करसम्बन्धी सरकारको भ्याकेट निवेदन सर्वोच्चद्वारा खारेज

 न्यूज विराट
करसम्बन्धी सरकारको भ्याकेट निवेदन सर्वोच्चद्वारा खारेज

काठमाडौं, १ असार-सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीका विरुद्ध सरकारले ल्याएको भ्याकेट (पुनरावलोकन निवेदन) खारेज गर्ने आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले आज महान्यायाधिवक्ता कार्यालयले शुक्रबार दर्ता गरेको भ्याकेट निवेदन खारेज गर्ने आदेश जारी गरेको सहन्यायाधीवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए ।

भ्याकेट निवेदनमा सरकारको आम्दानीको मुख्य स्रोत नै राजस्व भएको र राजस्व सङ्कलन नहुँदा कर्मचारीको तलबदेखि सबै काम रोकिने भएकाले गत चैतसम्मको कर अनलाइनमार्फत् बुझाउन भनिएको थियो । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासमा बुधबार जारी गरेको बन्दाबन्दी खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र सम्बन्धित विवरण र कर बुझाउन सक्ने गरी व्यवस्था मिलाउन अन्तरिम आदेश नै कायम रहनेछ ।

आन्तरिक राजस्व विभागले गत २० जेठमा सूचना निकाली २० जेठभित्र कर तिरिसक्न निर्देशन दिएको थियो । महामारीका कारण बन्दाबन्दीको भएर सबै उद्योग, पेसा, व्यापार आदि बन्द भएको अवस्थामा कर तिर्ने निर्णयको आलोचना भएपछि सरकारले यही असार ७ गतेसम्म कर तिर्ने म्याद थप गरेको थियो ।

लकडाउनको अवधिमा सरकारले कर तिर्न गरेको निर्णयलाई रोक्न आदेशको माग गर्दै अधिवक्ता सिर्जना अधिकारी र थानेश्वर काफ्लेले दायर गरेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइमा अदालतले सो आदेश दिएको थियो । रासस 

सम्बन्धित समाचार

प्रदेश १ प्रदेशसभामा विविधता : परम्परागत पहिरनमा सजिएका महिला सांसद (फोटो फिचर)

विराटनगर । प्रदेश १ का नवनिर्वाचित चार जना प्रदेश सांसदहरूले आफ्नो जातीय तथा परम्परागत पहिरनमा सझिएर पद तथा गोपनीयताको शपथ लिएका छन् । एमालेकी सांसद मीना श्रेष्ठ, माओवादी केन्द्रकी सम्झना तामाङ्ग, पर्यटन तथा संस्कृतिमन्त्री नेकपा...

नेप्से २५ अंकले घट्दा सेयरमा सर्किट ब्रेक

काठमाडौं,३० वैशाख  -सेयरबजार परिसूचक नेप्से खुलेको डेढ घण्टा हुन नपाउँदै २५ अंकले घटेर सर्किट लागेको छ ।  नेप्से परिसूचक २५.३० अंकले घट्दा १२२६.१५ अंकमा पुगेर कारोबार बन्द भएको हो । मंगलबार ८७ कम्पनीको १ लाख...

पीसीआर परीक्षणमा बढी शुल्क लिने प्रयोगशालालाई कारबाही गर्न पत्राचार

काठमाडौं, १३ असोज-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारले तोकेभन्दा...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा कपडाको झोला वितरण

विराटनगर, २६ असोज । सामाजिक क्षेत्रमा निरन्तर सकृय रोटरी क्लब अफ विराटनगर डाउनटाउनले ‘से नो टु प्लाटिक व्याग’ नारासहित कपडाको झोला वितरण गरेको छ । अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर क्लबले मोरङको जहदा गाउँपालिका–२ का...

राज्यले खेलकुद क्षेत्रलाई उपेक्षा गरो : सदस्यसचिव वाग्ले

विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंसराज वाग्लेले सरकारले खेलकुदलाई प्राथमिकतामा राख्न नसक्दा यस क्षेत्रको सोचेजस्तो विकास हुन नसेको बताएका छन् ।विराटनगरमा कोसी प्रदेश बास्केटबल संघको प्रथम साधारण सभा उद्घाटन गर्दै...

पाटन अस्पतालमा १ कोरोना संक्रमितकाे मृत्यु

काठमाडौं, २३ साउन-ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा पर्साका ४५ वर्षीय पुरुष रहेका अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए । उनका अनुसार मृतक...

विषादी सेवन गरेका पुरुषको मृत्युपछि नोबेल अस्पतालमा तोडफोड, एक प्रहरी इन्स्पेक्टर घाइते

विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकका ४५ वर्षीय प्रमोद महतोको विषादी सेवनपछि मृत्यु भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तोडफोड र हुलदंगा भएको छ। घटनामा एक प्रहरी इन्स्पेक्टर घाइते भएका छन्। महतोले झार मार्न प्रयोग...

विराटनगरको बाटा रोडमा लागो आगो, एकघण्टापछि नियन्त्रणमा

विराटनगर । विराटनगर ९ बाटा रोडको मुख्य चोकको बिजुलीको पोलमा तार सर्ट भएर आगजनी भएको छ । आज झास अम्बिका वास्त्रालय अगाडी बिजुलीको पोलमा लागेको हो । पोलमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा आएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्