काभ्रेपलाञ्चोक कोरोनामुक्त

 न्यूज विराट
काभ्रेपलाञ्चोक कोरोनामुक्त

काभ्रेपलाञ्चोक, ७ असार-कोरोना सङ्क्रमित सबै अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएसँगै काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको छ । काभ्रेपलाञ्चोकका सङ्क्रमित ६ जना कोरोनामुक्त भएर अस्पतालबाट घर फर्किएका हुन् । सङ्क्रमितहरू २ सातादेखि काठमाडौं मेडिकल कलेज दुवाकोटमा उपचारत रहेका थिए ।

सङ्क्रमितको स्वास्थ्यमा क्रमिक सुधार आएपछि पछिल्लो स्वाब परीक्षणको रिपोर्टमा कारोना भाइरस नेगेटिभ देखिएपछि ६ जना नै शुक्रबार साँझ घर फर्किएको कोभिड-१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमान्ड पोष्टले जनाएको छ । यसपछि काभ्रेपलाञ्चोक कोरोना भाइरसमुक्त भएको हो । पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाका अनुसार घर फर्किएकालाई होम क्वारेन्टिनमा बसाइएको छ ।

सङ्क्रमितमध्ये २ महिला हुन् । रोशी गाउँपालिकाका ३, पाँचखाल नगरपालिकाका १ र पनौती नपाका १ तथा काभ्रेपलाञ्चोक घर भई १ ललितपुर र १ काठमाडौं बस्नेमा कोरोना सङ्क्रमण भएको थियो । सङ्क्रमितमध्ये ४ जना भारतबाट फर्किएका नागरिक रहेको पोष्टले जनाएको थियो ।

डिस्चार्ज भई होम क्वारेन्टानमा बसेकाको स्थानीय स्वास्थ्यकर्मीबाट निगरानी गरिने झाले बताए ।   सङ्क्रमितको स्वास्थ्य सुरक्षामा विशेष निगरानी भइरहेको झाले बताए । पोष्टका अनुसार हाल जिल्लास्थित विभिन्न क्वारेन्टानमा भारतलगायत विदेशबाट फर्किएका २२ महिलासहित ८७ जना बसेका छन् ।

यसअघि गत १ जेठमा राति काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचारका क्रममा कोरोना भाइरसका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो । कोरोना भाइरसबाट मृत्यु हुने ती महिला नेपालमा पहिलो घटना हो । रासस 

सम्बन्धित समाचार

युवालाई लोकसेवा तयारी कक्ष पढाउँदै कटहरी

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले यहाँका पाँच दजर्न बढी युवा युवतीहरुलाई लोकसेवाको तयारी कक्षा पठाउन सुरु गरेको छ ।प्लस २ (१२) कक्षा उत्तीर्ण भएका कटहरी गाउँपालिका भित्रका युवा युवतीहरुलाई सोमबारदेखि पालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन...

अधिकांश क्षेत्रमा वर्षा : नदीमा बढ्यो बहाव

काठमाडौं, १३ असार-शनिबार देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थान प्राधिकरणका अनुसार शनिबार ४० भन्दा बढी जिल्ला वर्षमा भएको छ । वर्षाको कारण नदीहरूको बहाव बढ्ने अनुमान गरिएको छ...

कुर्मी र धोबीका हत्यारालाई सरकारले संरक्षण दिएको अनेरास्ववियुको आरोप

सरकारले हत्यारालाई संरक्षण दिएको नेकपा एमालेको  विद्यार्थी संगठन अनेरास्ववियुले आरोप लगाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले बाँकेकी नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्याको घटनाका आरोपीलाई सरकारले कारबाही नगरेर संरक्षण गरेको आरोप अनेरास्ववियुले लगाएको हो । अनेरास्ववियुले...

पूर्वाञ्चल विश्व विद्यालयले शिक्षण अस्पतालको लागि कोसी प्रयोग गर्ने, मेडिकल कलेजको बाटो खुल्यो

विराटनगर । मोरङको सुन्दरहरैचाको गोठ गाउँमा रहेको पूर्वाञ्चल विश्व विद्यालयलाई मेडिकल कलेज सञ्चालनको लागि शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न कोसी अस्पताल दिने सिंघय सरकारले निर्णय भएको छ ।  सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सङ्घीय सरकार अन्तर्गत...

आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौं, १९ साउन-साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाइँदै छ । शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी ८ नागको विशेष महत्व रहेको वर्णित...

जर्मनीमा २ जनाभन्दा बढी भेला हुन नपाउने, चान्सलर मर्केल क्वारेन्टाइनमा

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै घर र कार्यालयबाहेक अन्यत्र दुई जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ । जर्मन चान्सलर एन्जेला मर्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस संक्रमण भएको पाइएपछि उनी पनि क्वारेन्टाइन अर्थात्...

इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग र सिलिगुरी इन्टिच्युट अफ टेक्नोलोजीबीच शैक्षिक सहकार्य सम्झौता

विराटनगर। इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग, विराटनगर र भारतको सिलिगुरी इन्टिच्युट अफ टेक्नोलोजीबीच शैक्षिक विकास तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ। यो सम्झौताले दुवै देशका विद्यार्थीहरूलाई विश्वस्तरीय इन्जिनियरिङ शिक्षा र अनुसन्धान अवसरहरू प्रदान...

मोरङको लेटाङबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जुवाडे पक्राउ

विराटनगर,  २ मंसिर-मोरङको लेटाङबाट मंगलबार जुवा खेल्दै गरेका सात जनालाई पहरीले पक्राउ गरेको छ । लेटाङ- ९ स्थित जाँतेमा स्वेताम मगरको घरमा छापामारेर प्रहरीले १ लाख ८८ हजार नगदसहित सात जनालाई जुवाको खालबाट पक्राउ गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्