समलिङ्गी र ट्रान्सजेन्डर कामदारलाई कानुनी सुरक्षाको पक्षमा फैसला

 न्यूज विराट
समलिङ्गी र ट्रान्सजेन्डर कामदारलाई कानुनी सुरक्षाको पक्षमा फैसला

एजेन्सी, असार २-अमेरिकी सर्वोच्च अदालतले समलिङ्गी र ट्रान्सजेन्डर कामदारलाई कानुनी सुरक्षा दिने पक्षमा फैसला सुनाएको छ । सर्वोच्च अदालतले आफ्ना कर्मचारी समलिङ्गी वा ट्रान्सजेन्डर भएकै कारण जागिरबाट निकाल्नेहरूले कानुनको उल्लंघन गरिरहेको ठहर गरेको हो ।

अमेरिकाको कानुन कुनै पनि नागरिकलाई लिङ्गका आधारमा हुने भेदभावको विपक्षमा छ । नागरिक अधिकार कानुन १९६४ मा कसैले पनि आफ्ना कर्मचारीलाई लिङ्ग, नस्ल, रङ, राष्ट्रियता र क्षेत्रीयताका आधारमा भेदभाव गर्न नपाउने व्यवस्था छ ।

सर्वोच्चको इजलासमा ६–३ को मतका साथ कसैको यौनिक झुकावका आधारमा उनीहरूमाथि विभेद गर्न नहुने फैसला सुनाएको छ । एलजीबीटीक्यू समुदायका लागि सर्वोच्चको यो फैसला ठूलो जीत हो ।

सर्वोच्चले लगातार रुढिवादी रवैया अपनाएको आरोप लागिरहेको बेला यो फैसला आएको हो । न्यायाधीश नील गोरसुकले आफ्नो फैसलामा लेखेका छन्, ‘एक रोजगारदाताले समलिङ्गी र ट्रान्सजेन्डर भएकै कारण कसैलाई रोजगारीबाट निकाल्छ, उसले विपरीत लिङ्गीलाई भने प्रश्न गर्दैन ।’

सम्बन्धित समाचार

प्रधानमन्त्रीलाई सुझाव, ‘अडान नछाड्नुस्, नडगमगाउनुस्’

काठमाडाैं, १७ असार-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति, मन्त्री र आफूनिकट स्थायी कमिटी सदस्यसँग परामर्श गरेका छन् । मंगलवारको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता...

प्रदेश १ मा ४८४ जनामा कोरोना संक्रमण

विराटनगर, ११ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ र ९४५ जनाको एन्टिजेन परीक्षण गर्दा १८७ जनामा कोरोना संक्रमण...

रुसमा संक्रमितको संख्या ह्वात्तै बढ्यो, पुटिनका प्रवक्तामा कोरोना देखियो

एजेन्सी, बैशाख ३१-रुपमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ । रुसमा संक्रमितको संख्या अमेरिका र स्पेनपछि सबैभन्दा बढी रहेको छ । मंगलबारमात्रै रुसको सेन्ट पिटर्सबर्गमा रहेको सेन्ट जर्ज कोरोना अस्पतालमा...

आज विराटनगरमा एकैदिन ११३ जनामा कोरोना संक्रमण

विराटनगर, १ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ । ५८९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा संक्रमण भएको सामाजिक विकास...

प्रदेश १ः निजी तथा सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले प्रदेश १ का सबै निजी तथा सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेर सञ्चालनमा ल्याउन माग गरेको छ । आइतबार प्रदेश १ कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेशका  निजी तथा सरकारी अस्पतालहरूलाई...

निषेधाज्ञा तोड्दै आन्दोलनमा उत्रिएका महिलाले लगाए प्रहरीचौकीमा ताला

कपिलवस्तु, १ जेठ-कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरूद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन् । वाणगङ्गा, गजेहडाका ती बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना...

संघीय संसदका प्रवक्ता पाण्डे कोरोना संक्रमणमुक्त

काठमाडाैं, २९ साउन-संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता डा. रोजनाथ पाण्डे कोरोना भाइरस (काेभिड-१९) संक्रमणमुक्त भएका छन् । उनलाई २२ साउनमा कोरोना संक्रमण पुष्टि भएकाे थियाे । पछिल्लाे परीक्षणमा आफ्नो रिपाेर्ट नेगेटिभ आएको उनले बताए...

भुल्केमा थप ३३५ जनाको स्वाब नमूना सङ्कलन

गाईघाट, २५ वैशाख-उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा बुधबार थप ३३५ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला विराटनगर र बिपी कोइराला मेमोरियल अस्पताल धरान पठाएको छ । भुल्केका कोरोना सङ्क्रमणस्थल ५५ घर मुस्लिम समुदायका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्