दैलेखमा २० महिने बालकसहित २२ जनाले जिते कोरोना

 न्यूज विराट
दैलेखमा २० महिने बालकसहित २२ जनाले जिते कोरोना

काठमाडौं, ३१ जेठ-दैलेखमा २० महिने बालकसहित २२ जनाले कोरोना जितेका छन् । जिल्लाको सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालय तरताङ आइसोलेशन वार्डमा उपचाररत २२ जनाले कोरोना जितेका हुन्  । कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखिएका उनीहरुले कोरोना जितेसँगै शुक्रबार घर फर्किएका हुन् । दोस्रोपटक गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएका अधिकांशले दुई हप्ता र केहीले २० दिनमा कोरोना जितेर घर फर्किएका छन् । योसँगै दैलेखमा कोरोना जित्नेको सङ्ख्या २६ पुगेको छ  । कोरोना जितेर फर्किने सबै भारतबाट आएका हुन्  ।

रोगको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको दैलेख अस्पतालका प्रमुख डा निरञ्जन पन्तले जानकारी दिए  । स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत तथा कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार नारायण नगरपालिका वडा नं २ का २१ र ४१ वर्षीय पुरुष, वडा नं ३ का १९, ३०, ३० र ३० वर्षीय पुरुष तथा वडा नं ४ का २० महिनाको बालक एंव २५, २५ र ४० वर्षीय पुरुषले कोरोना जितेका हुन् ।

सम्बन्धित समाचार

सरकारले भन्यो विद्यार्थी भर्ना नगर्नू, शुल्क पनि नलिनु

कठमाडौं, २२ वैशाख-सरकारले तत्काल विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालका प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा तत्काल विद्यार्थी भर्ना र भर्नाको नाममा शुल्क नलिन भनिएको छ । ‘हाल...

नीतीश कुमार सातौं पटक बिहारको मुख्यमन्त्री

एजेन्सी, मंसिर १-नीतीश कुमारले सातौं पटक बिहारको मुख्यमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् । उनले सोमबार राज्यपाल फागू चौहानसामू पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । सत्ता साझेदारी भारतीय जनता पार्टीका तर्फबाट तारकिशोर प्रसाद...

बीपी प्रतिष्ठानमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु

विराटनगर, २५ वैशाख । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत धरान १२ का ४१ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो...

नेपाली कांग्रेस मोरङको सभापतिमा लिम्बु विजयी

विराटनगर, १५ मंसिर । नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु विजयी भएका छन् । १४ औँ महाधिवेशन अन्तर्गत मंगलबार राति सम्पन्न निर्वाचनमा लिम्बु बिजयी भएका हुन् । पौडेल–कोइराला समुहमा रहेका उनले देउवा–सिटौला समुहका दिलिप गच्छदारलाई...

नेपालमा कोरोनामुक्त हुने दर ८१ प्रतिशत

काठमाडौं, २२ कात्तिक-नेपालमा कोरोनामुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५५ हजार १ सय १४ कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा दुई हजार २ सय...

बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी प्रदान

विराटनगर । धनकुटा पाख्रिबास नगरपालिका १ स्थित नर्वदेश्वर आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । वडा अध्यक्ष भोगेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा बालबालिकालाई सहयोग सामग्री वितरण गरिएको हो ।जाडोमा लगाउने ट्राकसुट...

देशभर २४ घण्टामा थपिए ६ सय ३८ संक्रमित

काठमाडौं, २७ साउन-देशभर गत २४ घण्टाको अवधिमा ६ सय ३८ कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको...

स्काउट क्याप उद्घाटन

विराटनगर। विनायक बोर्डिङ सेकेण्डरी स्कुलको विनायक स्काउट ट्रुपद्वारा आयोजित स्काउट एक रात दुई दिनको क्याम्प २०८१ को आज उद्घाटन भएको छ। स्काउटिङ मार्फत शान्ति र एकता भन्ने मूल नाराका साथ आयोजित यस क्याम्पको उद्घाटन प्रमुख...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्