परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

 न्यूज विराट
परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं, ११ असार-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइकल आर पोम्पेओसँग टेलिफोन संवाद गरी द्विपक्षीय वार्ता गरेका छन् ।

संवादका क्रममा उनीहरूबीच दुवै पक्षले कोभिड-१९ महामारीको विरुद्ध लड्न अनुभव आदानप्रदान गर्दै महामारीका कारण मानव जीवनको क्षतिप्रति सहानुभूति र संवेदना पनि व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री र विदेश मन्त्रीले आफ्ना नागरिकलाई प्रदान गरिएको संरक्षण र हेरचाहको एकअर्काको सरकारको सरहाना गरे । दुवै पक्षले नेपालको सामाजिक आर्थिक विकासका प्रयासको पूरक रहेको २ देशबीचको विकास साझेदारीको महत्वबारे पनि छलफल गरे ।

मन्त्री ज्ञवालीले कोभिड-१९ महामारीसम्बन्धी परियोजनामार्फत् अमेरिकी सरकारले नेपालको स्वास्थ्यलगायत अन्य क्षेत्रमा प्रदान गरेको सहयोगको सराहना गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा विदेशमन्त्री पोम्पेओले नेपाललाई अमेरिकाको निरन्तर सहयोगको आश्वासन दिनुभएको थियो । दुवै पक्षले कोभिड-१९ पछिको सन्दर्भमा वृद्धि हुनेस्तरको आर्थिक साझेदारीसँगै सहकार्य बढ्ने विश्वास व्यक्त गरे । रासस

सम्बन्धित समाचार

‘कोरोना भाइरस हावाबाट फैलिने’ प्रमाण डब्लूएचओले स्वीकार्‍याे

काठमाडाैं, २४ असार-कोरोना भाइरस ‘हावाबाट फैलिने’ प्रमाण फेला परेको छ । यस्तो प्रमाण भेटिएको कुरा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) स्वीकार गरेको छ ।यसअघि वैज्ञानिकहरूको समूहले डब्लूएसओलाई पत्र पठाउँदै आफ्नो विद्यमान दिशानिर्देशमा सुधार गर्न अपिल गरेको...

चीन र भारतको जनसंख्याभन्दा बढी खोप बनाउने तयारी

एजेन्सी, असार ११-कोरोना भाइरसको महामारीको उपचार र त्यससँग सम्बन्धित तयारीबारे नजिकबाट नियालिरहेको एक प्रभावशाली संगठनले कोरोना भाइरसविरुद्धको चार अर्ब खोप उत्पादनको क्षमता रहेको बताएको छ । कोरोनाविरुद्धको खोपका ९ परियोजनामा यो संगठनले काम गरिरहेको छ...

सप्तरीमा पनि १ जनालाई देखियो कोरोना संक्रमण

काठमाडौं, २९ वैशाख-नेपालमा कोरोना भाइरसका संक्रमित संख्या १२१ पुगेको छ । सोमबार दिउँसो थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यसअघि सोमबार बिहान मात्रै १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।...

ग्रेडेड स्कुलमा राधाकृष्ण पोशाक प्रतियोगिता

विराटनगर । विराटनगस्थित ग्रेडेड बोर्डिङ स्कुलले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राधाकृष्ण पोशाक प्रतियोगिता आयोजना गरेको छ । सोमबार विद्यालय परिसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो । विद्यालय परिसरमा आयोजित सो प्रतियोगितामा कक्षा एलकेजी र कक्षा...

सुरक्षा घेराबीच अर्को गेटबाट प्रधानन्यायाधीश सर्वोच्च प्रवेश

नेपाल बारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । कडा सुरक्षा घेराबीच दोस्रो गेटबाट राणा अदालतभित्र छिरेका हुन् । बारका वकिलहरुले सर्वोच्चको मूल गेट बाहिर प्रदर्शन गरिरहेका थिए । तर, सर्वोच्चमा...

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको...

अधिकारी आयल स्टोरद्धारा पेट्रोल र डिजलको कालोबजारी

सप्तरी, बैशाख २०–सप्तरीको रुपनी गाउँपालिकाको एक पेट्रोप पम्पमा प्रहरीकै मिलेमतोमा कालोबजारी हुने गरेको पाइएको छ । रुपनी गाउँपालिका–२ स्थित अधिकारी आयल स्टोरले प्रहरीकै मिलेमतोमा डिजेल र पेट्राल दर रेट भन्दा अत्याधिक मुल्य लिएर बिक्रि गर्ने...

स्रोत नखुलेको २२ लाख रुपैयाँसहित विराटनगरबाट एक किशोर पक्राउ

विराटनगर । स्रोत नखुले २२ लाख रुपैयाँसहित प्रहरीले विराटनगरबाट एक जना १६ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ। विराटनगर–६ शनि मन्दिर चोकबाट मंगलबार दिउँसो स्रोत नखुलेको २२ लाख रुपैयाँसहित १६ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्