२२ बुँदे माग राख्दै कांग्रेसले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

 न्यूज विराट
२२ बुँदे माग राख्दै  कांग्रेसले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर, असार २–नेपाली कांग्रेस मोरङले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने, जिल्लामा कोरोना उपचारका लागि अस्पतालको व्यवस्था गर्नुपर्ने, लकडाउन पीडित जनतालाई राहतको व्यवस्था गर्नुपर्ने लगायतका माग राखि कांग्रेस मोरङले मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल मार्फंत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले सरकारले जनजीविकाको विषयलाई ध्यान नदिएको गुनासो गरे । घिमिरेले कांग्रेस मोरङले क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने, कोरोना उपचार र रोकथाममा भएको भ्रष्टाचारको छानविन गरी दोषीलाई कार्वाही गर्नुपर्ने लगायतका २२ बुंदे माग राखेको जानकारी दिए ।

नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले सरकारले सडक, अस्पताल, प्राविधिक शिक्षालयलगायत हरेक क्षेत्रलाई कम्युनिष्ट नेताहरूको नाममा नामाकरण गरेर राजनीति गरिरहेको आरोप लगाए ।

लिम्बुले मोरङको मंगलबारे अस्पतालको नाम परिवर्तन गर्न खोजे मुडभेडको अवस्था आउने चेतावनी पनि दिए । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले मोरङ कांग्रेसले बुझाएको ज्ञापनपत्र सम्बन्धित निकायमा पु¥याउने आश्वासन दिए । ज्ञापनपत्र बुझाउनु अघि कांग्रेस कार्याकर्ताले सरकार विरुद्ध नाराबाजी गर्दै ¥यालीसमेत निकालेका थिए ।

सम्बन्धित समाचार

क्यानद्वारा ३० सदस्यीय प्रारम्भिक क्रिकेट टिम घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघले टि–२० विश्वकप छनोट प्रतियोगिताका लागि ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ । संघले कारवाही गरेका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडी पनि प्रारम्भिक टिममा परेका छन् । ओमानमा हुने टि–२०...

कोरोना संक्रमित भेटिएपछि रणनीति परिवर्तन गर्दै सरकार

नेपालमा पनि विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएपछि सरकारले रोकथाम तथा नियन्त्रणको रणनीति बदलेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले रणनीति परिवर्तन गर्दै सर्विलियन्सको दायरा बढाउन लागेको हो...

कोटेश्वरमा प्रचण्ड–नेपाल छलफल सकियाे

काठमाडौं, १६ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जारी आन्तरिक शक्ति संघर्ष जारी रहँदा मंगलबार (आज) नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव नेपाल नेपालबीच डेढ घन्टा वान इन वान वार्ता भएको छ...

गुरुङ राष्ट्रिय परिषद विराटनगरको अध्यक्षमा कविमान, प्रचार सचिवमा भली

विराटनगर । तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई कमिटी विराटनगरको अध्यक्षमा कविमान गुरूङ चयन भएका छन् । विराटनगरमा आइतबार भएको भेलाबाट कविमानलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।कमिटिको वरिष्ठ उपाध्यक्षमा विश्व...

जनजाति सामुदायलाई उद्घोषण तालिम

विराटनगर । आदीवासी जनजाति सामुदायलाई उद्घोषण एव आदिवासी जनजाती अधिकार विषय सात दिने तालिम सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ विराटनगर नगर समितिको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा उक्त तालिम सुरु भएको हो...

अतिक्रमित भूभाग समेटिँदा मधेशमा उत्साह

काठमाडौं, ५ असार-पश्चिम नेपालको भारतीय अतिक्रमणमा परेको भूभाग मुलुकको राष्ट्रिय निशान छापमा समेटिएपछि महोत्तरीमा उत्साह देखिएको छ । मुलुकको सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले राष्ट्रको निशानछाप सच्याउन संविधान संशोधनमा अभूतपूर्व एकता देखाएका महोत्तरीका राजनीतिक...

बाबुराम–हिसिलालाई कोरोना

काठमाडौं, ८ कात्तिक-जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाबको परीक्षणमा आफूहरुलाई कोरोना पोजिटिभ देखिएको भट्टराईले जानकारी दिए ।...

बजार खुलेकै दिन तोलामा १० हजारले बढ्यो सुन

काठमाडौं, २५ जेठ-लकडाउनले बन्द भएको सुनचाँदिको कारोबार खुलेको पहिलो दिन नै १० हजारले मुल्य बढेको छ । आइतबारबाट कारोबार खुलेका बजारमा छापावाला सुन प्रतितोला ८७ हजार ४ सय र तेजावी सुन प्रति तोला ८६ हजार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्