एमसीसीको पक्षमा मतदान गरे जनकारबाही गर्ने मन्त्री भट्ट र देउवालाई विप्लवको चेतावनी

 न्यूज विराट
एमसीसीको पक्षमा मतदान गरे जनकारबाही गर्ने मन्त्री भट्ट र देउवालाई विप्लवको चेतावनी

डडेल्धुरा, ११ असार-पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनकारबाही गर्ने चेतावनी दिएको छ ।

धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित देउवा निवासको गेटमै विप्लवका कार्यकर्ताले जनकारबाही गर्ने पत्र टाँसेका छन् । यस्तै, कैलालीमै रहेको मन्त्री भट्टको घर पुगेर विप्लवका कार्यकर्ताले मिलिनियम च्यालेन्ज कर्पारेसन (एमसीसी) को पक्षमा मतदान गरे जनताबाट बहिष्कारदेखि जनकारबाही गर्ने चेतावनी सहितको पत्र दिएका हुन् ।

‘यतिखेर कोरोना भाइरस महामारीको बीचमा पनि एमसीसीलाई लिएर सिंगो देश संघर्षमय बनेको छ । उक्त राष्ट्रघाती परियोजनालाई वैधानिकता दिने वा खारेज गर्ने भन्ने विषयलाई लिएर नेपालको प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा पनि संघर्षका केन्द्र बन्ने देखिदैछन्’ पत्रमा भनिएको छ, ‘राष्ट्रियतासम्बन्धी जनताको म्यान्डेडको कदर गर्दै सदनमा एमसीसी परियोजना सम्बन्धि प्रस्तावको विपक्षमा मतदान गर्नुहुनेछ भन्ने अपेक्षा आम राष्ट्रप्रेमी कैलालीबासीहरुको रहेको छ ।’

यदि नेपाली जनताको राष्ट्रभक्तिको भवना, आवाज र अपिलविपरीत तपाईद्वारा उक्त राष्ट्रघाती प्रस्तावको पक्षमा मतदान गरिएको खण्डमा जनस्तरबाट बहिस्कारदेखि जनकारबाहीको सामना गर्न तपाई तयार रहनुहुनेछ भन्ने कुरा पनि अवगत गराउन चाहान्छौ भनि चेतावनीसमेत दिएको छ ।

सम्बन्धित समाचार

आजदेखि लुम्बिनीमा प्रेस चौतारी केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौँ, पुस १२ । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठक आजदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु हुँदैछ । राष्ट्रिय महाधिवेशनको मिति निर्धारण लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय...

२४ घण्टामा थपिए ३७८ कोरोना संक्रमित, ४९९ जना डिस्चार्ज

काठमाडौं, २४ साउन-शनिबार देशभर ३७८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...

तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन जिल्ला प्रशासन कार्यालय दोलखाको आग्रह

काठमाडौं, ४ असार । जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन सूचित गरेको छ। शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रशासनले नेपाल-चीन सीमा क्षेत्रमा रहेको तिग्री कन्ट्रीको रोङ्चा सहर र त्यसको आसपास भारी वर्षासँगै...

संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहन्छ : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका साथीहरूको साथ र संख्या पुगेमा संसदीय दलको नेता...

विराटनगरमा लकडाउनका कडाई गर्न एक्सनमा उत्रियो प्रहरी

विराटनगर, चैत २८-लकडाउनमा मानविय गतिविधि बढ्दै गएपछि स्थानीय प्रशासनले कडाई गर्ने भएको छ । विराटनगरमा आज ५ बजेबाट लकडाउन कडा बनाइएको छ । विराटनगर महानगर भित्र ५ बजेपछि मानिसहरूको ठुलो चहलपहल हुने भएको हुँदा यसलाई...

विराटनगरको दिलावर फार्मेशी बदमासी रोकिएन, औषधीको अनुचित भण्डारन गरेपछि डिडिएले गर्यो शिलबन्दी

विराटनगर । विराटनगरको न्यूरो हस्पिटल चोकमा रहेको दिलावर फार्मेशीले विरामीलाई खुल्लेआम ठगी गर्दै आएको घटना सेलाउन नपाउँदै औषधीको अनुचित प्रयोगको लागि ‘ट्रामाडोल’ इन्जेक्सन भण्डारन गरेको पाइएपछि शिलबन्दी गरिएको छ । औषधी व्यवस्था विभाग (डिडिए) विराटनगरले...

२४ घण्टामा १३५१ संक्रमित थपिए, ७४२ डिस्चार्ज

काठमाडौं, १२ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

बिहीबारबाट यी सवारी साधन चल्नेछन्, उच्चस्तरीय समितिका १२ निर्णय

उपभाेग्य तथा कृषि सामाग्रीकाे ढुवानी सहज बनाउनकाे लागि सरकारले ती सवारी साधन सुचारू गर्ने भएकाे छ ।बुधबार बसेकाे उच्चस्तरीय समन्वयन समितिकाे बैठकले यस्ताे निर्णय लिएकाे हाे । औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्