कोरोनामुक्त भइन् अभिनेत्री निरिशा

 न्यूज विराट
कोरोनामुक्त भइन् अभिनेत्री निरिशा

काठमाडौं, ७ असार-अभिनेत्री निरिशा बस्नेत कोरोनामुक्त भएकी छन् । २ सातादेखि भारतको एउटा अस्पतालमा उपचारत उनले कोरोनालाई जितेकी हुन् । अहिले उनी कोरोनामुक्त भएर घर फर्किसकेकी छन् ।

मुम्बईमा रहेकी निरिशाले स्वस्थ्यमा समस्या आएपछि कोरोना परीक्षण गराएकी थिइन् । झण्डै २ साताअगाडि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको थियो ।

निरिशा आफैँले सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गर्दै आफूलाई कोरोना लागेको जानकारी दिएकी थिइन् । निरिशाले उपचारका क्रममा पनि एउटा भिडियोमार्फत् आफ्ना शुभचिन्तकहरूलाई संक्रमित हुँदाको अनुभव साटेकी थिइन् ।

निरिशाले चलचित्र ‘जानी नजानी’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी हुन् । भारतीय सिरियल ‘चन्द्र नन्दिनी’मा काम गरिसकेकी निरिशा अहिले बलिउड प्रवेशका लागि मुम्बईमा सङ्घर्षरत छन् ।

सम्बन्धित समाचार

अब विद्युतिय माध्यामबाटै आयकर बुझाउन सकिने

विराटनगर, साउन १४–वार्षिक २० लाख रुपैयाँसम्म कारोबार गर्ने साना करदाताले अब विद्युतिय माध्यमबाटै आयकर बुझाउन सक्ने भएका छन् । राजश्व विभागले साउन १ गतेदेखि लागुहुने गरि करदातालाई यो सुविधा प्रदान गरेको हो । अब आय...

बलात्कारको आरोप लागेपछि सन्दीपको निलम्बनबारे छलफल गर्दै क्रिकेट संघ

काठमाडौं, २२ भदौ । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) अनौपचारिक छलफलमा जुटेको छ । बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफल...

युवा दिवसमा बुद्धिचाल प्रतियोगिता, बुढानिलकण्ठका आयुषले जिते उपाधि

विराटनगर । विराटनगर महानगर विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि विराटनगरस्थित बुढानिलकण्ठ माध्यमिक अंग्रेजी विद्यालयका आयुष शर्माले जितेका छन् । विराट बुद्ध स्पोर्टिङ्ग क्लबले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सगरमाथा स्कुलमा सोमबार आयोजना गरेको प्रतिोगितामा २६ जना प्रतियोगिहरुलाई...

सहकारी क्षेत्रलाई दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाइँदै

ललितपुर, २४ असार-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारी क्षेत्रमा दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाउँदै गरेको बताएकी छन् । राष्ट्रिय सहकारी विकास बोर्डले तयार गरेको सहकारी क्षेत्रको २५ वर्षे दीर्घकालीन रणनीतिक...

१०१ अनलाइन प्रेस काउन्सिलको कारबाहीमा

काठमाडौं, ४ साउन-पछिल्लो समयमा सञ्चारमाध्यममा सम्प्रेषित समाचारको विषयलाई लिएर ती सञ्चारमाध्यमविरुद्ध उजुरी पर्ने क्रम बढ्दै गएको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले सुरु गरेको लकडाउनको अवधिमा मात्र प्रेस काउन्सिल नेपालमा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी...

संस्थापन पक्षका नेता सानेपातिर, असन्तुष्ट नेताहरु शशांक निवासमा

काठमाडौं, पुस ११–नेपाली कांग्रेसको आज बोलाइएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल र उनी पक्षधर केन्द्रीय सदस्यहरुले बहिस्कार गर्ने भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका पेश नगरेको भन्दै असन्तुष्ट...

६ बुद्धे मागसहित विराट राजवंशीले वृहत भेला विराटनगरमा गर्दै

विराटनगर । बिराट राजवंशी समाजले वृहत भेलाको आयोजना गर्ने भएको छ । राजवंशी समाज उत्थान केन्द्रीय समिति बिराटनगरले मंगलबार पत्रकार सम्मेलन गरी फागुन ६ गते विराटनगरमा वृहत भेल ागर्ने भएको हो । विभिन्न ६ बुद्धे...

नेकपा बैठकमा प्रचण्डको प्रश्न : निर्वाचन आयोगमा नेकपा एमाले कसले दर्ता गरायो ?

निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराउन निवेदन दिएको भन्ने विषयलाई स्थायी समितिमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रश्न उठाएका छन् । दुई दिनअघि निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गराएको प्रसङ्ग उठाउँदै प्रचण्डले निर्धारित विषयभन्दा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्