लेखा समितिमा सांसदहरूले भने : स्वास्थ्यमन्त्री र सल्लाहकारको भूमिका शंकास्पद

 न्यूज विराट
लेखा समितिमा सांसदहरूले भने : स्वास्थ्यमन्त्री र सल्लाहकारको भूमिका शंकास्पद

काठमाडौं, ८ असार-कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सामग्री खरिद कार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्री र सल्लाहकारको भूमिका शंकास्पद देखिएको सांसदले बताएका छन् ।

संघीय संसद प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा सांसदहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री, विज्ञ सल्लाहकार र मन्त्रालयका अधिकारीहरूको भूमिका माथि आशंका गर्दै प्रश्न उठाएका छन् । समितिले सोमबार प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी, स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहसँग स्वास्थ्य सामग्री खरिद कार्यमा भएको अनियमितताका विषयमा छलफल गरेको छ ।

छलफलमा सांसदले स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी समूहलाई दिन मन्त्री र विज्ञ सल्लाहकारले गरेको हतारोले पनि अनियमितता भएको स्पस्ट हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद विरोध खतिवडाले गत १२ चैतमा दिनभर हतारमा बैठक गरेर काम गरेको देखिएकाले मन्त्री र सल्लाहकारलाई आशंका गर्ने ठाउँ देखिएको बताए । उनले १२ गते राति नै बैंकलाई, कम्पनीलाई, समूहलाई पत्राचार गरी काम गरिएको र पछि फेरि ठेक्का नै रोकेर क्यान्सिल गर्ने कार्यले अनियमितता भएको स्पस्ट हुने बताए ।

सम्बन्धित समाचार

गणेशमान सिंहको २३ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, २ असोज-प्रजातन्त्र पुनःस्थापनाका लागि भएको २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह...

विराट गोल्डकप, आज आर्मी र एनआरटी भिड्दै

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आज विभागीय टिम त्रिभूवन आर्मी क्लब र न्यूरोड टिम एनआरटी फुटबल क्लब काठमाण्डौंबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट ५ः ४५ बजे सुरू हुने रात्रीकालिन...

महिला क्रिकेटमा इलाम र मोरङ फाइनलमा

विराटनगर । तेस्रो संस्करणको इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा जित निकाल्दै इलाम र मोरङ फाइनलमा प्रवेश गरेको छ । विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा इलामले सिरहालाई ४...

कतारका प्रधानमन्त्रीले ओलीलाई भने : यहाँ रहेका नेपालीको चिन्ता नलिनू

काठमाडौं, ११ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले कतारमा रहेका नेपालीका बारेमा चिन्ता व्यक्त गरेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका नेपालीका बारेमा चासो राख्दै आफ्ना कतारी समकक्षी शेख खालिद बिन खलिफा बिन अब्देल अजीज अल...

गैसस महासंघ मोरङ अध्यक्ष राजेन्द्र ढकालविरुद्ध पाँच दिन म्याद थप

विराटनगर, १६ भदौ । यौन दुर्व्यवहारको आरोपमा विराटनगरबाट पक्राउ परेका गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकालविरुद्ध जिल्ला अदालत मोरङले अनुसन्धानका लागि म्याद दिन म्याद थप गरेको छ । बुधबार पक्राउ परेका विराटनगर–१२...

प्रदेश १ आज ३ संक्रमित थपिए, २२ जना डिस्चार्ज

विराटनगर, असार २८–प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुषरहेका छन् । वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमाउपचाररत झापाका १९, खोटाङका २ र सुनसरीका १ जना डिस्चार्ज...

काेराेना संक्रमणबाट प्रदेश २ मा ५२ जनाको मृत्यु

जनकपुर, ५ भदौ-मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश २ प्रभावित भएको छ । यस प्रदेशमा अहिलेसम्ममा ८ हजारभन्दा बढी संक्रमित हुनुका साथै ५२ जनाको कोरोनाको संक्रमणको कारण मृत्यु भएको छ । यस प्रदेशअन्तर्गतका ८ वटै...

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको १ हजार रन पूरा

काठमाडौं, २१ चैत । नेपालका दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि भिडन्तमा पपुआ न्युगिनीसँग खेल्नेक्रममा दीपेन्द्रले २१ रन जोडेपछि उनको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्