मंगलबारे शिक्षा र स्वास्थ्यको हब: गुरु बराल

 न्यूज विराट
मंगलबारे शिक्षा र स्वास्थ्यको हब: गुरु बराल

विराटनगर, असार २–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गुरुप्रसाद बरालले संघीय, प्रदेश र स्थानीय सरकारको लगानीमा मंगलबारेलाई शिक्षा र स्वास्थ्यको हब बनाउने अभियानमा अघि बढेको बताएका छन् ।

मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल, उर्लाबारीका अध्यक्षसमेत रहेका बरालले मंगलबारे अस्पताललाई स्तरोन्नति गरेर निर्माण हुन लागेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर प्रतिष्ठान मातहत नरहने समेत स्पष्ट पारेका छन् ।

नेकपा उर्लाबारीले मंगलबार ायोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता बरालले मंगलबारेमा हाल घेराबेरा गरिएको प्रतिष्ठानको जग्गामा आगामी आर्थिक वर्षबाट प्राविधिक महाविद्यालय स्थापना हुने बताए ।

जननेता मदन भण्डारीको कर्मथलोको रुपमा परिचित सो क्षेत्रमा निर्माण हुने देशको दोस्रो ट्रमा सेन्टर गौरवको आयोजना गरेहकाले यसको सफल कार्यान्वयनका लागि पनि मदन भण्डारीको नाम जोडिएको नेता बरालले बताए । उनले मदन भण्डारीको नाम जोडिँदैमा मदन भण्डारी स्मृति प्रतिष्ठानले सो अस्पताल संचालन नगर्ने स्पष्ट पनि पारे ।

उनले सो अस्पताल प्रदेश सरकार मातहत रहने दावी गरे । प्रतिष्ठानले प्राविधिक शिक्षाका संरचना र कार्यक्रम सुरवात गरेर मंगलबारेलाई प्रदेश नं. १ मै शिक्षाको नयाँ हब बनाउने योजनाका साथ लागि परेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

विराटनगरमा ५ देखि ११ वर्षसम्मका बालकालिकालाई कोरोनाविरुद्धको खोप

विराटनगर, १६ साउन । विराटनगरमा मंगलबारदेखि बालबालिकाहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । महानगरपालिकाले जारी गरेको सूचना अनुसार ५ वर्षदेखि ११ वर्षसम्म उमेरसमुहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको दोस्रो मात्र लगाइने भएको हो । फाइजर खोजको...

खाना पकाउन ग्यासको तुलनामा विद्युतीय उर्जा ५० प्रतिशत सस्तो

विराटनगर, २६ भदौ । विद्युतको निरन्तरा एवं गुणस्तरीय विद्युतीय चुल्होको उपलव्धताबाट मुलुकमा एलपिजी ग्यास न्यूनिकरण गर्न सकिने सुझाव सहभागीहरुले दिएका छन् । राष्ट्रिय योजना आयोग काठमाडौ र क्लिन कुकिङ्ग एलाइन्सद्वारा संयुक्त्त रुपमा आज यहाँ आयोजित...

झापाका ६२ वर्षीय पुरूषमा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ४९ पुग्याे

विराटनगर, बैशाख १२-झापाका १ व्यक्तिमा काेराेना संक्रमण पुष्टि भएकाे छ । सुनसरीकाे धरानस्थित बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा झापाका ६२ वर्षीय पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे हाे । याेसँगै...

केराबारीमा ट्रयाक्टर दुर्घट्ना हुदा सहचालकको मृत्यु

विराटनगर, १५ फागुन । सुनसरी ईटहरी–३ का १८ बर्षीय गजेन्द्र राईको ट्रयाक्टर दुर्घट्नामा परी मृत्यु भएको छ । आज बिहान ०८ बजे मोरङ केराबारी–५ स्थित भित्रि सडकखण्डमा को २ त ५५०० नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित...

बागलुङबाट हेलिकोप्टरमार्फत् उद्धार गरी पोखरा ल्याएकी गर्भवतीको मृत्यु

बागलुङबाट हेलिकोप्टर चाटर्ड गरी पोखरा ल्याइएकी गर्भवती महिलाको अस्पालल नपुर्‍याउँदै  मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भीमा भुषाल पाण्डेलाई प्रसव व्यथाले च्यापेपछि हेलिकोप्टरबाट पोखरा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । प्रसव...

राष्ट्रपतिद्वारा २ अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका २ अध्यादेश प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले सोमबार सरकारले पठाएका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश,...

तालिबान सदस्यसँग आज पश्चिमा देशका प्रतिनिधिले विशेष वार्ता गर्दै

एजेन्सी, १० माघ । तालिबानकाे एक प्रतिनिधिमण्डलले नर्वेमा आज पश्चिमी देशका अधिकारीसँग बैठक गरिरहेका छन् । अफगानिस्तान कब्जा गरेपछि पश्चिमी देशका अधिकारीसँग तालिबान प्रतिनिधिमण्डलको यो पहिलो भेट हुनेछ । तीन दिवसीय बैठकमा मानवाधिकार र मानव...

कोरोनाबाट पर्साका २ जनाको मृत्यु

काठमाडौं, २१ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गोतमका अनुसार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्