पाल्पा पहिरो अपडेट : थप १ जनाको शव भेटियो

 न्यूज विराट
पाल्पा पहिरो अपडेट : थप १ जनाको शव भेटियो

बुटवल, ९ असार-सोमबार दिउँसो तानसेन नगरपालिका-११ सम्मोबारीमा गएको पहिरोमा पर्ने थप १ जनाको शव भेटिएको छ । सम्मोबारीमा गएको पहिरोमा भएको दुर्घटनाको उद्धारका क्रममा थप १ जनाको शव फेला परेको प्रदेश-५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेयले जानाकारी दिए । उद्धारको क्रममा अन्दाजी २० वर्षीय पुरुषको शव साढे ३ बजे भेटिएको उनले बताए ।

योसँग पहिरोमा परेर ज्यान गुमाउनको संख्या ४ पुगेको छ । २ जनाको घटनास्थलमै र १ जनाको हिजो पाल्पाको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । पहिरोमा  ४ वटा सवारी साधन पुरिएपछि प्रहरी, स्थानीयवासी नेपाली सेना उद्धारमा खटिएका थिए ।

पहिरोमा लु १ क १९२८ ट्याङकर, लु २ ख १३७६ मिनि ट्रक, लु १ च ७०११ अल्टो कार (ट्याक्सी) लु २ त ७०४३ पिक अप जीप (कुखुरा बोक्ने) परेका हुन् । घटनास्थल पाल्पाको तानसेन बजारदेखि ५ किलोमिटर टाढा तम्घास जाने बाटोमा पर्छ ।

सम्बन्धित समाचार

नेकपा (एमाले) मोरङको एकै पटक १५८ वडामा आज वडा अधिवेशन हुँदै

विराटनगर, ६ कात्तिक । नेकपा एमाले मोरङको शनिबार जिल्लाका १५८ वटै वडामा एकैपटक वडा अधिवेशन हुदैछ । सुनवर्षी नगरपालिका ६ मा बाहेक जिल्लाका सबै वडामा शनिबार अधिवेशन भइरहेको नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी...

सास्थम कलेजका बिएचम र बिबिएका विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगरस्थित सास्थम कलेजमा बिएचम र बिबिएका विद्यार्थीहरुलाई विदाई गरेको छ । कलेजले रत्ना होटलमा शुक्रबार एक कार्यक्रम आयोजना गरि बिएचमका ४६ र बिबिएका ३२ जना विद्यार्थीहरुलाई विदाइ गरेको हो । बिबिएका सन् २०१९...

सुनको मूल्य ९९ हजार ८ सय पुग्यो

काठमाडौं, २० साउन-सोमबार स्थिर रहेको सुनको मूल्य आज वृद्धि भएको छ । आज प्रतितोला २ सयले वृद्धि भएर छापावाल सुन ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । मंगलबार तेजावी...

चौंथो मिल्स गोल्डकप : पहिलो हाफमा गोलबजार स्पोर्टिङ क्लबलको अग्रता

विराटनगर । विराटनगरमा जारी चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा आज भएको अन्तिम क्वारटफाइ खेलमा पूर्व बिजेता गोलबजार स्पोर्टिङ क्लब गोलबजारले सुरुवाती अग्रता लिएको छ ।पहिलो हाफमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई १–० गोलले...

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) अनुसार संयुक्त सरकारको नेतृत्व गर्ने गरी कार्कीलाई आइतबार साझ मुख्यमन्त्री पदमा नियुक्त गरेका...

जनप्रतिनिधिहरुलाई दशै भत्ता कानुन विपरीतः प्रमुख सचेतक कार्की

विराटनगर, ५ कात्तिक–नेपाली काँग्रेस प्रदेश १ संसदिय दलका प्रमुख सचेतक केदार कार्कीले ऐन नियाम विपरीत दशै भत्ता लिने जनप्रतिनिधलाई कानुन बमोजिम कारवार्ही गर्न माग गरेका छन् । बुधबार विज्ञप्ती प्रकाशित गर्दै कोरोना कहरमा जनप्रतिनिधिहरु जनताप्रति...

सहयोगापेक्षीहरुको उद्धार गरि प्रदेश १ लाई सडक मानवमुक्त बनाइने

विराटनगर, ४ पुस-प्रदेश १ सरकारले तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गर्ने भएको छ । सडक मानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम अन्र्तगत पुस ९, १० र ११ गते भित्रमा झापा, मोरङ र सुनसरीका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावक...

कोरोना भाइरसको महामारीकाबीच पर्यटकका लागि दुबई खुल्यो

एजेन्सी, असार २३-कोरोना भाइरसको महामारीकै बीच खाडी राष्ट्रमा किनमेल र पर्यटनका लागि निकै लोकप्रियता हासिल गरिसकेको दुबई पर्यटकका लागि मंगलबारदेखि खुलेको छ । कुवेतका ठुलठूला सपिङ मलमा फ्रान्सेली फुटबल टिमका जर्सीदेखि अनेक सामानको किनबेच हुन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्