संविधान संशोधनमा अनुपस्थित हुने  ४ जनालाई नेकपाले सोध्यो स्पष्टीकरण

 न्यूज विराट
संविधान संशोधनमा अनुपस्थित हुने  ४ जनालाई नेकपाले सोध्यो स्पष्टीकरण

काठमाडौं, २ असार-शनिबार भएको संविधान संशोधनमा अनुपस्थित हुने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४ सांसदलाई संसदीय दलले स्पष्टीकरण सोध्ने भएको छ ।

नेपाल सरकारले ७ जेठमा भारतले अतिक्रमण गरेको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग समेटेर राजनीतिक नक्सा प्रकाशन गरेको थियो ।

उक्त नक्सालाई निशान अध्यावधिक गर्नका लागि संविधान संशोधन गरेको छ । उक्त संविधान संशोधनमा सबै दलले एकमत भएर पक्षमा भोट हालेका थिए । समाजवादी पार्टीकी सरिता गिरीले भने विपक्षमा संशोधन दर्ता गराएकी थिइन् । अन्तिम समयमा आएर उनको प्रस्ताव अस्वीकृत भएको थियो ।

तर, सत्तारुढ दलकै चार जना सांसद संविधान संशोधनमा अनुपस्थित थिए । अनुपस्थित भएका चारै जना सांसदलाई नेकपाको संसदीय दलले स्पष्टीकरणसहितको पत्र पठाएको छ ।

पत्रमा भनिएको छ, ‘दलको विधानको दफा ३० को उपदफा १ र २ अनुसार के कति कारणले अनुपस्थित हुनुभएको हो ? पत्र प्राप्त भएको मितिले ५ दिनभित्र दलको कार्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण दिनु हुन निर्देशन गरिन्छ ।’

जब कि नेकपाको संसदीय दलले उक्त दिन आफ्ना सांसदलाई ह्वीप नै जारी गरेको थियो । दलको ह्वीप नै नमानेर विनासूचना अनुपस्थित भएकाले चारै जनालाई संसदीय दलले पत्र पठाएको छ ।

अनुपस्थित हुनेमा हरिबोल गजुरेल, धनबहादुर बुढा, गोपालबहादुर बम र शिवकुमार मण्डल छन् । उनीहरूलाई संसदीय दलको कार्यालयको पत्रमा ५ दिनभित्रमा दलको कार्यालयमा उपस्थित भई लिखित रूपमा स्पष्टीकरण दिन निर्देशन दिइएको छ ।

सम्बन्धित समाचार

कोभिड–१९ को महामारीसँग लडन सरकारलाई कांग्रेसले पूर्ण सहयोग गर्ने

मुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारमा नरहेर पनि संकटको बेला सँगै लडन सरकारलाई सहयोग गर्ने बताएको छ ।कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग लडन सरकारलाई प्रयाप्त समय हुँदा पनि तयारी गर्न नसकेको अवस्थामा कांग्रेसले पूर्ण सहयोग गर्ने...

कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप, आन्दोलित चिकित्सक

विराटनगर । कोशी प्रदेश सरकारको बेवास्ता कारण नाजुक बनेको विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुको करार म्याद थप नभएको एक महिना भएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले काम गर्ने चिकित्सक...

प्रविधिमैत्री शिक्षा आवश्यक : मुख्यमन्त्री राई

विराटनगर, १५ असोज–।प्रदेश १ कामुख्यमन्त्री शेरधन राईले विद्यालयशिक्षा सुधारकालागि प्रविधिमैत्री शिक्षण सिकाई आवस्यक भएकोमा जोड दिएका छन् । विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधिमैत्रीबनाउने अभियानको शुरुवात प्रदेश सरकारले गरिसकेको उनले बताए । सामाजिकविकास मन्त्रालय र स्थानीयतहको...

पुरुषको बेवारिसे शव फेला

जनकपुरधाम, १७ वैशाख-धनुषामा पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका-७ स्थित देवडीहामा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो । देवडिहाको पुरनी पोखरीतर्फको जमिनमा मृत अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई...

नेकपा स्थायी कमिटी बैठक सकियो : अध्यक्षद्वयको प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं, २६ भदौ-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को १० असारदेखि जारी स्थायी कमिटी बैठक साढे दुई महिनापछि शुक्रबार सकिएकाे छ । बैठकले पार्टी विवाद समाधान गर्न अध्यक्षद्वयले गठन गरेका सुझाव कार्यदलले दिएको सल्लाहअनुसार अध्यक्ष एवं...

प्रदेश १ मा पौडेल–कोइराला समुहबाट गुरुराज घिमिरे सभापति पदका उम्मेदवार

विराटनगर, १६ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापति पदका प्रत्याशी बन्ने भएका छन् । कांग्रेसको संस्थापन इतर समूहले घिमिरेलाई प्रदेश सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश...

दिल्ली हिंसामा मृत्यु हुनेको संख्या १३ पुग्यो

एजेन्सी, फागुन १४–भारतको राजधानी नयाँ दिल्लीको उत्तर–पूर्वी क्षेत्रमा केही दिनदेखि जारी हिंसामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । हिंसामा सर्वसाधारणको मृत्यु भएपनि प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसाग्रस्त क्षेत्रको भ्रमण गरेका छन् ।...

नेपालमा थप एक जना कोरोना संक्रमित भेटिए

नेपाल थप एक जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् । दुबईबाट फर्केका एक नेपालीलाई कोरोना भाइरसको संक्रमण भेटिएको हो । योसहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीन पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्