
विरोधको बिच कटहरीको वडा कार्यालय नयाँ भवनमा
विराटनगर । निमार्ण पुरा भएको एक वर्षपछि केही स्थानीयको अवरोधको बिच मोरङ कटहरी गाउँपालिका ४ नं. वडा कार्यालय नयाँ भवनमा सरेको छ । साबिकको ठाउँदेखि करिब सात समय मिटर उत्तरमा आफ्नै सुविधा सम्पन्न भवनमा वडा...
काठमाडौं, ७ असार-नेपाली सेना पृतनापति समन्वयात्मक बैठकले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यमा सङ्गठनको भूमिकाको गम्भीर समीक्षा गरेको छ ।
उक्त बैठकमा जङ्गी अड्डा मातहतका कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाले आआफनो जिम्मेवारी क्षेत्रमा कोभिड-१९ ले खडा गरेको सुरक्षा चुनौतीबारेमा गहन र विस्तृत ढङ्गबाट प्रस्तुतीकरण भएको थियो ।
मुलुकको समग्र सुरक्षाको स्थितिका विषयमा समीक्षा गरिएको उक्त बैठकमा भविष्यमा आउनसक्ने परिस्थितिजन्य विषय र चुनौतिकाबारे पनि गहन छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जानकारी दिएको छ ।
२ दिने बैठक समापनका अवसरमा आज प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरणले राष्ट्रिय सुरक्षामा पार्ने प्रतिकूल असरको सूक्ष्म अध्ययन र विश्लेषण गरी विकसित परिस्थितिमा स्पष्ट अवधारणा, रणनीति र कार्ययोजना तयार गर्न निर्देशन दिए ।
उनले भने, ‘नेपालको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण राख्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदा झैँ प्रतिबद्ध छ ।’ पद्धति र प्रणालीमा आधारित सङ्गठन निर्माणमा सबैले जिम्मेवार, जवाफदेही, पारदर्शी र उत्तरदायी भएर काम गर्न निर्देशन दिँदै प्रधानसेनापति थापाले साङ्गठानिकहित र राष्ट्रिय स्वार्थका लागि अविचलित भएर कर्तव्यपथमा लाग्न सुझाव दिए ।
बैठकमा पिएसओज, ८ वटै पृतनापतिलगायत जङ्गी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यकाभित्र रहेका बाहिनी अड्डाका बाहिनीपति सहभागी थिए । रासस
विराटनगर । निमार्ण पुरा भएको एक वर्षपछि केही स्थानीयको अवरोधको बिच मोरङ कटहरी गाउँपालिका ४ नं. वडा कार्यालय नयाँ भवनमा सरेको छ । साबिकको ठाउँदेखि करिब सात समय मिटर उत्तरमा आफ्नै सुविधा सम्पन्न भवनमा वडा...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की दिएको अभियुक्तको क्षमायाचना नगरे आन्दोलन गर्ने चार कर्मचारी संगठनले घोषणा गरेका छन् । राष्ट्रसेवक कर्मचारीको आत्मसम्मानमा चोट पुग्नेगरी अभिव्यक्ति दिएको भन्दै निजामती कर्मचारीका विभिन्न चारवटा संगठनले मुख्यमन्त्री कार्कीले...
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले संघको ५२ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम सुरु गरेको छ । संघले असार ४ गतेदेखि १० गतेसम्म सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम...
विराटनगर, असार २९–प्रदेश १ प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ संसोधनसहित सर्वसम्मत पारित गरेको छ । आजको प्रदेश सभा वैठकले प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको हो ।...
विराटनगर, बैशाख ९–पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य शिवकुमार मण्डलले विपदका बेला सरकारले सोमबार जारी गरेको अध्यादेशले कोरोना विरुद्धको लडाइलाई कमजोर बनाएको बताएका छन् । उनले प्रधानमन्त्रीको उक्त कदम बेमौसमको बाजा भएको बताउँदै विपन्न, असाहय र सडकमा...
काठमाडौं, १७ असोज-आज दिउँसो चार बजे बस्ने भनिएको नेकपाको सचिवालय बैठक अनिश्चित भएको छ । दुई अध्यक्षको सचिवालयबाट दुईथरी कुरा बाहिर आएपछि बैठक अनिश्चित भएको हो । शुक्रबार नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्डबीचकाे...
विराटनगर, १४ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५३, झापामा १ सय ४३, सुनसरीमा १ सय १२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३,...
नेपाली सेनाको मुख्यालय भद्रकालीमा ४ वटै सुरक्षा निकायका प्रमुखहरूको बैठक बसेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको बैठक सोमबार बसेको हो । बैठकमा कोरोना भाइसर (कोभिड- १९)...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.