श्रम मन्त्रीलाई स्वास्थ्यकर्मी र कर्मचारीको ध्यानाकर्षण

 न्यूज विराट
श्रम मन्त्रीलाई स्वास्थ्यकर्मी र कर्मचारीको ध्यानाकर्षण

पोखरा, १० असार-निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीका समस्या श्रम मन्त्रीलाई ध्यानाकर्षण गराइएको छ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष चन्द्र थापा नेतृत्वको टोली मंगलबार श्रम मन्त्रालय पुगेर कोभिड-१९ को महामारीमा फ्रन्टलाइनमा बसेर काम गरिरहेका निजी स्वास्थ्य संस्थका स्वास्थ्यकर्मी तथा कर्मचारीले भोग्नु परेका समस्या श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई ध्यानाकर्षण गराएका हुन् ।

युनियनले आफ्नो ११ औं स्थापना दिवसको अवसर पारेर देशभरका ७ वटै प्रदेशका १ सय १५ निजी स्वास्थ्य संस्थाहरूमा कोभिड-१९ को महामारी र बन्दाबन्दीको समयमा स्वास्थ्य क्षेत्रको वस्तविकता र त्यहाँ कार्यरत कर्मचारीहरुका समस्या अध्ययन गर्न सर्वेक्षण गरेको थियो । सोही अध्ययनको प्रतिवेदन युनियनको टोलीले केही दिन पहिले स्वास्थ्य मन्त्रीलाई मन्त्रालयमा नै पुगेर ध्यानाकर्षण गराएको थियो भने मंगलबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुगेर श्रम मन्त्री यादबको ध्यानाकर्षण गराएको हो ।

युनियनले गरेको सर्वेक्षणमा कतिपय निजी अस्पतालमा व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) बिना नै काम गर्न पर्ने बाध्यात्मक अवस्था रहेको, केही अस्पतालमा विगत फागुन महिनादेखि कै पारिश्रमिक नपाएको, कतिपय निजी स्वास्थ्य संस्थामा कार्यरत श्रमिकहरूले समयमा तलब नपाउने, पाए पनि पूरा तलब नपाउने र बेतलबी बिदा बस्नुपर्ने बाध्यताले उनीहरूको दैनिक जीवनयापन झन झन कष्टकर हुँदै गएको, घरभाडा र अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको जोहो गर्न पनि नसक्ने अवस्था बनेको पाइएको थियो ।

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको सर्वेक्षण प्रतिवेदन, अछामको बयलपाटा अस्पतालमा घटेको घटनाको छानबिन गरि दोषिलाई सजाय र पिडिलाइ न्याय, साथै सरकारले निर्देशन गरेको पारिश्रमिक सम्बन्धि निर्णयमा निजी अस्पतालका संचालकले गरेका आनाकानीलगायतका विषयमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले श्रम मन्त्री यादबलाई भेटी ध्यानाकर्षण पत्र बुझाएको हो । लकडाउन अवधीको नेपाल सरकारको निर्णय अनुसारको पारिश्रमिक र प्रोत्साहन भत्ता सबैलाई समान रूपले अविलम्व उपलब्ध गराउन पहल गरिदिन युनियनका अध्यक्ष थापाले श्रम मन्त्री यादवलाई अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

विराटनगरको बिकेभीएम स्कुलका तीन विद्यार्थीले ल्याए ४ जीपीए, नेपाल प्रथम भएको दाबी

विराटनगर । विराटनगरको बिकेभीए स्कुलका तीन जनाले विद्याथीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपए ल्याएका छन् । बिहीबार प्रकाशित भएको नतिजा अनुसार बिकेभीए स्कुलका दुग्रेस खड्का, प्रियसु राउत र स्र्पश पोखरेलले चार जिपीए ल्याएका...

जिल्ला बचत तथा ऋण सहकारीमा निर्वाचन, ६ सदस्य पदको लागि १४ जनाको उम्मेदवारी

विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको पदाधिकारी सर्वसम्मत रूपमा चयन भएपनि संचालक समितिको खुल्ला सदस्यहरूमा भने निर्वाचन हुने भएको छ । अन्तिम समयसम्म पनि सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने भएको हो...

अजय राज हस्पिटलमा विशेषज्ञ सेवा, ल्याबमा २५ प्रतिशतसम्म छुट

विराटनगर । सुनसरीको इनरुवामा रहेको अजय राज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा विशेषज्ञ चिकित्सकहरुबाट उपचार हुने गरेको छ ।विशेषज्ञ चिकित्सकहरूबाट हस्पिटलमा आएका विरामीहरुको भरपर्दो उपचार हुने गरेको अस्पतालले जनाएको छ ।अस्पतालमा दुई हप्तासम्म ल्याबमा छुट...

प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : विष्णु पौडेल

काठमाडौं, ८ मंसिर-नेकपा केपी शर्मा ओली समूहका महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना हुनै नसक्ने बताएका छन् । नेकपा लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिए । उनले नेकपाका...

प्रधानन्यायाधीश चोलेन्द्रविरुद्ध महाअभियोग

काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । जबराविरुद्ध आज संसद सचिवालयमा महाअभियोग माथि ९८ जना सांसदद्धारा हस्ताक्षतिर प्रस्तावदर्ता गरिएको हो । मन्त्रिपरिषद्मा भागबन्डा खोजेको लगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध...

साढे ७ महिनामा ४७ हजारले लिए व्यक्तिगत पान नम्बर

विराटनगर, फागुन १५–चालु आर्थिक वर्षको साढे ७ महिनाको अवधिमा आन्तरिक राजश्व कार्यालय विराटनरमा ४७ हजार बढीले व्यक्तिगत पान नम्बर(पि पान) लिएका छन् । आन्तरिक राजश्व विभागले साउन महिनादेखि अनिवार्यरुपमा करदातालाई श्रमिक तथा कर्मचारीले व्यक्तिगत पान...

दुर्घटना रोक्न सार्वजानिक यातायतमा सचेतना स्टिकर

विराटनगर । सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले सार्वजानिक यातायतमा सचेतना मुलक स्टिकर टास्ने अभियान सुरु भएको छ ।विराटनगर बसपार्कबाट छुट्ने सार्वजानिक सवारी साधनमा आइतबार सचेतना मुलक स्टिगर टासेर यो अभियानको सुरु भएको हो ।यातायात क्षेत्रमा...

तेह्रथुमकी बिनीता लिम्बु भइन् मिस कोशी

विराटनगर। तेह्रथुमकी बिनीता लिम्बु सातौँ संस्करणको मिस कोशीको उपाधि जितेकी छिन् । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा सुनसरीको इटहरीमा सम्पन्न भएको प्रतियोगितामा २५ जनाप्रतियोगिहरुलाई पछि पार्दै बिनीताले मिस कोशीको उपाधि जितेकी हुन् । मिस कोशीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्