झण्डै २ वर्षमा प्रतिनिधिसभामा नागरिकता विधेयक पेस

 न्यूज विराट
झण्डै २ वर्षमा प्रतिनिधिसभामा नागरिकता विधेयक पेस

काठमाडौं, ९ असार-करिब २ वर्ष पुग्ने लाग्दा संसदीय समितिले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरेकी हुन् । प्रतिनिधिसभाको २०७५ साल भदौ ४ गतेको बैठकले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्राप्त संशोधनसहित दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको थियो ।

बैठकको सोही निर्णय र प्रतिनिधिसभा नियमावलि २०७५ को नियम १ सय ९ बमोजिम सो विधेयकमाथि प्राप्त संशोधनसहित दफाबार छलफलका लागि ५ भदौमा नै राज्य व्यवस्था तथा शुसासन समितिमा पठाइएको थियो । समितिले २२ महिनापछि नागरिकता (पहिलो संशोधन) विधेयकलाई बहुमतका आधारमा पारित गरि प्रतिवेदन पेश गरिएको हो ।

प्रतिवेदन पेस गर्ने क्रममा सभापति श्रेष्ठले विधेयकमा रहेका अधिकांश विषयमा सर्वसम्मति जुटेको र अन्तिम समय सम्मको अधिकतम प्रयासबाट पनि सहमति जुट्न नसकेका विषयलाई बहुमतका आधारमा पारित गरिएको बताए ।

सम्बन्धित समाचार

पत्रकार महासंघको निर्वाचनमा राज्यसत्ताको चरम दुरुपयोग भयो : समाजवादी प्रेस संगठन

काठमाडौँ । समाजवादी प्रेस संगठनले नेपाल पत्रकार महासंघको निर्वाचनमा राज्यसत्ताको चरम दुरुपयोग भएको आरोप लगाएको छ । अध्यक्ष विश्वमणि सुवेदीले आइतार जारी गरेको विज्ञप्तिमा मतगणनाक्रममा महासंघमा उम्मेदवार बनेका व्यक्तिहरूबाटै शनिबार राति केन्द्रीय कार्यालयमा तालाबन्दी भएको...

नागरिकता विधेयक दोस्रोपटक निर्णयार्थ प्रस्तुत

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता सम्वन्धी विधेयक दोस्रोपटक जस्ताको तस्तै पारित गर्न संसदमा प्रस्ताव पेश गरेका छन् । तर, प्रतिपक्षी दल एमालेले राष्ट्रपतिबाट पुनर्विचारका लागि आएका सुझावहरु सम्वोधन नगरेको भन्दै विरोध जनाएको छ ।...

भव्य भयो मिस कोशीको पहिलो अडिसन, २० जना छानिए

विराटनगर । सातौँ संस्करणको मिस कोशी २०२२ प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ । सुनसरीको इटहरी, धरान र विराटनगरमा भएको पहिलो अडिसनबाट २० जना किशोरी छनौट भएका हुन् । अडिसनमा सहभागी भएका उत्कृष्ट हुने प्रतियोगिहरूलाई...

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

एजेन्सी, जेठ २४–विश्वमा कोरोना भाइरस(कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । वल्र्डोमिटरको तथ्यांकका अनुसार नेपाली समय रातको १२ बजे सम्ममा विश्वमा कोरोना संक्रमणबाट ४ लाख १ सय २६ जनाको मृत्यु भएको छ...

नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ९-नेपालमा २० जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ५ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । बाँकेका १४ जना र मोरङका १ जना गरी २० जनामा कोरोना...

रामको जन्मभूमि विवाद : सीता गुफा नजिकको सीमा स्तम्भ उखेलेर फालियो

जनकपुरधाम, ४ साउन-पर्साको ठोरीस्थित सोमेश्वर पहाडमा रहेको ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको छ । प्रसिद्ध धार्मिकस्थल सीता गुफादेखि दक्षिणतर्फ सोमेश्वर पहाडमा रहेको सो सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी...

कोसीका मुख्यमन्त्री उद्धव थापाले पाए विश्वास मत

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वास मत पाएका छन् । सोमबार भएको मत विभाजनमा उनले विश्वासको मत पाएका हुन् । बैठकमा ७७ सांसद उपस्थित थिए । मुख्यमन्त्री थापाले ४७ मत पाए । विपक्षमा...

काँग्रेसले रविमाथि छानबिनको कुरा उठाएर गठबन्धन फुटाउन खोज्यो : प्रचण्ड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसले रविमाथि छानबिनको कुरा उठाएर गठबन्धन फुटाउन खोजेका आरोप लगाएका छन् । विराटनगरमा सञ्चारकर्मीहरूसँग बिहीबार कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण बन्नु भन्दा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्