राष्ट्रपतिद्वारा उच्चस्तरीय भेटघाट

 न्यूज विराट
राष्ट्रपतिद्वारा उच्चस्तरीय भेटघाट

काठमाडौं, १० असार-राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख एवं वरिष्ठ नेताहरूसँग भेटघाट गरेकी छिन् । राष्ट्रपतिको कार्यालयका अनुसार शीतल निवासमा आज भएको भेटघाटमा उनले मुलुकको समसामयिक विषयमा छलफल गरेकी हुन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नेपालको अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नयाँ नक्सामा समावेश गरी संविधानमा निशान छाप कायम गर्नका लागि संविधान संशोधन गर्ने सवालमा दलबीच देखापरेको अभूतपूर्व राष्ट्रिय एकताप्रति आफू खुसी भएको बताउँदै धन्यवाद दिए ।

उनले कोभिड-१९ को महामारीविरुद्धको प्रतिकार्यमा राष्ट्रिय एकता प्रर्दशीत हुँदै आएकामा खुसी व्यक्त गर्दै यस अभियानमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायलाई धन्यवाद दिँदै कोरोना प्रभावित बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् ।

राष्ट्रपति भण्डारीले वातावरण विनाशप्रति चिन्ता व्यक्त गर्दै नदी प्रणाली र अन्य प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै पर्यावरण सन्तुलनका लागि प्रभावकारी कार्य गर्न राजनीतिक दलबीच एकता कायम हुनुपर्ने कुरामा जोड दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले यसरी राष्ट्रका ज्वलन्त विषयमा दलबीच हुने सहकार्य र एकताले मुलुकको आर्थिक विकासका निम्ति महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् । रासस

सम्बन्धित समाचार

चीनलाई जस्तै नेपाललाई घेर्ने भारतको तयारी

काठमाडौं, १९ जेठ-नेपालको नयाँ नक्सा जारी भएर संविधान संशोधन प्रक्रिया अघि बढेसँगै भारत नेपालप्रति रुष्ट भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । नेपालले आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्सामा सामेल गरेपछि भारतले यसलाई...

कोरोना भाइरस नियन्त्रणबारे के भने प्रधानमन्त्रीले (सम्बोधनको पूर्णपाठ)

प्रधामन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का विषयमा देशवासीका नाम सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालमा भइरहेको तयारीबारे जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीको सम्बाेधनकाे पूर्ण पाठ आदरणीय...

कोरोनाका कारण अलपत्र ३४ हजारको उद्धार, ५६ जना उपचारत  

काठमाडौं, ७ साउन-कोरोना भाइरसका कारण विदेशमा अलपत्र ३४ हजारको उद्धार गरेर स्वदेश ल्याइएको कोरोना भाइरस संकट व्यवस्थापन केन्द्रले जनाएको छ । मंगलबारसम्म विभिन्न देशबाट ३४ हजारभन्दा धेरै नेपाली स्वदेश फर्किएको केन्द्रले जानकारी दिएको छ ।...

दिल्लीस्थित जामिया विश्वविद्यालय बाहिर गोली चल्यो

एजेन्स, माघ २०–भारतको राजधानी नयाँ दिल्लीस्थित जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयल बाहिर गोली चलेको छ । बीबीसीका अनुसार विश्वविद्यालयको गेट नम्बर पाँचमा गोली चलेको हो । जामियाका छात्र जोएब अहमदले भने, ‘अचानक मानिसहरु चिच्याएको आवाज आउन...

रुस र युक्रेनबीच बढ्दो तनावका बीच लुहान्स्कमा शक्तिशाली विष्फाेट

काठमाडौं, ७ फागुन । रुस र युक्रेनबीच बढ्दो तनावका बीच लुहान्स्कमा शक्तिशाली विष्फाेट भएको स्पुतनिकले जनाएको छ । विष्फाेट ग्यास पाइपलाइन ‘दुर्ज्भामा’ मा भएको र ठूलो आगोलागी हुनसक्ने प्रक्षेपण गरिएको थियो । स्थानीय ग्यास पूर्वाधार...

राष्ट्रिय युवा संघ महालक्ष्मी नगर कमिटीको आकस्मिक रक्तदान

काठमाडौं, १३ वैशाख-राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ । विश्वव्यापरी महामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) रोकथाम र जनचेतना अभियानको गर्न शनिबार रक्तदान कार्यक्रम  आयोजना गरेको हो...

प्रदेश १ प्रदेशसभामा विविधता : परम्परागत पहिरनमा सजिएका महिला सांसद (फोटो फिचर)

विराटनगर । प्रदेश १ का नवनिर्वाचित चार जना प्रदेश सांसदहरूले आफ्नो जातीय तथा परम्परागत पहिरनमा सझिएर पद तथा गोपनीयताको शपथ लिएका छन् । एमालेकी सांसद मीना श्रेष्ठ, माओवादी केन्द्रकी सम्झना तामाङ्ग, पर्यटन तथा संस्कृतिमन्त्री नेकपा...

स्वास्थ्य मापदण्ड अपनाएर तीज मनाउन सभामुखको अनुरोध

काठमाडौं, ५ भदौ-सभामुख अग्निप्रसाद सापकोटाले स्वास्थ्य मापदण्डका नियम पालना गर्दै सतर्कताका साथ तीज पर्व मनाउन सबैमा अनुरोध गरेका छन् । हरितालिका तीज २०७७ का अवसरमा शुभकामना दिँदै उनले नोभल कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्