पहिरोले अरुण नदी थुनियो

 न्यूज विराट
पहिरोले अरुण नदी थुनियो

विराटनगर, ७ असार-संखुवासभाको मकालु गाउँपालिका–२ ओयाङ्गमा गएको पहिरोले आशिंक रुपमा अरुण नदी थुनिएको छ । मकालु गाउँपालिकाको २ र ५ को सीमानामा आज बिहान करिब ६ सय मिटर माथिबाट खसेको पहिरोले अरुण नदी थुनिँदा ताल बनेको हो ।

पहिरोले मकालु गाउँपालिका–२ का दुई घर परिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा प्रकाश राई र हिरालाल राईको परिवार रहेको र उनीहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लका नुमार करिब ६ सय मिटर माथिबाट झरेको पहिरोले अरुण नदी थुनिएर ड्याम बनेको छ ।

उनले ड्याम बनेपनि पानीको बहाब माथिबाट बग्न भने थालिसकेको बताए । प्रहरी नायब उपरीक्षक मल्लले पहिरोको विस्तृत जानकारी आई नसकेको र पहिरोको जोखिममा रहेका प्रकाश राई र हिरालाल राईको परिवारलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।

पहिरोले बनाएको ड्याम एकै पटक पानीको बहाबले खोल्न सक्ने आशंकामा अरुण नदी आसपास बस्ती रहेको अरुण तेश्रो आयोजनाको पावरहाउस स्थल पुखुवा क्षेत्र र हेलुवाबेसी, चेवाबेसी, मनकामना, पिलुवा लगायतका क्षेत्रका स्थानीयलाई अरुण नदी आसपास नजान र सर्तक भएर बस्न आग्रह समेत गरिएको छ । पहिरो खसेको स्थान सदरमुकाम खाँदबारीबाट १ दिनको पैदल दुरीमा रहेको छ ।

सम्बन्धित समाचार

प्याब्सनको स्थापना दिवसमा विविद्य कार्यक्रम, दिप प्रज्जवलनदेखि आश्रममा भोजनसम्म

विराटनगर । विभिन्न कार्यक्रम आयोजना गरि प्याब्सनको ३३ औं स्थापना दिवस मनाएको छ । मोरङ प्याब्सनले विराटनगरमा विविद्य कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको हो । विराटनगरमा रहेको प्याब्सनको कार्यालयमा मंगलबार साझमा दिप प्रज्जवल कार्यक्रम...

थप १०२४ जनामा कोरोना पुष्टि, २२०६ जना डिस्चार्ज

शनिबार थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १ हजार २४ जनामा कोरोना पुष्टि भएको छ । आज ६ हजार ७४...

पत्रकारमाथि कुटपिट गर्ने मेयर र कर्मचारीविरुद्ध अझै कारबाही भएन

जनकपुर, पुस २५–धनुषामा पत्रकारमाथि कुटपिट भएको चार दिन बितिसक्दा पनि कारबाहीको प्रक्रिया अघि बढेको छैन । नगरपालिकाका कर्मचारीले मेयरकै अगाडी आधा दर्जन पत्रकारहरूलाई हातपात गर्दै कार्यालयको कम्पाउण्डसम्म लगेका थिए । प्रहरीले पहिलो दिन नै नगरपालिकाबाट...

बेलबारी ९ नं. वडा कार्यालयले गर्यो जग्गादातालाई सम्मान

विराटनगर, १४ असार । बेलबारी नगरपालिका वार्ड नं ९ कार्यालयले वाडभरिका विभिन्न सङ्घ संस्थालाई जग्गा दान गर्ने जग्गादाताहरूलाई सम्मान गरेको छ । वडा कार्यालयले आज एक कार्यक्रमको आयोजना गरेर उनीहरूलाई सम्मान गरेको हो । बेलबारी...

प्रदेश १ मा शनिबार २२ जना कोरोनामुक्त, १४ संक्रमित थपिए

विराटनगर ३ साउन–प्रदेश १ मा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९, ते¥हथुममा २, झापा, इलाम र उदयपुरमा १÷१ जना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको...

कोशी प्रदेशको बजेट : स्वास्थ्यमा ३ अर्ब ७ करोड बजेट विनियोजन

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०– ०८१ को लागि स्वास्थ्यमा तीन अर्ब बढी रकम बजेट विनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय समेत समालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज अध्यादेशबाट आगमी...

३० हजार क्षमताको क्वारेन्टाइन हामीसँग छः प्रधानमन्त्री

देशभर ३० हजार जना क्वारेन्टाइनमा बस्न मिल्ने गरी क्वारेन्टाइन बनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा ३० हजार क्षमताकाे क्वारेनटाइन बनाइएको जानकारी गराएका हुन् । अहिले ९ हजार जना क्वारेन्टाइनमा रहेका छन् ।पर्याप्त आइसाेलेसन...

अब नेपाल एयरलाइन्सकाे टिकटबाटै युरोप, अस्ट्रेलियाकाे यात्रा गर्न पाइने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अस्ट्रेलिया र एसियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ । नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्