कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध

 न्यूज विराट
कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध

सुर्खेत, १० असार-कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशनको २१ औँ बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस अवरोध गरेपछि स्थगित भएको छ । बैठक प्रारम्भ प्रदेशसभा सभामुख राजबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रालयले ल्याएको बजेटमाथिको छलफल गर्न आह्वान गरेलगत्तै प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेटमाथि केही प्रश्न उठाउँदै कर्णाली योजना आयोगले ल्याउने विकासका वार्षिक कार्यक्रम ल्याउनु पर्नेमा मन्त्रालय किन ल्याएको भनेर प्रश्न गरेका थिए ।

‘वार्षिक विकास कार्यक्रम कर्णाली योजना आयोगले ल्याउनु पर्ने हो । किन मन्त्रालयले ल्यायो’ उनले भने, ‘कि कर्णाली विकास आयोग खारेज गरौँ ।’ बजेटमा पूँजीगत खर्च र साधारण खर्च बजेटमा नआएकोले संसद चल्न नसक्ने नेता शाहीले बताए । ‘कुनै रकम मिलाएको छैन्’ उनले भने,‘पुँजीगत र चालु खर्च स्पष्ट लेखेर ल्याउनु पर्छ ।’

बजेटमा रहेका वार्षिक योजनाहरु नभएको ती कार्यक्रमहरु कर्णाली योजना आयोगले ल्याउन माग शाहीले माग गरे । ‘वार्षिक विकास कार्यक्रम योजना आयोगले ल्याउनुपर्छ’ उनले भने, ‘मन्त्रालय वार्षिक बजेटको अंकसहित आउनुपर्छ ।’

नेता शाहीले रित नपुगेका वजेटमाथि छलफल हुन नसक्ने बताए । ‘प्रक्रिया नमिलेर ल्याएको वजेट किताव छलफल हुनै सक्दैन्’ उनले भने । प्रतिपक्षले प्रश्न उठाएपछि आधा घण्टा स्थगित भएको प्रदेशसभाको बैठक यो समचार तयार पारुन्जेल संचालन भएको छैन् ।

सम्बन्धित समाचार

मेयर राजवंशीले गरे केचना डेरीलाई ३ हजार लिटर क्षमता भएको दुध चिस्यान उपकरण हस्तान्तरण

विराटनगर, २० असार । सुनवर्षी–१ स्थित केचना सहकारी संस्थाले सञ्चालन गरेको दुध चिस्यान उपकरण हस्तान्तरण गरिएको छ । सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले ३ हजार लिटर क्षमता भएको दुध चिस्यान उपकरण हस्तान्तरण गरेका हुन् ।...

यूएईद्वारा नेपालीसहित विदेशी कामदारका लागि प्रवेश खुला

काठमाडौं, ८ असोज । यूएईले नेपालीसहित विदेशी कामदारका लागि प्रवेश खुला गरेको छ । कोरोना महामारीका कारण नेपालसहित भारत, पाकिस्तान, सियरा, लाइबेरिया, नामिबिया, नाइजेरिया, लियोन, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, कंगो, युगान्डा, भियतनाम र जाम्बियाका नागरिकलाई यूएई...

कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो

विराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार पाँच महिना २१ दिनमा ढलेको छ । शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत गुमाएसँगै एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको हो । संविधानको धारा १६८...

सुदुरपश्चिमको पहिलो जित, दिल्लीको लगातार तेस्रो हार

विराटनगर । सुदुरपश्चिमको एनबी ग्रुप धनगढीले प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । दिल्ली युनाईटेडमाथि सुदरपश्चिमले तीन रनको रोमान्चक जित हात पारेको हो । लगातार तीन खेलमा सुदुरपश्चिमले पहिलो...

कसरी गर्ने परीक्षाको तयारी ?, भेषराज पोखरेलको (१८ टिप्स्)

विराटनगर । कक्षा १२ को वार्षिक परीक्षा यही आउँदो वैशाख २६ गतेबाट सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८० वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका यसअघि सार्वजनिक गरिसकेको छ ।...

तीन महिनामा प्रदेश १ मा १७७ वटा मानव अधिकार हनन् का घटना

विराटनगर, ३ असोज । प्रदेश–१ मा तीन महिनाको अवधिमा १ सय ७७ वटा मानवअधिकार हनन्का घटना भएका छन् । राटनगरमा सार्वजनिक गरेको तथ्यांक अनुसार तीन महिनाको अवधिमा सबैभन्दा बढी महिला अधिकार र बालअधिकार हननका घटना...

एक परिवारलाई मासिक १ सिलिण्डर

कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ...

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बुधबार विहान ११ बजेका लागि संवैधानिक परिषदको बैठक बोलाएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिएका छन् । यसअघि परिषद्ले संवैधानिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्