सिरियाबाट १० जना फ्रान्सेली बालबालिका फिर्ता

 न्यूज विराट
सिरियाबाट १० जना फ्रान्सेली बालबालिका फिर्ता

एजेन्सी, असार ८-सिरियाको शरणार्थी शिविरमा आश्रय लिइरहेका दश जना फ्रान्सेली बालबालिकालाई फ्रान्स सरकारले स्वदेश फर्काएको छ । फ्रान्सका सयौं नागरिक आतंकवादी संगठन इस्लामिक स्टेटमा आबद्ध हुन सिरिया पुगेका र तिनीहरुबाट सिरियामै बालबच्चा जन्मिएका थिए ।

गत वर्ष मार्च २०१९ मा अमेरिका र पश्चिमा मुलुकको व्यापक सैन्य कारबाहीपछि सिरियाबाट इस्लामिक स्टेट समूह परास्त भएको थियो । फ्रान्सेली विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा ती बालबालिका उत्तरपूर्वी सिरियाका शिविरबाट फिर्ता ल्याएको जनाइएको छ ।

उनीहरुको स्वास्थ्य उपचार सुरु गरिएको र ती बालिबालिकाको हेरचाह गर्ने जिम्मेवारी सामाजिक संस्थालाई दिइएको छ । ती बालबालिकाका अभिभावकका बारेमा भने केही खुलाइएको छैन ।

फ्रान्सले युद्धग्रस्त सिरियाबाट कूल २८ बालबालिकालाई फिर्ता लगिसकेको छ । अधिकारवादी समूहहरुले बाल उमेरका बालबालिकालाई तत्काल फर्काउन फ्रान्स सरकारमाथि लगातार दबाब दिइरहेका छन् ।

अधिकारवादी समूहले कतिपय बालबालिका उनीहरुका बाबुआमाले फ्रान्सबाटै साथमा लगेको दाबी गरेका छन् । एक अनुमान अनुसार करिब ३ सय फ्रान्सेली बालबालिका सिरियास्थित कुर्दिस समूदायले सञ्चालन गरेका शिविरमा उनीहरुका आमाहरुका साथमा रहेका छन् । फ्रान्सले भने सिरिया पुगेका हरेक व्यक्तिमाथि स्थानीय कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

सिरियाको उत्तरपूर्वस्थित अल–होल भन्ने स्थानमा करिब १२ हजार विदेशी नागरिक अस्थायी शिविरमा रहेका छन् जसमा चार हजार महिला र आठ हजार बालबालिका रहेका छन् ।

सहायता निकायहरुले यी शिविरमा आश्रित व्यक्तिहरुले कुपोषण र रोगको प्रकोपबाट गुज्रनु परेको बताएका छन् । कुर्दिस अधिकारीहरुले शिविरमा रहेका विदेशी नागरिकहरु स्वदेश फर्काउन आग्रह गरिरहेका छन् । उनीहरुले अनिश्चितकालसम्म विदेशी नागरिकलाई सुरक्षा दिएर राख्न नसक्ने चेतावनी पनि दिएका छन् ।

सम्बन्धित समाचार

५० प्रतिशतभन्दा बढी कोरोना संक्रमित निको भए

काठमाडौं, २७ असार-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा थप ४३१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका बताए...

प्रदेश १ मा पौडेल–कोइराला समुहबाट गुरुराज घिमिरे सभापति पदका उम्मेदवार

विराटनगर, १६ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापति पदका प्रत्याशी बन्ने भएका छन् । कांग्रेसको संस्थापन इतर समूहले घिमिरेलाई प्रदेश सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश...

नगरलाई दलितमैत्री वातावरण बनाई क्षमता अभिवृद्धी गर्न माग गर्दै ज्ञापन

अर्पणा केशी पथरी, असार ९ मोरङको पथरी शनिश्चरे नगरपालिका अन्र्तगत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दलित समुदायलाई समेट्न माग गदै दलित संरक्षण समितीले नगर प्रमुख दिलीप कुमार राईलाई १७ बुदेँ ज्ञापन पत्र बुझाएको छ...

उद्योगको लापरवाहीः आरती स्ट्रिप्सका ३० मजदुरलाई कोरोना

विराटनगर, साउन २९–लकडाउनको समयमा भारतीय मजदुर ल्याएर उद्योग चलाएको मोरङको बुढीगंगा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्समा कार्यरत ३० मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । लुकिछिपी भारतीय कामदार ल्याएर उद्योग चलाएपछि २ मजदुरमा कोरोना देखिएकोमा...

थप १९५७ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं, २५ माघ । नेपालमा थप १ हजार ९ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६ सय ९२  जनाको नमूना परीक्षण गर्दा थप १ हजार ९...

चिनियाँ राजदूत घरभित्र मृत फेला

एजेन्सी, जेठ ४-इजरायलमा चीनका राजदूत मृत फेला परेका छन् । बीबीसीका अनुसार इजरायलका लागि चिनियाँ राजदूत ५८ वर्षीय डु वेई तेलअभिवस्थित घरभित्र ओछ्यानमा मृत फेला परेका हुन् । इजरायली अधिकारीले राजदूतकाे मृत्यु भने पुष्टि गरिसकेका छन् । उनकाे मृत्युकाे कारण...

बाँकेकाे नैनापुर गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण

काठमाडौं, २ जेठ-बाँकेमा एकै दिन ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेको नैनापुर गाउँपालिका-१, ३ र ५ वडाका १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय...

सिलवालको नियुक्तिमा कारण देखाऊ आदेश

काठमाडौं, १३ साउन-सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव भएका रमेशकुमार सिलवालको नियुक्तिमा कारण देखाउ आदेश जारी गरेको छ । सिलवाललाई नियुक्ति गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गरी दायर रिटमा सर्वोच्चले कारण देखाउ आदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्