चीनले नियन्त्रणमा लिएका १० भारतीय सैनिक रिहा

 न्यूज विराट
चीनले नियन्त्रणमा लिएका १० भारतीय सैनिक रिहा

एजेन्सी, असार ५-गत सोमबारराति गलवान घाँटीमा भएको झडपका क्रममा चिनियाँ सेनाले नियन्त्रणमा लिएका १० जना भारतीय सैनिकलाई रिहा गरिएको छ ।सो हिंसात्मक झडपपछि चीनले नियन्त्रणमा लिएका सेनालाई रिहा गरिदिएको हो । भारतको पत्रिका द हिन्दूले सैनिक स्रोतलाई उदृत गर्दै मेजर जनरल स्तरको वार्तापछि भारतीय सैनिक रिहा गरेको उल्लेख गरेको छ ।

रिहा हुनेमा एक लेफ्टिनेन्ट कर्णेल र तीन जना मेजर समेत थिए । भारतले बिहीबार जारी गरेको वक्तव्यमा भारतका कुनै सैनिक वेपत्ता नरहेको जनाएको थियो ।

द हिन्दूका अनुसार चीनले भारतीय सैनिकलाई बिहीबार साँझ पाँच बजे रिहा गरेको हो । १५–१६ जुनको राति भारत र चीनका सैनिकबीच भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने ७८ जना सैनिक घाइते भएका थिए । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

अमेरिकामा कर्फ्यू लगाइयो

एजेन्सी, जेठ १८–संयुक्तराज्य अमेरिकाका प्रमुख शहरहरूमा प्रहरी दमनको विरोधमा शनिबार विरोध प्रदर्शन तीव्र भएसँगै निषेधाज्ञा (कर्फ्यू) लगाइएको छ । प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए । अशान्तिको केन्द्रबिन्दु बनेको मिनियापोलिसमा...

भानु कलेजमा अनलाइन कक्षा

विराटनगर, बैशाख १५–विराटनगर–१९ स्थित भानु मेमोरियल कलेजले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी अनलाईन कक्षा सुरु गरेको छ । कोभिड–१९ को कारण देशमा लकडाउन भई रहेको अवस्थामा कलेजमा अध्ययनरत कक्षा ११ र १२ का विज्ञान तथा...

चालू वर्ष नेपालको आर्थिक वृद्धिदर १.८

काठमाडौं, २७ वैशाख-विश्‍व बैंक्ले चालू आर्थिक वर्षमा नेपालको आर्थि वृद्धिदर अधिक १.८ प्रतिशतिसम्म हुने अनुमान गरेको छ । यसअघि १.८ देखि २ .५ प्रतिशतको प्रक्षेपण गरेकोमा पुन: विश्‍व बैंकले १.८ प्रतिशतमा खुम्चने अनुमान गरेको छ...

अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर

विश्वकै सर्वोच्च शिखर सगरमाथाको पछिल्लो उचाइ सार्वजनिक गरिएको छ । नेपाल र चीनले संयुक्त रूपमा मंगलबार सगरमाथाको उचाइ सार्वजनिक गरेका हुन् । सगरमाथाको नयाँ उचाइ ८ हजार ८ हजार ४८.८६ मिटर रहेको औपचारिक घोषणा गरिएको हो...

भारतमा किसान फेरि सडकमा

एजेन्सी, १४ असोज । भारतमा दुई वर्षयता छ महिना बिराएर किसानहरू आन्दोलनमा उत्रिँदै आएका छन् । विभिन्न माग राखेर सडक आन्दोलन गर्दै आएका भारतीय किसानहरू गत सातादेखि पुन: देशव्यापी आन्दोलनमा उत्रिएका छन् । भारत सरकारले गत वर्ष...

कोरोनाका कारण अतिप्रभावित क्षेत्रलाई केन्द्रीय बैंकको विशेष राहत

काठमाडौं, १२ साउन-नेपाल राष्ट्र बैंकले कोरोनाका कारण अतिप्रभावित क्षेत्रलाई विशेष राहतसहितको साँवा र व्याज तिर्ने अवधि थप गरेको छ । सरकारले गत चैत ११ गतेदेखि देशव्यापीरुपमा लकडाउन गरेको थियो । लकडाउनका कारण विशेष गरी अतिप्रभावित...

पूर्व राज्यमन्त्री अपहरण गरिएको समाजवादी पार्टीको आरोप

काठमाडौं, १० वैशाख-समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो केन्द्रीय सदस्य अपहण गरेको आरोप लगाएको छ ।समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा सूचना संञ्चार विभाग उपप्रमुख विश्वदिप पाण्डेले सामाजिक सञ्जाल ट्वीट गदै साँझ ५बजे...

कोशी प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, ज्येष्ठ सदस्य मण्डल बने कृषि राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशक ामुख्यमन्त्री उद्धव थापाले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले प्रदेशसभाका ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल गनगाईलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । राज्यमन्त्रीमा नियुक्त भएका मण्डलले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्