लकडाउन अवधिभर बैंक ब्याज र करमा छुट दिन मोरङ चेम्बर अफ कमर्सको माग

 न्यूज विराट
लकडाउन अवधिभर बैंक ब्याज र करमा छुट दिन मोरङ चेम्बर अफ कमर्सको माग

विराटनगर, असार १०–मोरङ चेम्बर अफ कमर्सले उद्योग तथा ठूला व्यापारीहरुलाई लकडाउन अवधिभरको बैंक ब्याज र करमा छुट दिनुपर्ने माग गरेको छ । हालै जारी भएको संघ तथा प्रदेशको बजेटका विषयमा अवधारणा सार्वजनिक गर्ने कार्यक्रममाझ मोरङ चेम्बरले यस्तो अवधारणा अघि सारेको हो ।

कार्यक्रममा अवधारणा प्रस्तुत गर्दै मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष सुरेशमान श्रेष्ठले साना उद्योगी तथा साना व्यापारीहरुलाई बैंक ब्याज र करमा छुटका साथै ५ लाखसम्मको ऋण मिनाहाको व्यवस्था गर्नुपर्ने बताए । उनले कृषकलाई समेत बैंक ब्याज र करमा छुटका साथै साना किसानबाट लिएको ऋण मिनाहाको ब्यवस्था गर्नुपर्ने लगायतका माग राखे ।

लकडाउनको समयमा नेपाल राष्ट्र बैंकको निर्देशनमा उद्योगी ब्यवसायीहरुलाई बैंक ब्याजमा केही राहतको ब्यवस्था गरेको तर कतिपय बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न बहाना बनाई निर्देशित छुट नदिएको बताए ।

मोरङ चेम्बर अफ कमर्सले संघ र प्रदेश सरकारले बजेटमार्फत अघि सारेका केही कार्यक्रम सकारात्मक तथा समयसापेक्ष भए पनि त्यसको कार्यान्वयन पक्षको जटिलता भने यथावत रहेको जनाएको छ ।

सरकारी निकायहरुलाई समेत दुरुस्त राख्न नसकिरहेको अवस्थामा निजी क्षेत्रमा पनि अनुगमन गर्ने गरी अख्तियारलाई अधिकार दिने गरी विधेयक ल्याउनु देशका सम्पूर्ण उद्योगी व्यवसायी त्रासमा रहेको संघको भनाइ छ ।

अख्तियारलाई अझ बदनाम गराउने नियतले विधेयक ल्याएको अध्यक्ष श्रेष्ठले आरोप लगाए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र गोल्छा, उपाध्यक्ष शिवप्रसाद रिजाल, महासचिव कृष्णप्रसाद दाहाल र कोषाध्यक्ष मनोजकुमार मिश्र लगायत संचारकर्मीहरुको सहभागिता थियो ।

सम्बन्धित समाचार

निर्माण सुरु गरेको ८ वर्षपछि जनकपुर विमानस्थलको टर्मिनल भवन सञ्चालनमा

निर्माण सुरु भएको आठ वर्षपछि जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार उक्त भवनको उद्घाटन गरेका हुन् । टर्मिनल भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै...

कोरोना रोकथामका नाममा किनेका सामग्रीको विवरण सार्वजनिक गर्ने निर्देशन

काठमाडौं, ९ जेठ-राष्ट्रिय सूचना आयोगले दिएको निर्देशनको आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका सरकारलाई कोरोना रोकथामको लागि उपलब्ध गराइएका र किनिएका, किनिने सामग्रीको विषयमा विवरण सार्वजनिक गर्नको लागि परिपत्र जारी गरेको छ । मन्त्रालयले...

चिकित्सकहरूले आकस्मिक र कोभिडबाहेकका सेवा बहिस्कार गर्ने

काठमाडौं, २४ असोज-नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बहिस्कार गर्ने भएको छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १९औँ आमरण अनशनमा बसेका डा. गोविन्द केसीका मागको...

मन्त्री कार्कीद्वारा बर्जुको प्रशासनिक भवनको उद्घाटन

विराटनगर । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सुनसरीको बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ । सोमबार एक कार्यक्रमका बिच मन्त्री कार्कीले रिबन काटेर भवनको उद्घाटन गर्नुभएको हो । उद्घाटन...

कोशी प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, ज्येष्ठ सदस्य मण्डल बने कृषि राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशक ामुख्यमन्त्री उद्धव थापाले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले प्रदेशसभाका ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल गनगाईलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । राज्यमन्त्रीमा नियुक्त भएका मण्डलले...

ग्रेडेड स्कुलमा परीक्षाफल प्रकाशनसँगै विज्ञान प्रदर्शनी

विराटनगर । विराटनगर ८मा अवस्थित ग्रेडेड स्कुलले विद्यालय परिसरमा दितिय त्रैमासिक परीक्षाको नतिजासँगै चित्रकला ,हस्तकला र विज्ञान प्रदर्शनी गरेको छ। विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजित गर्दै विज्ञानका विभिन्न सामग्रीहरू जस्तै रोबोटिक कार , हाइड्रोलिक क्रेन र...

कोरोना संक्रमणबाट प्रदेश १ मा एकैदिन २२ जनाको मृत्यु

काडमाडौं, १९ जेठ । प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ९ महिला र १३ जना पुरुषको मृत्यु भएको हो । मृतकमध्ये सबैभन्दा बढी मोरङका ८...

करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, साउन ३–सुनसरीको इटहरी–३ स्थित ३७ बर्षीय मदन राईको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार छिमेकीको घरमा लाइनको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर वेहोस भएका राईको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्