
फेरी बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं, २ असोज-शुक्रबार छापावाल सुनको मूल्य चार सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार ९६ हजार ६ सय रुपैयाँ गरिएको छापावाल सुनको मूल्य आज ९७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...
विराटनगर, असार २–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले पूर्वी नेपालमा रहेका स्वास्थ्य माफियाहरुको अन्त्यका लागि पनि मंगलबारेमा ट्रमा सेन्टर निर्माणका लागि नेकपा नेतृत्वको प्रदेश सरकार लागिपरेको बताएका छन् ।
नेकपा उर्लाबारी नगरकमिटीले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । ‘राँको बालेर, ढुंगामुढा गरेर केही हुँदैन’ उनले भने,‘मंगलबारेमा जसरी भएपनि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनेरै छाड्छ । ट्रमा सेन्टर निर्माण हुँदा मंगलबारेको पहिचान हराउने भन्दा झनै थपिने स्पष्ट छ ।’
उनले अस्पताल निर्माणले केही व्यक्तिले फलानो चिन्हमा भोट हाल्दा निशुल्क उपचार गरिदिन्छु भन्दै हिड्न प्रबृत्तिको समेत अन्त्य हुने भएकाले मंगलबारेमा अस्पताल तथा ट्रमा सेन्टर निर्माण भएरै छाड्ने बताए ।
अध्यक्ष पोखरेलले स्वास्थ्य व्यापारलाई निमिट्यान्न पार्न मंगलबारेमा ट्रमा सेन्टर निर्माण हुन आवश्यक रहेको बताए । नेकपा मोरङका सचिव गणेश उप्रेतीले पूर्वका नीजि अस्पतालको लुट अन्त्यका लागि मंगलबारेमा ट्रमा सेन्टर आवश्यक रहेको बताए ।
मंगलबारेमा निर्माण हुन लागेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर सरकारी अस्पतालकै रुपमा संचालन हुने बताउँदै उनले प्रतिष्ठानको शाखा नहुने स्पष्ट पारे । कार्यक्रममा बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका डा. प्रमोद बरालले ट्रमा सेन्टरको महत्व र यसको विषयमा प्रकाश पारेका थिए । उनले मंगलबारेमा निर्माण हुने ट्रमा सेन्टर वीर अस्पतालपछि नेपालकै दोश्रो हुने बताए ।
डा. बरालले विशेषगरी दुर्घटना र चोटपटकबाट बचाउनका लागि ट्रमा सेन्टर आवश्यक हुने उल्लेख गर्दै अन्य प्रशुती, बाल, मुटुर, मृगौला ,दन्त, आँखा लगायतको रोगका विरामीले पनि सेवा पाउने बताए । कार्यक्रममा डा. मोहन खड्काले पनि ट्रमा सेन्टरको फाईदाका विषयमा प्रष्ट पारेका थिए ।
काठमाडौं, २ असोज-शुक्रबार छापावाल सुनको मूल्य चार सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार ९६ हजार ६ सय रुपैयाँ गरिएको छापावाल सुनको मूल्य आज ९७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...
विराटनगर, १ कात्तिक । रानबाट उढेको प्याराग्लाइडिङ सप्तकोशी नदीमा दुर्घटना भएको छ । धरान–४ स्थित बुद्ध बिहारबाट उडेको प्याराग्लाइडिङ उदयपुरको सप्तकोशी किनारास्थित लाहुरेखोँचमा दुर्घटना भएको हो । अचानक वर्षातसँगै आएको हावाहुरीले प्याराग्लाइडिङ उडाएर सप्तकोशीको लाहुरेखोँच...
काठमाडौं, ३१ वैशाख-काठमाडौं र भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका संक्रमितमा लक्षण नदेखिएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि टेकु अस्पतालको आइसोलेसनमा रहेका उनीहरूमा लक्षण नदेखिएको अस्पतालले जनाएको हो । ‘भक्तपुर र काठमाडौंमा भेटिएका...
विराटनगर, माघ २७–प्रदेश १ को प्रदेशसभा बैठक आज पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदले बैठक सुरु भएलगत्तै उठेर विरोध गरेपछि प्रदेशसभाको आजको बैठक स्थगित भएको हो । प्रदेशसभाको बैठक सुरु भएलगत्तै...
काठमाडौं, ३० भदौ । साताको चौथो दिन आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज छ...
काठमाडौं, १४ मंसिर-चिनियाँ रक्षामन्त्री वेई फेङ्गले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । आइतबार बालुवाटारमा फेङ्गले ओलीसँग शिष्टाचार भेट गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । वालुवाटार जानुअघि चिनियाँ रक्षामन्त्री फेङ्गलाई नेपाली सेनाको...
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा पूर्वमन्त्री नै पराजित भएका छन । झापा निर्वाचन क्षेत्र नम्बर–४ बाट छानिएका ९ जना महाधिवेशन प्रतिनिधिमा सोही क्षेत्रको प्रदेश ‘ख’ बाट सांसदसमेत रहनुभएका पूर्वमन्त्री...
विराटनगर । विराटनगरस्थित सेन्ट्रल मल चौथो वार्षिकोत्सव विविद्य कार्यक्रम आयोजना गरी मनाउने भएको छ । सेन्ट्रल मलले विभिन्न कार्यक्रम गरी चौथो वार्षिकोत्सव मनाउने भएको हो । वार्षिकोत्सव अवसर पारेर फागुन २० विहान १० बजेदेखि सुल्ला...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.