मुग्लिन सडक : सास्तीमाथि सास्ती

 न्यूज विराट
मुग्लिन सडक : सास्तीमाथि सास्ती

चितवन, ४ असार-चितवनको नारायणगढ-मुग्लिन सडकमा बुधबारदेखि लगातार यात्रुले ठूलो सास्ती खेपेर आवतजावत गरिरहेका छन् । एक त पटकपटक पहिरो खसेर सास्ती ब्यहोरेका यात्रुले आवश्यक ट्राफिक व्यवस्थापन कमजोर हुँदा थप सास्ती खेपेका थिए ।

एकतर्फी सञ्चालन भइसकेको यातायात आज भने बिनासूचना दिउँसो ५ घण्टा आवागमन बन्द गर्दा यात्रु थप मारमा परेका थिए । जसका कारण झण्डै २० किलोमिटर लामो गाडीको लाइन बनेको थियो ।

आज मध्याह्न १२ बजेदेखि साँझ ५ बजेसम्म ५ घण्टा सडक बन्द गरेर काम गर्दा एउटा एम्बुलेन्सलाई समेत छिर्न दिइएन, न त आयोजनाले दिउँसो काम गर्नका लागि बाटो बन्द हुन्छ भन्ने सार्वजनिक सूचना नै जारी गर्न आवश्यक ठान्यो । जसका कारण यात्रुहरूले सास्तीमाथि सास्ती पाए ।

गाडी चलिरहेको बेलामा ५/५ घण्टा सडक बन्द गर्नुपर्ने भएपछि गाडीहरूलाई निश्चित ठाउँमा रोक्नुपर्नेमा स्थानीय प्रशासन र नारायणगढ मुग्लिन आयोजना त्यसमा समेत चुकेको देखिएको थियो । मध्याह्न १२ बजेसम्म एकतर्फी खुलिरहेको सडक एक्कासी गाडी रोक्दा आइपुगेका यात्रुले दिन भर आक्रोश पोखेका थिए ।

दर्जनौँ एम्बुलेन्स रोकिएर बस्न बाध्य भए । ट्राफिक प्रहरीसँग यात्रुहरुले आक्रोश पोखे पनि कुनै सुनुवाई भएन । तीन दिनदेखिको जामका कारण १५ किलोमिटर भन्दा बढी लामो सवारीको लाइनमा आज दिउँसो पाँच घण्टा यातायत अवरुद्ध हुँदा झण्डै उतिनै गाडी थपिएको थियो ।

साँझ खुले पनि अहिले राति ९ बजेसम्म मुग्लिन सडकमा जाम नघटेको चितवनका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक दयाकृष्ण भट्टले बताए । उनका अनुसार बिहीबारदेखि क्युमा बसेका सवारी भने पास भए पनि आज जाममा थपिएर बसेका गाडीहरु पास हुन सकेको छैन । अहिले क्रमशः गाडी गइरहेका छन् ।

अब पहिरो खसेन भने शनिबार दिनभरमा भने सवारी हल्का हुने अनुमान प्रहरीको छ । तर, बिनासूचना एक्कासी गाडी अवरुद्ध गरिनु चाहिँ आयोजनाको र स्थानीय प्रशासनको लापरवाही भएको भन्दै यात्रुले दुःखेसो पोखेका थिए ।

१ जना यात्रु शान्ति थापाले दुःख पोख्दै भनिन्, ‘कि भएका गाडी एक लट पठाएर काम गर्नु पर्दथ्यो, होइन भने सूचना दिनुपथ्र्यो, बिनाजानकारी एक्कासी गाडी रोकेर यात्रुलाई दुःख दिनु लापरवाहीको हद हो, अब यस्तो नहोस् ।’

चारकिलोको पहिरो पन्छाए पनि जलबिरेको घुम्तिमा पहिरो पूर्ण हटाइएको छैन । यहाँ खसेको पहिरोले बाटो थुनेर ताल बनाएको छ । दोहोरो गाडी चल्न सक्ने अवस्था छैन । जसका कारण सवारी राम्ररी गन्तव्यमा जान पाएको छैन ।

बिहीबारको तुलनामा आज शुक्रबार भने ट्राफिक प्रहरीले जनशक्ति थपेको देखिएको छ । तर सवारी व्यवस्थापन अझै प्रभावकारी हुन सकेको छैन ।

पहिरो चार किलोमा बुधबार बिहान ४ः१५ बजे खसेको थियो । त्यसपछि सवारी आवागमनमा प्रत्यक्ष असर परिरहेको छ । त्यसदिन साँझ ७ बजे एकतर्फी बाटो खुलेर केही मिनेटमा पुनः पहिरो खसेर बन्द हुनपुग्यो । त्यसपछि राति १० बजे पहिरो पन्छाएर सडक एकतर्फी नियमित गरिएको थियो ।

शुक्रबार बिहान ९ बजे पुनः रोकेर पहिरो पन्छाउने प्रयास भएको थियो । त्यसपछि दिनभर नै एकतर्फी गाडी चलेपनि १५ किलोमिटर गाडीको लाइन घटेन । आज बिहानसम्म एकतर्फी भएको सडक १२ बजेपछि भने बिनासूचना एक्कासी ५ घण्टा दुईतर्फी बन्द गरेर पहिरो पन्छाउने काम गरिएको थियो ।

यसअघि आयोजनाले गाडी अवरुद्ध गर्दा सार्वजनिक सूचना जारी गरेर काम गर्ने गरेको थियो । तर, आज त्यसो नगर्दा यात्रु थप मारमा परेका थिए । रासस  

सम्बन्धित समाचार

प्रदेश १ को नाम ‘लिम्बुवान, किरात’ राख्न १० संगठनको माग

विराटनगर, माघ १६–विभिन्न १० संगठनले प्रदेश १ को नामकरण ‘लिम्बुवान, किरात’ हुनुपर्ने माग राखेका छन् । लिम्बुवान संघर्ष समितिमा आवद्ध ती संगठनले यसका लागि केही दिनभित्रै शान्तिपूर्ण आन्दोलनसमेत गर्ने भएको छ । वर्तमान प्रदेश १...

इटहरीमा ‘प्रणय सृजना’ वाचन

इटहरी, २ फागुन । इटहरी २ मा रहेको सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा ‘प्रणय सृजना’ वाचन कार्यक्रमको आयोजना गरिएको छ । तरहरामा रहेको क्यानभास साहित्य समाजद्वारा आयोजित ‘प्रणय सृजना’ वाचनमा इटहरी, धरान, बराहक्षेत्र, रामधुनी, धनकुटा, मोरङ,...

सकियो अन्तर विद्यालय स्तरीय विज्ञान प्रदर्शनी, कुन विद्यालयले के पाए पुरस्कार ?

विराटनगर । अन्तर विद्यालय स्तरीय विज्ञान प्रदर्शनीको प्रथम विराटनगर २ मा रहेको सेन्ट म्यारिज स्कुल भएको छ । विराटनगर महानगरपालिकाले आइतबार आयोजना गरेको उक्त प्रर्दशनीमा विराटनगरका ३४ विद्यालयहरुलाई पछि पार्दै सेन्ट म्यारिज स्कुल प्रथम भएको...

पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कारबाही गर्न निर्देशन

काठमाडौं, ६ साउन-संसदको विकास तथा प्रविधि समितिले श्रमजीवी ऐनविपरीत कर्मचारी र पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कानुनअनुसार कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । कोरोना महामारीले सिर्जना गरेको सुरक्षाको असहज र जोखिमयुक्त अवस्थामा अहोरात्र खटेर सूचना...

हाड जोर्नीको उपचारमा आर्या न्यूरो अब्बल, जोर्नी प्रत्यारोपण देखि हाड जोड्नेसम्मको उपचार

विराटनगर । विराटनगर ३ कन्चनबारी स्थित आर्या न्यूरो अस्पताल हाडजोर्नी सम्बन्धी रोगको उपचारका लागि भरपर्दो गन्तव्य बनेको छ । अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिम दुवैको संयोजन मिलेका कारण आर्या न्यूरोमा...

राजवंशी समाज उत्थान समिति (विराट) को १५ औँ बृहत भेला जहदाको बभनटोलीमा हुने

विराटनगर, २ फागुन । प्रदेश १ को नाम विराट प्रदेश राख्न राजवंशी समुदायले माग गरेका छन् । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै राजवंशी समाज उत्थान समिति (विराट) ले प्रदेशको नाम विराट राख्न माग गरेको हो...

गोकुल बाँस्कोटा भन्छन् : डिजाइनअन्तर्गत प्रधानमन्त्रीमाथि हमला 

काठमाडौं, १६ असार-पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नेलगायत विषय डिजाइनअन्तर्गत भएको टिप्पणी गरेका छन् । जारी स्थायी समिति बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा मागेपछि नेकपा केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले सामाजिक...

मन्टेश्वरीका अभिभावकसँग एभरेष्ट स्कुलको कार्यशाला

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले मन्टेश्वरी कक्षाका विद्यार्थीका अभिभावकसँग कार्यशालाको आयोजना गरेको छ ।विद्यालयले शिक्षण सिकाइका लागि अपनाउँदै आएका कृयाकलापका विषयमा अभिभावकलाई जानकारी गराउने उद्देश्यका साथ कार्यशाला आयोजना भएको हो । शुक्रबार नर्सरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्