राजनैतिक दलका नेताले भने : ‘नेतृत्वमा रहेकाले आचरणमा सुधार गरे निराशा हटेर जान्छ’

 न्यूज विराट
राजनैतिक दलका नेताले भने : ‘नेतृत्वमा रहेकाले आचरणमा सुधार गरे निराशा हटेर जान्छ’

विराटनगर । प्रमुख राजनीतिक दलका नेताहरूले लोकतन्त्रको महत्वपूर्ण उपलब्धिहरूलाई स्वीकार गर्दै नेतृत्वको आचरण सुधारको आवश्यकतामा जोड दिएका छन् ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा विराटनगरमा भएको संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि, अवसर, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा मुख्य वक्ताका रूपमा सहभागी नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लोकतन्त्रपछि नेपालमा उल्लेखनीय विकास र प्रगति भएको स्पष्ट पारे । उनले विकासका ठोस तथ्यांक प्रस्तुत गर्दै भने, ‘हामीले काम गरेका छौं । राजस्व ४८ सालको भन्दा ११७ गुणा वृद्धि भएको छ । खाद्यान्नको उत्पादन पनि उत्तिकै वृद्धि छ, व्यक्तिगत आय पनि बढेको छ तर असन्तुष्टि चुलिएको छ ।’
नेता ज्ञवालीले जनताको असन्तुष्टिको मूल कारण नेतृत्वको आचरणमा रहेको निष्कर्ष निकाले । उनले थपे, ‘यसको मूल कारण हाम्रो आचरण हो । हामीले संविधान संशोधन गरेर मात्र नहुने भन्दै नेतृत्वमा रहेका पात्र, प्रवृत्ति र आचरणमा नै समस्या छ यसलाई सुधार गरेर जाउँ । निराशा हटेर जान्छ ।’
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपालले गरेको उल्लेखनीय प्रगतिलाई आम जनतामा बुझाउनुपर्ने आवश्यकतामा जोड दिए । उनले राजनीतिक दलहरूको कार्यशैली र ढाँचामा उठेका प्रश्नहरूलाई निरूपण गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीले राजतन्त्रको सम्भावनालाई पूर्णतः खारेज गर्दै भने, ‘राजनीतिक धरातल दार्शनिक धरातल कुनै पनि धरातलले नेपालमा राजतन्त्र स्थापना हुँदैन यसमा कोही लाग्नुको औचित्य छैन यसको बहस पनि निरर्थक छ ।’
उनले अहिलेका मूल राजनीतिक दलहरूले आफ्ना कमजोरीहरू जनता समक्ष राख्दै जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले मानव विकासका सूचकांकहरूमार्फत नेपालको प्रगतिलाई प्रस्तुत गरे । उनले २०४८ सालमा नेपालीको औसत आयु ५४ वर्ष रहेको र अहिले ७२ वर्ष पुगेको उदाहरण दिँदै यस्ता विकासलाई नजरअन्दाज गरिरहेको बताए । नेता रिजालले भने, ‘सबै विकासलाई हेर्ने हो भने विश्वका अरु धेरै मुलुकभन्दा हामीले मानवीय विकासमा छिटो प्रगति गरेका छौं ।’ उनले २०४८ साल यताका मानवीय विकासमा साक्षरता, सडक निर्माण, प्रतिव्यक्ति आयु, सुत्केरी महिलाको मृत्युदरमा गरिएका प्रगतिलाई नजरअन्दाज गर्न नमिल्ने बताए ।
उनले दलहरूबीच सहमति र निराशालाई चिर्ने खालको काम गरेर जानुपर्ने आवश्यकतामा जोड दिए ।
नेकपा माओवादीका नेता हरिबोल गजुरेलले नैतिकता र इमान्दारिताको खाँचो रहेको स्पष्ट पारे । उनले भने, ‘हामीतिर फर्किदा जनताले चित्त बुझाएका छन् । अर्कालाई मात्रै दोष दिएर भएन । पानी धमालिएको हामीले गर्दा हो ।’
नेता गजुरेलले वर्तमान सरकारमा भ्रष्टचारको स्थितिको कडा आलोचना गर्दै भने, ‘अहिले दुई तिहाइको सरकार भ्रष्टचारमा लिप्त भएको छ । खुलेआम सिंहदरवारमा साइन बोर्ड टासिएको छ । म भ्रष्टचार गर्न पनि दिन्न गर्दा पनि गर्दिन भन्ने गरिन्छ । तर, भ्रष्टचार भने खुलेआम भइरहेको छ ।’
उनले काठमाण्डौका मतदाताले धारणा परिवर्तन गरेको र राजनीतिक दलहरू गम्भीर हुन जरुरी रहेको बताए । ‘दलहरु सचिएर अगाडी बढे यो राजबादीको आन्दोलन तुहिएर अगाडी बढ्ने,’ उनले भने ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले गणतन्त्रमाथि प्रहार भएकाले त्यसका विविध पक्षमा आम नागरिकमा प्रकाश पार्नको लागि यो कार्यक्रम गरिएको बताए ।

सम्बन्धित समाचार

कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

विराटनगर । कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धब थापा नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले बिहीबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।काँग्रेसबाट...

पछिल्लो २४ घण्टामा देशभर ६५९ जनामा संक्रमण पुष्टि

काठमाडौं, १३ पुस-पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । आज थप ७१८ जना निको भएका...

प्रदेश १ को कोरोना कोषमा जम्मा भयो २८ करोड ७८ लाख

विराटनगर, १२ वैशाख-प्रदेश १ सरकारले काेरोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कुल २८ करोड ७८ लाख ८६ हजार ७ सय २५ रुपैयाँ जम्मा भएको छ । सो कोषमा प्रदेश...

हाँस्य कलाकार शम्भुराज थापाको निधन

काठमाडौं, ५ भदौ । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए । एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन...

नेपाली भूमिबाट भारतीय सेना हटाउन राप्रपाको माग 

काठमाडाैं, ३२ जेठ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमिबाट भारतीय सुरक्षाकर्मी हटाउने प्रक्रिया थाल्न सरकारसँग माग गरेको छ । आइतबार पार्टी अध्यक्ष पशुपति शमशेर राणाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले भूमि फिर्ताका लागि बाँकी...

समाजसेवी व्यवसायीद्वारा विपन्नलाई खाद्यान्न वितरण

विराटनगर, चैत १७-कोरोना भाइरस(कोभिड–१९) को संक्रमणसँगै सरकारले लकडाउन गरेपछि भोकै परेका विराटनगरका सुकुम्बासी र दैनिक रोजगारी गरेर जीविकोपार्जन गर्ने मजदूरलाई विराटनगरका समाजसेवी व्यवसायीले राहत स्वरुप खाद्यान्न वितरण गरेका छन् । गुद्री बजार सब्जी मण्डी व्यवस्थापन...

गुद्रीमा घर, टहरा र सटर खाली गर्न महानगरले निकाल्यो सुचना

विराटनगर, १६ कात्तिक । ५ अर्ब रुपैयाँ भन्दा बढीको लगानीमा विराटनगर–९ स्थित गुद्रीमा निर्माण हुने व्यापारिक कमप्लेक्सका लागि महानगरपालिकाले सुचना निकालेको छ । विराटनगर–९ स्थित गुद्रीबजार क्षेत्रको १४ कट्ठा जग्गामा बन्ने सो व्यापारिक कमप्लेक्सका लागि...

मन्त्री फेरेर भएपनि परिणाम दिनेगरी अगाडि बढ्छुः प्रधानमन्त्री प्रचण्ड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरू फेरेर भएपनि परिणाम दिने गरि काम गर्ने बताएका छन् । मोरङको मिक्लाजुङ गाउँपालिका – ५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्