हाइड्रोक्सिक्लोरोक्विनको परीक्षणमा रोक

 न्यूज विराट
हाइड्रोक्सिक्लोरोक्विनको परीक्षणमा रोक

एजेन्सी, असार ४-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस संक्रमितको उपचारका लागि मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्विनको परीक्षणमा पुनः रोक लगाएको छ ।

यसअघि द लानसेट जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा हाइड्रोक्सिक्लोरोक्विन कोभिड–१९ का बिरामीका लागि फाइदाजनक नरहेको र यसले मृत्युको जोखिम बढाउने र गम्भीर खालको मुटुसम्बन्धी समस्या हुने देखिएको उल्लेख गरिएपछि डब्लूएचओले मानवीय परीक्षणमा रोक लगाएको थियो ।

तर सो अनुसन्धान प्रतिवेदनको तथ्यांकमा कमजोरी देखिएको भन्दै लानसेटले अनुसन्धान प्रतिवेदन फिर्ता लिएपछि डब्लूएचओले पुनः हाइड्रोक्सिक्लोरोक्विनको परीक्षण सुरु गरेको थियो ।

पुनः डब्लूएचओले विभिन्न देशमा गरिएका प्रयोगमा कोरोना भाइरसका संक्रमितको उपचारमा कुनै सहयोग वा फाइदा नपुगेको देखिएको भन्दै हाइड्रोक्सिक्लाेरोक्विनको परीक्षणमा रोक लगाएको जनाएको छ ।

यसअघि सोमबार अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले हाइड्रोक्सिक्लोरोक्विनलाई कोरोना भाइरसका संक्रमितको आपतकालीन उपचारमा प्रयोग गर्ने औषधिको सूचीबाट हटाएको थियो ।

सम्बन्धित समाचार

नेपालले सहुलितय दरमा २० प्रतिशत नागरिकलाई पुग्ने कोभिड खोप ल्याउने

सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप  कूल जनसंख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप ल्याउनदेखि...

अर्ग्यानिक खेतीका लागि रोटरी क्लब अफ विराटनगर डाउनटाउनको सहयोग

विराटनगर । अर्ग्यानिक खेतीका लागि रोटरी क्लब अफ विराटनगर डाउनटाउनले कृषकहरुलाई सहयोग गरेको छ । बढ्दो विषादी प्रयोगबाट मानिसको स्वास्थ्यमा नकारात्मक असर परिरहेकाले कृषकलाई अर्ग्यानिक खेतीमा आकर्षित गर्नका लागि क्लबले सहयोग गरेको हो । अंग्रेजी...

विराटनगरमा चैत २० गते सहकारीकर्मीको भेला हुने

विराटनगर । यस बर्षको राष्ट्रिय सहकारी दिवसको मूल कार्यक्रम बिराटनगर‌मा गर्ने तय भएको छ । चैत्र २० गते हुने उक्त कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा हुने भएको हो ।कार्यक्रमलाई भव्य बनाउन...

देउवाको बहुमत नपुग्दा प्रचण्ड माधवलाई तनाव

काठमाडौं, मंसिर २८ । नेपाल कांग्रेसको सभापतिकालागि भएको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत जुटाउन नसकेपछि सत्ता गठबन्धनमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तनावमा पर्नुभएको पाइएको छ...

जनताको विश्वासले सरकारमा आएको हुँ, राजीनामा माग्नु व्यर्थ छ : प्रधानमन्त्री

काठमाडौं, २६ कात्तिक-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं  प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनमतबाट प्रधानमन्त्री भएकाले तत्काल राजीनामा नदिने बताएका छन् । चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोसी राजमार्गको बुधबार अवलोकन गर्न...

राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी पहिरोबाट पीडित भएकाहरुलाई दिने राहत तथा क्षतिग्रस्त संरचनाको पुनः निर्माणको काम गर्न ‘राहत एवम् पुनः निर्माण कोष’ निर्माण गर्न माग गरेको छ । माओवादी कोशी...

लुम्बिनीमा प्रदेश सभा सदस्यहरु बन्धक

काठमाडौं, साउन २६ । अरुलाई लोकतन्त्र र संसदीय व्यवस्थाको पाठ सिकाउने नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा सांसद् पदकै उपहास गरेको छ । माओवादी, जसपा र जनमोर्चासँग मिलेर कांग्रेसले आफ्नै सांसद्लाई रिसोर्टमा बन्धक बनाएर राखेको छ । शंकर...

कांग्रेस नेता कोइरालाद्वारा ३९ सय मास्क वितरण

विराटनगर, चैत ९–विराटनगर महानगरपालिकाको वडा नम्बर १२ का विभिन्न टोलमा ३ हजार ९ सय थान मास्क वितरण गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सो वडाका १३ वटा टोलमा मास्क वितरण गरेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्