दुई मुलुकबीचको छलफलबाट समस्या समाधान

 न्यूज विराट
दुई मुलुकबीचको छलफलबाट समस्या समाधान

एजेन्सी, असार १-नेपालसँगका सबै समस्याको दुई मुलुकबीचको छलफलबाट समाधान खोजिने भारतीय रक्षा मन्त्री राजनाथ सिंहले बताएका छन् । छिमेकी देश नेपालसँग सामाजिक, ऐतिहासिक वा सांस्कृतिक सम्बन्ध मात्र नभइ ‘धार्मिक’ पनि भएको उनले बताए ।

सीमा सडक संगठन (बोर्डर रोड्स अर्गनाईजेसन) द्वारा ‘कैलास मानसरोवर यात्राको सुविधाका लागि निर्माण गरिएको सडकलाई लिएर लिपुलेकसम्मको सडकबारे दुई मुलुकबीच विवाद चलिरहेका बेला सिंहको यो भनाइ आएको हो ।

यो सडक मानसरोबरसम्म जानका लागि बनाइएको ८० किलोमिटर नयाँ मार्ग ‘भारतीय क्षेत्र’मा रहेको दावी सिंहले उत्तराखण्ड जनसम्वाद ¥यालीलाई भिडियो सम्मेलनमार्फत सम्बोधन गर्ने क्रममा बताए । उनले भने, ‘नेपालमा यसबारे बुझाइमा केही गलत धारणा आएका छन् । यसलाई हामीले वार्ताका माध्यमबाट समाधान गर्नेछौँ ।’

उनले थपे, ‘नेपालले चासो व्यक्त गरेजस्तो हामीबीच सामाजिक, भौगोलिक, ऐतिहासिक वा सांस्कृतिक सम्बन्ध मात्र नभई हामीबीच धार्मिक सम्बन्ध पनि रहेको छ । भारतले यसलाई कहिल्यै विर्सन सक्दैन ।’ दुई मुलुकबीच ‘रोटी–बेटी’ को सम्बन्ध रहेको र यसलाई ‘विश्वका कुनै शक्ति’ ले तोड्न नसक्ने भारतीय रक्षामन्त्रीको दावी रहेको छ ।

 केही दिन पहिले नेपालको प्रतिनिधि सभाले सर्वसम्मतरूपमा पारित गरेको नेपालको नयाँ नक्सालाई मान्यता दिन संविधानको संशोधन गर्ने निर्णयलाई आइतबार राष्ट्रिय सभाले (संसदको माथिल्लो सदन) ले अनुमोदन गरेको थियो । नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको छ ।

सो अवसरमा सिंहले भारतीय जनता पार्टी नेतृत्वको उत्तराखण्ड राज्य सरकारले विगत तीन वर्षमा गरेका कामको प्रशंसा गर्दै उत्तराखण्डमा भाजपाले गरेका सबै वाचालाई यसै कार्यकालको अन्त्यसम्ममा पूरा गर्ने प्रतिवद्धता जाहेर गरे ।

सम्बन्धित समाचार

सेनाको मेडिकल सामग्री झारेर फर्कियो चिनियाँ जहाज

काठमाडौं, ३१ वैशाख-लामो समयपछि त्रिभुवन विमानस्थलमा ठूलो बिमान अवतरण भएको छ । चाइना एयरफोर्सको विमान विमानस्थलमा मेडिकल सामग्री झारेर फर्किएको छ । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनाका लागि मेडिकल सामग्री ल्याएको बताइएको छ । विमान...

‘स्वास्थ्यकर्मीको मनोबल उच्च बनाऔँ’ : सांसद

काठमाडौं, ११ असार-सांसदहरुले कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि भइरहेका कुटपिट र दुव्र्यवहारलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनीहरुले त्यस्ता गलत कामले रोग सङ्क्रमण बढ्ने र नकारात्मक सन्देश...

डा. पाण्डेको ‘जीवनको अभिनन्दन’ विराटनगरमा विमोचन

विराटनगर, २९ असार । अग्रज साहित्यकार डा. ज्ञानु पाण्डेद्वारा लिखित ‘जीवनको अभिनन्दन’ निबन्ध सङ्ग्रहको विमोचन गरिएको छ । प्रतिभा पुरस्कार प्रतिष्ठानले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा निबन्ध सङ्ग्रहको विमोचन गरिएको हो । प्रदेश नम्बर १...

विराट गोल्डकप : घरेलु टोली सांग्रीला फाइनलमा, आज मच्छिन्द्र र सिक्किम भिड्दै

विराटनगर । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफललाई सडनडेथमा...

दाइजोविरुद्ध अभियान थालेका साजिद सङ्कटका सारथि बन्दै

जनकपुरधाम, ८ वैशाख-जनकपुरधामका एक मुस्लिम युवकको समाजसेवाबारे निकै चर्चा भइरहेको छ । लकडाउनका बेला गरिबलाई राहत दिने नाममा सरकारी पक्ष उदासीन रहेको वेला स्थानीय समाजसेवीले गरिबको पीडामा मलहम लगाउन काम गरेका छन् । कोरोना भाइरसका...

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे  मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । मन्त्रिपरिषद् बैठकको एजेण्डा भने मन्त्रीहरूलाई बताइएको छैन । बिहीबार बिहान एमालेको स्थायी कमिटी बैठक बसेको थियो...

यार्सा गुम्बासहित पक्राउ परेका दुई जना सार्वजनिक

इनरुवा, २५ असोज-जिल्ला प्रहरी कार्यालय सुनसरीले यार्सा गुम्बासहित पक्राउ गरेका दुई जनालाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा खोटाङ रावाबँेशी गाउँपालिका–४ का २७ वर्षीय समीर गुरुङ र सङ्खुवासभा चैनपुर नगरपालिका–४ का ३२ वर्षीय श्यामकुमार...

कटहरीमा युवा उद्यमीद्वारा कृषिको व्यवसायिकरणका लागि साप्ताहिक बजार सञ्चालन गर्ने

विराटनगर, १३ फागुन । ंनेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले घरेलु तथा साना उद्यमीहरुले उत्पादिन वस्तुको बजारीकरणका लागि स्टल राख्ने भएको छ । मञ्चले विराटनगरमा पत्रकार सम्मेलन गरी युवा उद्यमीले उत्पादन गरेका वस्तुको प्रवद्र्धन गर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्