार्थीलाई सम्मान

  कानेपोखरी । मोरङको जनसेवा माध्यमिक विद्यालयले स्वर्ण महोत्सवका अवसरमा बिहीबार पाँच जना संस्थापक विद्यार्थीलाई सम्मान गरेको छ । २०२५ सालको सरस्वती पूजाको दिन स्थापना भएको विद्यालयमा सोही दिन भर्ना भएका विद्यार्थीहरूलाई सम्मान गरिएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्