धनगढी, १० असार-कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मिर्गौलाको डायलासिस गराउन आएका बेला मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको मेलौली नगरपालिका-३ का ४७ वर्षीय पुरुष रहेका छन् । डायलासिस गराउन चिकित्सकले सुझाव दिएका भए पनि अस्पातलले कोरोना परीक्षण नहुँदासम्म डायलासिस गर्न नमिल्ने भनेको मृतकको पारिवारिक स्रोतले बताएको छ ।
सेती प्रादेशिक अस्पतालका अनुसार मृतक ति व्यक्तिको मंगलबार साँझ कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । अस्पतालमा डायलासिस वार्ड सञ्चालन गर्दै आएको बहिरङ्ग हेल्थ केयरका व्यवस्थापक दीपक भट्टले डायलासिस गराउन पर्ने जानकारी मंगलबार मात्रै आएको बताए ।
भारतबाट आएका व्यक्तिसँग पनि सम्पर्क भएको देखिएकाले पीसीआर जाँच गराउन भनेका व्यवस्थापक भट्टले बताए । मृतकको पीसीआर रिपोर्ट आउन बाँकी छ ।