त्रिभुवन विमानस्थलमा एकै दिन २० उडान

 न्यूज विराट
त्रिभुवन विमानस्थलमा एकै दिन २० उडान

काठमाडौं, ९ असार-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० उडान भएका छन् । ती उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ ।

बन्दाबन्दीपछि यो हालसम्मकै बढी उडान हो । यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । यसअघि सोमबार अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ ७ यात्रु उद्धार तथा कार्गो उडान भएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा गत आइतबार १६ र शनिबार १५ उडान भएको थियो ।

आज नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नीबाट २ सय ५८, माल्दिभ्सबाट १ सय ४३, र थाइल्याण्डको बैंककबाट २ उडानबाट क्रमशः ७८ र १२ नेपालीको उद्धार उडान गरी काठमाडौं ल्याएको छ ।

त्यस्तै, हिमालय एयरलाइन्सले कतारको दोहाबाट १ सय ४४ र अबुधाबीबाट ५ नेपाली काठमाडौं ल्याएको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जजिरा एयरले कुवेतबाट १ सय ६० यात्रु ल्याएको छ ।

त्यस्तै, नेपाली यात्रु लिन नेपाल एयरलाइन्सको जहाज माल्दिभ्सको जेधाह प्रस्थान गरेको छ भने हिमालय एयरलाइन्स कुबेत र साउदी अरेबियाको दमाम उडेको छ ।

सोही एयरलाइन्सको जहाजले चीनको चाङ्सामा २ कार्गो उडानका लागि त्यसतर्फ प्रस्थान गरेको विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आजै जजिराले कुवेत र हिमालयले चाङ्साबाट कार्गो उडान गरेका छन् ।

बुधबार पनि अन्तर्राष्ट्रियतर्फ १० उडान हुने कार्यतालिका सार्वजनिक गरेको छ । दोहा, दमाम, अबुधावी जेधाह, कुवेत इस्तानबुल, जेधाह र जापानको नारितामा चार्टर्ड उडान हुनेछ ।

हिमालयले दमाम, कुबेत र अबुधाबीबाट समान संख्यामा १ सय ५४ यात्रु ल्याउनेछ भने टर्किस एयरलाइन्सले इस्तानबुलबाट २ उडानमा २ सय ८० का दरले यात्रु ल्याउने विमानस्थलले जनाएको छ ।रासस 

सम्बन्धित समाचार

बलात्कारको आरोप लागेपछि सन्दीपको निलम्बनबारे छलफल गर्दै क्रिकेट संघ

काठमाडौं, २२ भदौ । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) अनौपचारिक छलफलमा जुटेको छ । बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफल...

कोशी अस्पतालमा दुई सिफ्ट ओपीडि संचालन, साढे ३ बजेसम्म चिकित्सक बस्नुपर्ने नियम लागू

विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा दुई सिफ्टमा बहिरङ्ग (ओपिडी) संचालन सुरु भएको छ ।स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयको परिपत्र आएपछि मंगलबारदेखि कोशी अस्पतालमा दुई सिफ्टमा ओपीडि सेवा संचालनमा ल्याएको हो ।दुई सिफ्टमा...

वैशाख ३१ गतेसम्म सीमा नाका बन्द गर्ने मन्त्रिपरिषद्काे निर्णय

काठमाडौं, १४ वैशाख-सरकारले ३१ वैशाखसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी सबै सीमानाका ३१ वैशाखकाे राति १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय भएको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी गराए...

जिल्ला सहकारी संघ मोरंगको अधिवेशनः ५ दलीय गठबन्धनका उम्मेदवारलाई एमालेका एक्ला उम्मेदवारले चटाए धुलो

विराटनगर, २८ पुस । जिल्ला सहकारी संघ लिमिटेड मोरंगको अध्यक्षमा डिल्ली पोखरेल निर्वाचित हुनु भएको छ । उहाँले अध्यक्षका प्रत्यासी वीरेन्द्र यादवलाई २९ मत अन्तरले पराजित गर्नुभएको थियो । पोखरेलले १५६ मत प्राप्त गर्नुभयो भने...

लकडाउन वैशाख २५ सम्म थप गर्ने सरकारको निर्णय

सरकारले कोरोना नियन्त्रणका लागि लागू गरेको लकडाउनको अवधि २५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको...

व्यवसायीको मागलाई सहजिकरण गरेर अगाडी बढछु : मोदी

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले उद्योगी व्यवसायीहरूको समस्या सावधान गरेर अगाडी बढने बताएका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आइतबार विराटनगरमा...

कोरोना परीक्षण बुथ प्रदेश सरकारलाई हस्तान्तरण

विराटनगर, बैशाख २–कोरोना परीक्षणका लागि बुथ निर्माण गरी प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन), प्रदेश समितिले प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । कोशी अस्पताल विराटनगरमा निर्माण गरिएको बुथ सामाजिक विकास मन्त्री जिवन घिमिरेलाई हस्तान्तरण गरिएको...

पर्यटकीय गन्तव्यमा अपाङ्गतामैत्री ट्रेकिङ मार्ग निर्माणको माग

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको हकहित संरक्षणका लागि गठित पैरवी समितिले कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूमा निर्माण भइरहेका ट्रेकिङ मार्गहरू अपाङ्गतामैत्री बनाउनुपर्ने माग गरेको छ । बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा समितिले सरकारका तीनै तहलाई यस्तो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्