कास्कीमा १९ महिने बालिकामा कोरोना

 न्यूज विराट
कास्कीमा १९ महिने बालिकामा कोरोना

पोखरा, ६ असार-कास्कीको मादी गाउँपालिकाका १९ महिने बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मादी गाउँपालिकामा अहिलेसम्म एक बालकसहित ३ जनाका कोरोना संक्रमण देखिएको हो ।

गण्डकी प्रदेशमा शनिबार बिहान ७ जिल्लाका ५८ जनामा कोरोना पोजिटिभ देखिएको थियो । त्यसमध्ये कास्कीको मादी गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएका बालकसहित अर्का ४१ वर्षीय युवा थिए ।

२ संक्रमितमध्येका ४१ वर्षे पुरुषको ट्राभल हिस्ट्री भए पनि १९ महिने शिशुको कुनै ट्राभल हिस्ट्री छैन । संक्रमित शिशुका बुवा भने १६ दिन पहिले भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । तर, उनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ श्यामले शिशुका बुवा गाउँ आएपछि सीधै क्वारेन्टाइनमा बसेको बताए । एक पटक बालिकालाई खानेकुरा दिन ती पुरुष गएको थाहा पाएपछि परिवारकै कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा शिशुबाहेक उनको परीवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमित शिशुका बुवा कोरोना नेगेटिभ आएपछि शुक्रबार घर फर्किएको उनले जानकारी दिए । ‘संक्रमित शिशुकी आमा पनि लकडाउनपछि पालिकाबाट बाहिर गएकी छैनन्’ उनले भने ‘संक्रमित शिशुको सम्पर्कमा आएकाको कन्ट्याक ट्रेसिङ गर्ने तयारी भइरहेको छ ।’

अर्का ४१ वर्षे संक्रमित पुरुष भारतको बम्बईबाट १९ दिन पहिले आएर क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । स्वाब पठाएको १२ दिनपछि दुवैमा कोरोना पोजेटिभ देखिएको हो । ४१ वर्षे संक्रमितसँगै आएका अर्का पुरुषमा भने कोरोना नेगेटिभ आएको छ ।

मादी गाउँपालिकाका विभिन्न वडामा रहेका क्वारेन्टिनमा अहिले १९ जना छन् । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ३८ पुगेको छ । शनिबार बिहान अध्यावधिक विवरण अनुसार नयाँ ५८ जना संक्रमित फेला परेका हुन् ।

संक्रमितमध्ये एक ३० वर्षीया महिला र एक १९ महिने शिशु छन् बाँकी सबै पुरुष हुन् । तनहुँमा २५, नवलपुरमा १६, गोरखामा ५, कास्की २, म्याग्दी १, स्याङ्जामा १ र बागलुङमा ८ जनामा कोरोना पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा अहिलेसम्म ४ सय ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमितमध्ये वालिङका ५८ वर्षे संक्रमितको २५ जेठमा उपचारको क्रममा पोखरामै मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

डब्लुएचओले भन्यो : विश्वभर कोरोना संक्रमितको संख्या डरलाग्दो बन्यो

वासिङ्टन, ८ जेठ-विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको जनाएकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'सामान्यीकरण' को सङ्केतका रूपमा वार्षिक जी७ शिखर सम्मेलनका लागि नेताहरूको बैठक गर्न प्रस्ताव राखेका छन् ।...

नेपाली मोडलको कोभिड आईसोलेसन सेण्टर निर्देशिका तयार

काठमाडौं, ३० वैशाख-कोभिड–१९ संक्रमितको उपचारका लागि छुट्टै उपचार केन्द्र अर्थात् कोभिड आईसोलेसन सेण्टर निर्माण गर्ने निर्देशिका तयार भएको छ । विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता र अन्तराष्ट्रिय अनुभवको अध्ययनबाट तयार भएको निर्देशिका स्वास्थ्य मन्त्रालयमा बुझाईएको सोसाइटी...

सुदूरपश्चिममा सबैभन्दा बढी युवामा कोरोना संक्रमण

कैलाली, ९ असार-सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कोरोना सङ्क्रमण युवामा देखिएको छ । कुल सङ्क्रमितमध्ये ६८.५२ प्रतिशत युवा रहेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशको ९ वटै जिल्लामा गरी सोमबारसम्म १ हजार २ सय...

एभरेष्ट बैंकको २९ औं वार्षिकोत्सवमा मानव सेवा आश्रममा खाद्यान्य वितरण

विराटनगर । एभरेष्ट बैंकले विराटनगरस्थित मानव सेवा आश्रमलाई एक लाख मुल्य बरावरको खाद्यान्य वितरण गरेको छ । बैंकको २९ औं वार्षिक उत्सवको अवसर पारेर बिहीबार आश्रममा एक कार्यक्रम आयोजना गरी खाद्यन्य सामाग्री वितरण गरेको हो...

जापान प्रवेशमा १४ देशका नागरिकलाई प्रतिबन्ध

एजेन्सी, बैशाख १५-जापानका प्रधानमन्त्री सिन्जो आबेले रसिया, पेरु र साउदी अरेबियासमेतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाइ गर्ने सोमबार घोषणा गरेका छन् । प्रतिबन्ध घोषणा गरिएका मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएपछि प्रतिबन्ध लगाउनुपरेको...

राजनैतिक दलका नेताले भने : ‘नेतृत्वमा रहेकाले आचरणमा सुधार गरे निराशा हटेर जान्छ’

विराटनगर । प्रमुख राजनीतिक दलका नेताहरूले लोकतन्त्रको महत्वपूर्ण उपलब्धिहरूलाई स्वीकार गर्दै नेतृत्वको आचरण सुधारको आवश्यकतामा जोड दिएका छन् ।कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा विराटनगरमा भएको संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि, अवसर, सम्भावना र...

विराटनगरका रोहितको गोलीहानी हत्या, सम्झना चोक शोकमा डुब्यो

विराटनगर । विराटनगरका २८ वर्षीय रोहित चौधरीको गोलीहानी हत्या भएको छ । धनकुटाको मुलघाट पुगेर फर्कदै गर्दा सुनसरीको इटहरी– धरान सडक खण्डको सेउती खोला पुलको दक्षिणपट्टी उनको गोली हानी हत्या भएको हो । विराटनगर महानगरपालिका–...

प्रचण्ड-नेपाल समूहको आमहड्तालका कारण परीक्षा रोकिँदैन : त्रिवि

त्रिभुवन विश्वविद्यालयले आमहड्तालका कारण परीक्षा नरोकिने स्पष्ट पारेको छ । नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार (भोलि) आमहड्ताल घोषणा गरेपछि त्रिविले परीक्षा नरोकिने बताएको हो । ‘आमहड्तालले परीक्षा रोकिँदैन । आमहड्ताल घोषणा गरेको पक्षबाट परीक्षालाई असर नपार्ने भन्नु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्