कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु थप

 न्यूज विराट
कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु थप

काठमाडौं, ३० जेठ-नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । अर्घाखाँचीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

‘अर्घाखाँचीको मालारानी ४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका ५७ वर्षीय पुरुष स्वासप्रश्वासमा समस्या आएपछि लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचार गराएर फर्किने क्रममा उद्रे खोला भन्ने ठाउँमा बुधाबार मृत्यु भएको छ’ उनले भने ‘स्वाब संकलन गरि प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाबाट २९ जेठमा पोजेटिभ रिपोर्ट आएको छ ।’

उनी १२ दिनअघि भारतको महाराष्ट्रबाट नेपाल आइ क्वारेन्टाइनमा बसेको प्रवक्ता गौतमले जानकारी दिए । ती व्यक्तिको शव अर्घाखाँचीमै व्यवस्थापन गर्ने प्रक्रियामा रहेको उनले बताए ।

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट विराटनगरमा थप १ महिलाको मृत्यु

विराटनगर, भदौ १०–कोरोना भाइरसको संक्रमणका कारण विराटनगरमा थप एक महिलाको मृत्यु भएको छ । विराटनगर–११ मा बस्दै आएकी ४४ वर्षिया महिलाको गएराती ८ बजे उपचारका क्रममा मृत्यु भएको हो । मोरङको बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीस्थित विराट...

ट्रकमा आगजनी भएको घटनाप्रति महासंघको ध्यानकर्षण, कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर । नेपाल ट्रक यातायात व्यवशायी महासंघले आईतवार विराटनगरमा भएको सडक दुर्घटनापछि मालबाहक ट्रकमा आगजनी गरिएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाले आज एक विज्ञप्ती जारी गर्दै सडक दुर्घटना...

अदालतको आदेश आकर्षित नहुने भाषा राखेर एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण

नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने भाषा मिलाएर स्पष्टीकरण सोधेको छ । साउन ५ गते पठाइएको २४ घण्टे स्पष्टीकरणमा शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषय उल्लेख नगरी...

रमेश रायलाई जीवन विकास गोल्डेन अवार्ड प्रदान

विराटनगर । गरिबीरहित नेपालको परिकल्पनासहित ३१ जिल्लामा वित्तीय र सामाजिक सेवा प्रवाह गरिरहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले रमेश रायलाई ‘जीवन विकास गोल्डेन अवार्ड २०८१’ प्रदान गरेको छ । उनी लघुवित्तको सूचना प्रविधि विभागको प्रमुख...

मााओवादीको प्रदेश १ सम्मेलन विराट चौकमा हुँदै

विराटनगर, २२ मंसिर । माओवादी केन्द्रले प्रदेश अधिवेशनको तयारी तीब्र पारेको छ । माओवादी केन्द्रले आगामी २५ मंसिरमा मोरङको विराटचौकमा प्रदेश अधिवेशन गर्दै छ । त्यसका लागि तयारी तीब्र पारिएको माओवादी केन्द्र प्रदेश १ का...

भारतीय कारबाट १४६ केजी गाँजा बरामद, कार छोडेर चालक फारर

विराटनगर । विराटनगर – ११ बुद्ध विहार मार्गबाट प्रहरीले एक सय ४६ केजी गाँजा बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त रुपमा खटिएको...

विराटनगरमा हराएको भन्दै कांग्रेस केन्द्रीय सदस्यमाथि हातपात

विराटनगर, ३ वैशाख । विराटनगरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यमाथि आफ्नै पार्टीका कार्यकर्ताले हातपात गरेका छन् । वडाध्यक्षका उम्मेदवार पराजित भएपछि कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीमाथि हातपात गरेका हुन् । मंगलबार बिहान अन्सारीकै घरमा...

चितवनकी ६३ वर्षीया महिलाले पनि जितिन् कोरोना

चितवन, ३० वैशाख-कोरोना संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षीया महिलाले पनि कोरोना जितेकी छिन् । २ पटकसम्म गरिएको स्वाब परीक्षणमा नेगेटिभ नतिजा आएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । पूर्वी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्