२ घण्टा छाङ्ग्रुमा बिताएर फर्के प्रधानसेनापति र सशस्त्रका आईजीपी

 न्यूज विराट
२ घण्टा छाङ्ग्रुमा बिताएर फर्के प्रधानसेनापति र सशस्त्रका आईजीपी

काठमाडौं, ३ असार-दार्चुलाको छाङ्ग्रु निरीक्षण गरेर नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल फर्किएका छन् ।

३१ वैशाखमा सशस्त्र प्रहरी बलले स्थापना गरेको आउट बोर्डर पोस्ट (बीओपी) र नेपाली सेनाले जिम्मा पाएको दार्चुला तिङ्कर सडक खण्डको निरीक्षण गरेर उनीहरू फर्किएका हुन् ।

उनीहरूसँगै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डीआईजी) उत्तमराज सुवेदीसमेत छाङ्ग्रु पुगेका थिए । आईजीपी खनाल, प्रधानसेनापति थापा र आफूले छाङ्ग्रुको अवलोकनमा करिब २ घण्टा बिताएको डीआईजी सुवेदीले बताए ।

‘हामीले केही दिनअघि सशस्त्र प्रहरी बलले स्थापना गरेको बीओपीको अनुगमन गर्‍याैँ, बीओपीभन्दा करिब ६–७ किलोमिटर उत्तरमा रहेको सीतापुल प्रहरीचौकीमाथि पनि हवाई अनुगमन गरेर फर्कियौँ,’ सुवेदीले भने ।

सशस्त्र प्रहरीका अनुसार छाङ्ग्रुमा अब सशस्त्र प्रहरीको गुल्म बस्ने र तिङ्करको कौवामा बीओपी राखिनेछ । त्यसरी नै दार्चुलाको ५० नम्बर गणलाई गुल्ममा परिवर्तन गरिनेछ । साेही भवनकाे आजै आईजीपी खनालले उद्घाटन गरेका छन् ।

सम्बन्धित समाचार

माधवलाई शंकरको जवाफ- पार्टी एकताको सहमति भए भ्याकेटको औचित्य रहँदैन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकतामा सहमति भए भ्याकेटको औचित्य नरहने बताएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओली पक्षले भ्याकेटमा जाने निर्णय गरेर पार्टी एकता भंग गर्न खोजेको आरोप लगाएलगत्तै...

१०३ घर परिवारलाई एउटै मात्र धारो !

गलेश्वर,२८ असोज-देशैभर ‘एक घर एक धारो’ कार्यक्रमले व्यापकता पाइरहेको समयमा म्याग्दीको पुरण्य गाउँ वासीका लागि एउटा मात्रै धारोले काम चलाउनु पर्ने बाध्यता छ ।जिल्लाको बेनी नगरपालिका वडा नं ५ स्थित सो गाउँमा १०३ दलित परिवारको...

सरकारले असम्भव कुरालाई सम्भव बनाएको छ : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन ३–प्रधानमन्त्री केपी शर्मा ओलीले असम्भव ठानिएका कामलाई समेत सम्भव बनाएर सरकारले काम गरेको बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले असाधरण काम गरेको दाबी गरेका हुन् । सरकारले...

प्रदेश १ मा बिहिबार ६६ कोरोना संक्रमित थपिए, १८ डिस्चार्ज

विराटनगर, २२ साउन–प्रदेश १ मा बिहिबार ६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४, सुनसरीमा १९, इलाममा १५, झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११ पुरुष...

पूर्वाञ्चल विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित

कोरोना भाइरस सङ्क्रमण बढ्दै गएर समुदायस्तरमा संक्रमण देखिएन थालेपछि पूर्वाञ्चल विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित गरिएको छ। विश्वविद्यालयका सम्पूर्ण परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाद्वारा जारी सूचनामा भनिएको छ । विश्वविद्यालयले भदौदेखि...

श्रमिकलाई सहयोगको प्याकेज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष प्रचण्ड

काठमाडौं, १९ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीलाई शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले आज जारी गरेको शुभकामना सन्देशमा...

मोरङको पथरीमा हराएको टाटा पिकअप विराटनगरमा भेटियो

विराटनगर । मोरङको पथरी बजारबाट हराएको पिकअप भेन विराटनगरमा भेटिएको छ । साउन २७ गते बेलुका पथरीस्थित सिटिजन बैंक अगाडि पार्किङ गरी राखेको टाटा पिकअप भेन हराएको थियो । हराएको पिकअप भेन खोजबिन गर्ने क्रममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्