सप्तरीमा चट्याङ लागेर ४ जनाको मृत्यु

 न्यूज विराट
सप्तरीमा चट्याङ लागेर ४ जनाको मृत्यु

सप्तरी, ११ असार-चट्याङ लागेर सप्तरीमा ४ जनाको मृत्यु भएको छ । आज बिहान वर्षासँगै परेको चट्याङ लागेर छुट्टाछुट्टै ठाउँमा ४ जनाको मृत्यु भएको हो । जिल्लाको महदेवा गाउँपालिकामा २, राजगढ गाउँपालिकामा १ र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए ।

उनका अनुसार चट्याङ लागेर मृत्यु हुनेमा २७ वर्षीय बेचन यादव, ६० वर्षीय छेदी ठाकुर, ३० वर्षीया ललितादेबी यादव र ४६ वर्षीय केसी साह रहेका छन् ।

यादव र छेदी ठाकुरको सप्तकोशी नदीमा नुहाउन गएका बेला र ललितादेवी यादव र केसी साहको  खेतमा काम गर्न गएका अवस्थामा चट्याङ लागेर मृत्यु भएको प्रवक्ता भारतीले जानकारी दिए ।

सम्बन्धित समाचार

कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा घातक

एजेन्सी, बैशाख २-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा बढी खतरनाक रहेको बताएको छ ।डब्लुएचओका महानिर्देशक टेड्रोड एडहानोम गेहब्रेयससले प्रभावकारी खोपबाट मात्रै कोरोना भाइरसको संक्रमण पूर्ण रुपमा रोक्न सकिने बताए ।...

जेभियर्स स्कुलले मनायो वार्षिकोत्सव र अभिभावक दिवस

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको जेभियर्स इङ्गलिस स्कुलको १० औं वार्षिकोत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव र अभिभावक...

ग्रिन सिटी भलुन्टियर कार्यक्रमको अभिमुखीकरण सहित सुरुवात

विराटनगर । विराटनगर महानगरपालिका र दिगो विकास इन्स्टिच्युटको सह–आयोजनमा सहरलाई थप स्वच्छ र हरित बनाउन जलवायु परिवर्तन, वातावरण र दिगो विकास सम्बन्धी एक वर्षे युवा तथा बालबालिका संलग्नता कार्यक्रम ग्रिन सिटी भलुन्टियरको सुरुवात भएकोे छ...

काठमाडौं उपत्यकामा थपिए आज ४०४ कोरोना संक्रमित

बिहीबार काठमाडौं उपत्यकामा ४ सय ४ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । संक्रमित हुनेमा १ सय ६० महिला र २ सय ४४ जना पुरुष रहेका छन् । आज काठमाडौंका ३ सय २८, भक्तपुरका...

कोरोना संक्रमणबाट विराटनगरका ६ सहित ११ जनाको मृत्यु

विराटनगर, ९ जेठ । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरका ६ जनासहित मोरङमा थप ११ जनाको मृत्यु भएको छ । शनिबार राति र आइतबार विहान मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा चार, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा...

परिवर्तनको अनुभूती हुने गरी काम गर्न मन्त्री र सचिवहरुलाई मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, साउन १९ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतालाई परिवर्तनको अनुभूती हुने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको छ । परिवर्तनको अनुभूती नेता र कर्मचारीमा होइन, जनतामा हुनुपर्छ, मुख्यमन्त्री...

पीसीआर परीक्षण ९ लाख नाघ्यो

काठमाडौं, ३ असोज-पीसीआर विधिबाट स्वाब परीक्षण गर्नेको संख्या ९ लाख नाघेको छ । आज १० हजार ३ सय ३३ जनाको परीक्षण गरेसँगै पीसीआर विधिबाट कोरोना परीक्षण गर्नेको संख्या ९ लाख नाघेको हो । स्वास्थ्य तथा...

ओलीको अनुपस्थितिमै नेकपा स्थायी कमिटी बैठक सुरु

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मां ओली भने बैठकमा आइपुगेका छैनन् । ओलीको अनुपस्थितिमै बैठक सुरु भएको कार्यालय सचिव ईश्वरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्