पाल्पा पहिरो अपडेट : ४ सवारी पुरिए, गम्भीर घाइतेलाई मिसन अस्पताल पठाइयो

 न्यूज विराट
पाल्पा पहिरो अपडेट : ४ सवारी पुरिए, गम्भीर घाइतेलाई मिसन अस्पताल पठाइयो

बुटवल, ८ असार-बुटवलबाट रिडीतर्फ जाँदै गरेका ४ वटा सवारी साधन तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोमा पुरिएका छन् । शुक्रबार रातभर आएको अविरल वर्षाका कारण खसेको पहिरोले सडकमा गुडिरहेका पानीक ट्यांकर, ट्रक र पिकअप जिप र कार पुरिएको प्रहरीले जनाएको छ ।

प्रदेश-५ प्रहरीका अनुसार लु १ क १९२८ ट्याङ्कर, लु २ ख १३७६ मिनि ट्रक, लु १ च ७०११ अल्टो कार (ट्याक्सी) लु २ त ७०४३ पिक अप जीप (कुखुरा बोक्ने) पहिरोसँगै बगेका हुन् । प्रहरीका अनुसार शुक्रबार रातभर आएको अविरल वर्षाका कारण खसेको पहिरोले यी सवारी साधन रोकेर राखिएको थियो । त्यही बेला माथिबाट पहिरो आएको हो ।

सडक तलबाट २ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । १ जना व्यक्तिलाई गम्भीर अवस्थामा उद्धार गरिएको छ । उनको मिसन अस्पतालमा उपचार भइरहेको बताइएको छ । ‘घटनामा के कति मानवीय क्षति भयो भन्ने खुलेको छैन । उद्धार हुँदैछ’ प्रदेश-५ का ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल्लिनारायण पाण्डेले भने । उनका अनुसार गाडी रोकिराखेका कारण गाडीमा यात्रु तथा चालक थिएनन् ।

घटनास्थलका प्रत्यक्षदशीका अनुसार ट्यांकर ३०० मिटर तल खोचमा पुगेको छ भने ट्रक २० मिटर तल पुरिएको अवस्थामा छ । कार र जिप सडकमै माथि आधा पुरिएको अवस्थामा देखिएका छन् भने ट्रक सडकदेखि तल पुगेको देखिन्छ । प्रत्यक्षदशीका अनुसार ट्यांकर त्योभन्दा तल पुगेको छ । घटनास्थल पाल्पाको तानसेन बजारदेखि ५ किलोमिटर टाढा तम्घास जाने बाटोमा पर्छ ।

सम्बन्धित समाचार

तेजस्वी बचत तथा ऋण सहकारीको अध्यक्षमा चुडाल, सचिवमा मिना खनाल

विराटनगर । विराटनगर – ५ त्रिमूर्ती चोकमा रहेको तेजस्वी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा देवी प्रसाद चुडाल चयन भएका छन् । विराटनगरमा शनिबार भएको सहकारीको चौथो अधिवेशनबाट चुडाल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।सहकारीको...

अध्यादेश फिर्ता नहुँदै संवैधानिक परिषद् बैठक डाकेपछि प्रचण्ड पुगे बालुवाटार

अध्यादेश फिर्ता लिनुअगावै प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक डाकेपछि त्यस विषयम छलफल गर्न अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका छन् । बुधबार बसेको पार्टी स्थायी कमिटीले अध्यादेश फिर्ता गर्ने पर्ने निर्णय गरे पनि...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५९५ डिस्चार्ज, ४०१ संक्रमित थपिए

विराटनगर, २० कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय ९५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनमा ५ सय ६३, बेलबारी आईसोलेसन केन्द्रबाट १३, इलाम अस्पतालबाट पाँच, जिल्ला अस्पताल संखुवासभामा चार, विराट मेडिकल कलेज, बैजनाथपुर...

महिला क्रिकेट प्रतियोगितामा मोरङ र सिरहा फाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगितामा मोरङ र सिरहा फाइनलमा प्रवेश गरेको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा...

एसी मिलान बराबरीमा रोकियो, इब्राहिमोविचले गरे दुई गोल

एजेन्सी, ११ कात्तिक-इटालियन सिरी ए फुटबल अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको एसी मिलानले रोमासँग बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा भएको खेलमा एसी मिलान रोमासँग ३–३ गोलको बराबरीमा रोकिएको हो । एसी...

संविधानको मर्मलाई व्यवहारमा लागू गर्न इमान्दार प्रयास जारी राख्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं, ३ असोज-राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व सबैको काँधमा आएको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय...

झापामा हात्तीको आक्रमणबाट भारतीय युवकको मृत्यु

झापा, १३ जेठ-दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका-२ लालमाटीमा जंगली हात्ती लखेट्न आएका १ भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ। डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी...

प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गते

विराटनगर, १२ पुस-प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गते बोलाइएको छ ।आइतबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष  सिफारिस गर्ने निर्णय गरेको हो । संविधानअनुसार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्