भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो

 न्यूज विराट
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो

एजेन्सी, असार ९-भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ सय १२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघेको हो ।

त्यस्तै, त्यहाँ अहिलेसम्म ४ लाख ४० हजार ४ सय ५० जना कोरोना संक्रमणबाट प्रभावित भइसकेका छन् । सोमबार मात्रै भारतमा १३ हजार ५ सय ४० नयाँ संक्रमित थपिएका छन् ।

हालसम्म भारतमा  २ लाख ४८ हजार संक्रमित उपचारपछि घर फर्किएका छन् । त्यस्तै, त्यहाँ अहिले १ लाख ७८ हजार संक्रमितको उचार जारी छ । जसमध्ये ८ हजार ९ सय बिरामीको अवस्था गम्भीर रहेको वल्डोमीटरले जनाएको छ ।

विश्वका २ सय १५ देशमा फैलिसकेको कोरोनाबाट हालसम्म ९१ लाख ८१ हजार व्यक्ति संक्रमित भइसकेका छन् । जसमध्ये ४९ लाख १६ हजार निको हुँदा ४ लाख ७३ हजारको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ३८ हजार नयाँ संक्रमित थपिँदा ३ हजार ८ सय ५८ ले ज्यान गुमाएका छन् । गत २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा ३१ हजार ४ सय संक्रमित थपिएका छन् । योसँगै त्यहाँ कुल संक्रमितको संख्या २३ लाख ८८ हजार नाघेको छ ।

अमेरिकामा अहिलेसम्म १० लाख संक्रमित निको हुँदा १ लाख २२ हजारले ज्यान गुमाएका छन् । सोमबार त्यहाँ ३ सय ६३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

कोरोनाबाट बढी प्रभावितमध्ये दोस्रो देश ब्राजिलमा २४ घण्टामा २४ हजार ३ सय नयाँ संक्रमित पुुष्टि हुँदा ७ सय ४८ जनाले ज्यान गुमाएका छन् । योसँगै ब्राजिलमा संक्रमितको संख्या ११ लाख ११ हजार नाघेको छ । त्यस्तै, त्यहाँ अहिलेसम्म ५ लाख ७९ हजार संक्रमणमुक्त हुँदा ५१ हजार ४ सयले ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा कपडाको झोला वितरण

विराटनगर, २६ असोज । सामाजिक क्षेत्रमा निरन्तर सकृय रोटरी क्लब अफ विराटनगर डाउनटाउनले ‘से नो टु प्लाटिक व्याग’ नारासहित कपडाको झोला वितरण गरेको छ । अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर क्लबले मोरङको जहदा गाउँपालिका–२ का...

बाँकेमा क्वारेन्टाइनमै युवकको मृत्यु

बाँके, ४ जेठ-बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका १ युवकको ज्यान गएको छ । ३० वैशाखमा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको आज बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि क्वारेन्टाइनमै ज्यान गएको हो ।...

नागरिकता अध्यादेशमा अन्तरिम आदेश दिने न्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ – पूर्वमन्त्री साह

काठमाडौं, २८ जेठ । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका पूर्वमन्त्री प्रभु साहले नागरिकता अध्यादेश कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिने न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको भोलिपल्ट...

बलात्कार अभियोगमा बम्जनसहित ३ जनाविरुद्ध मुद्दा दायर 

काठमाडौं, १९ असार-लिटिल बुद्ध भनेर चिनिएका रामबहादुर बम्जनको मुद्दा अदालतमा दायर भएको छ । सर्लाहीकी एक आफ्नै अनुयायी बलात्कार गरेको अभियोग लागेका बम्बजको मुद्दा शुक्रबार जिल्ला अदालत सर्लाहीमा दायर गरिएको हो । उनलाई बलात्कार अभियोगमा...

भारतमा नयाँ संक्रमित घटे, ज्यान गुमाउने बढे

एजेन्सी, ३ माघ । भारतमा बितेकाे २४ घण्टामा २ लाख ५८ हजार ८९ जना काेराेना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार याे संख्या अघिल्लाे दिनकाे तुलनामा १३ हजार ११३ ले कम हाे ।...

तेली कल्याण समाजद्धारा निः शुल्क लोकसेवा तयारी कक्षा सुरू

विराटनगर । तेली कल्याण समाज नेपाल मोरङ र नापी पेसाकर्मी समाज मोरङको संयुक्त आयोजनामा निःशुल्क लोक सेवा तयारी कक्षा सुरु भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी निःशुल्क लोक सेवा तयारी कक्षा सुरु...

र्‍यापिड टेस्ट गराएर प्रमाणपत्र लिन जमातीलाई मुस्लिम संघको अपिल

काठमाडौं, १० वैशाख-मुस्लिम संघ नेपालले तब्लिक जमातीलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्‍यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ । जमातीले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा गएर परीक्षण गराउन...

मिल्स नकआउट फुटबल : रेड स्टार, अर्किड र सगरमाथा स्कुल क्वाटरमा

विराटनगर । विराटनगरमा जारी मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा मोरङका तीन वटा स्कुल क्वाटरफाइनलमा पुगेको छ ।विराटनगर जुटमिल खेलमैदानमा मंगलबार भएको खेलमा पथरीको रेडस्टार, विराटनगरको अर्किड र सगरमाथा स्कुल विजयी भएर क्वाटरफाइनलमा पुगेको हो ।प्रतियोगिताको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्