सरकारी निवासमा पार्टीको बैठक गर्नु खुलेआम भ्रष्टाचार : कमल थापा

 न्यूज विराट
सरकारी निवासमा पार्टीको बैठक गर्नु खुलेआम भ्रष्टाचार : कमल थापा

काठमाडौं, १२ असार-राप्रपाका अध्यक्ष कमल थापाले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक राख्नु खुल्लेआम भ्रष्टाचार हुने बताएका छन् । सामाजिक संजाल ट्विटमार्फत् उनले प्रधानमन्त्रीको सरकारी निवासमा सरकारी साधन स्रोतको दुरुपयोग गरी पार्टीको बैठक राख्नु अख्तियारको दुरुपयोग हुने बताएका हुन् ।

उनले राज्यलाई पार्टीको सम्पत्ति ठान्ने अनैतिक कार्यलाई अन्त गर्न आग्रह गरेका छन् । उनले राज्यको सम्पत्तिको रक्षा गर्नु प्रधानमन्त्रीको कर्तव्य हुनेसमेत बताएका छन् ।

‘प्रधानमन्त्रीको सरकारी निवास, कार्यालय र त्यहाँ रहेका सरकारी साधनश्रोतको दुरुपयोग गरि पार्टीको बैठक/कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हो, अख्तियारको दुरुपयोग हो,’ उनले भनेका छन्, ‘राज्यलाई पार्टीको सम्पत्ति ठान्ने अनैतिक/अलोकतान्त्रिक कार्य अन्त गरियोस् । राज्यको सम्पत्ति रक्षा गर्नु प्रधानमन्त्रीको कर्तव्य हो ।’

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक सरकारी निवास बालुवाटारमा गरिरहेको छ । सो विषयलाई लिएर अध्यक्ष थापाको पछिल्लो टिप्पणी आएको हो ।

सम्बन्धित समाचार

मेयर पराजुलीले गरे वडा कार्यालय उद्घाटन

विराटनगर, जेठ ५–विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले वडा नं. ११ को नव निर्मित कार्यालय भवनको सोमबार उद्घाटन गरेका छन् । मेयर पराजुलीले पिछरामा एक कठ्ठा नौ धुर जग्गामा ८५ लाख रुपैयाँको लागतमा निर्माण भएको वडा...

कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

विराटनगर । कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धब थापा नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले बिहीबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।काँग्रेसबाट...

ललितपुरमा साढे ९ हजार संक्रमितले जिते कोरोना

ललितपुरमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढेको छ । जिल्लाभर रहेका कुल ११ हजार ६ सय ९० संक्रमितमध्ये ९ हजार ६ सय ३ जनाले स्वास्थ्यलाभ गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।  जिल्लामा सक्रिय संक्रमितको...

कार्गोमार्फत ३ किलो चरेस हङकङ पठाउन खोज्ने एक जना पक्राउ

काठमाडौं, १३ असोज । ललितपुरमा ३ किलो चरेससहित एक जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ललितपुरको मानभवनबाट ३ किलो चरेससहित मोरङका अञ्जित थापालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार कार्गोमार्फत चरेस हङकङ पठाउने तयारी गरिरहेका बेला...

नेकपा स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे

काठमाडाैं, ३० वैशाख-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ ।स्थायी कमिटी सदस्य मणि थापाका अनुसार बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्नेछ । सरकारले नीति तथा कार्यक्रम ल्याउनुभन्दा २...

आज १ हजार १७२ जनामा कोरोना, १८ सय ९३ जना डिस्चार्ज

काठमाडौं,  ७ असोज-गत २४ घण्टामा नेपालमा एक हजार एक सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ४ सय ४९ को पीसीआर गर्दा आज एक हजार एक सय ७२ जनामा कोरोना पुष्टि...

मान तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

विराटनगर । मानव तस्करीमा जोडिएका कोशी प्रदेश सांसद तथा पुर्व मन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।आइतबार अपराह्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले दुई दिन हिरासतमा...

बालुवाटारको चियापानमा नेपाल पक्ष नजाने

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरेका छन् । ओलीले बोलाएको उक्त चियापानमा माधव नेपाल पक्ष भने सहभागी नहुने भएको छ । हिजो एमाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्