ट्रम्पसँगै चर्चमा फोटो खिचाएका सैनिक अधिकारीले मागे माफी

 न्यूज विराट
ट्रम्पसँगै चर्चमा फोटो खिचाएका सैनिक अधिकारीले मागे माफी

एजेन्सी, जेठ ३०-अमेरिकाका एक उच्च सैनिक अधिकारीले राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै आफू पनि ह्वाइट हाउस नजिकैको एउटा चर्चमा गएर फोटो खिचाएको घटनाप्रति माफी मागेका छन् ।

१ जुनमा राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस नजिकै रहेको एउटा चर्चमा बाइबल समातेर फोटो खिचाएका थिए । सो क्रममा अफ्रिकी अमेरिकी नागरिक जर्ज फ्लाइडको हत्याको विरुद्धमा प्रदर्शन गरिरहेकाहरुलाई अश्रु ग्यास प्रयोग गरी त्यहाँबाट सुरक्षाकर्मीले हटाएका थिए ।

प्रदर्शनकारीमाथि बल प्रयोग गरेर ट्रम्पले फोटो खिचाएको घटनापछि तीव्र आलोचना भइरहेको छ । जर्ज फ्लोइडको हत्यापछि प्रहरी ज्यादती र रंगभेदको विरोध भएको आन्दोलनमा फोटो खिचाउन ट्रम्पले बल प्रयोग गरेका थिए ।

त्यस क्रममा ट्रम्पले आफूसँगै उच्च अधिकारीहरुलाई पनि लगेका थिए । सो क्रममा ट्रम्पसँगै हिँडेर चर्चमा पुगेका अमेरिकी सेनाका शीर्ष अधिकारी जनरल मार्क मिलीले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागेका हुन् । सो घटनाले सैनिकलाई राजनीतिक घटनाक्रममा सामेल गरेको भन्दै त्यसप्रति आफूले माफी माग्ने बताएका छन् ।

सम्बन्धित समाचार

‘कैची’ प्रहार गरेर मोरङ कटहरीका करण यादवको हत्या, चार जना पक्राउ

विराटनगर । मोरङ कटहरी गाउँपालिका – १ जमटोकी घर भएका २२ वर्षीय करण कामत हत्या भएको छ । चार जना युवाले कैची प्रहार गरेर उनको सोमबार राती हत्या गरेका हुन् । हत्या आरोपमा विराटनगर–११ घर...

विराटनगर महानगरपालिका , पदाधिकारीको सुविधा तथा बैठक भत्तामै सकियो २ करोड ६० लाख

विराटनगर । विराटनगर महानगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्य अनुसार आम्दानी गर्न नसकेको पाइएको छ । आर्थिक वर्ष २०७९÷०८० मा महानगरको संशोधित बजेट ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपैयाँ थियो ।त्यसको तुलनामा महानगरपालिकाले...

फेवातालमा एक जनाको शव भेटियो

पोखरा, २८ वैशाख-पोखराको फेवातालमा एक पुरुषको शव फेला परेको छ । आइतबार पोखरा–१८ सराङकोटका ४० वर्षीय राजु बास्तोला मृत भेटिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादब ढकालले जानकारी दिए । स्थानीयले हल्लनचोकको सामुदायिक प्रहरी केन्द्र...

कुखुरा फर्म संचालकको हत्या आरोपमा दम्पत्ती धरानबाट पक्राउ

विराटनगर । मोरङ सुन्दरहरैंचा – ९ का ४९ वर्षीय सहदेव बजगाइँको हत्या आरोपमा प्रहरीले दुई जना काम गर्ने कर्मचारीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका ४ हाटखोला घर भई बजगाइँकै कुखुरा फर्ममा काम...

२ लाखलाई रोजगारी दिन ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन

काठमाडौं, १५ जेठ-सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा बढाउँदै थप २ लाख नागरिकलाई रोजगारी दिने लक्ष्यसहित ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । आफ्नो गाउँ आफैँ बनाऔँको भावनाअनुसार स्थानीय तहबाट सञ्चालन हुने विकास निर्माणमा...

साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा युद्धविरामको घोषणा

एजेन्सी, चैत २७-साउदी नेतृत्वको गठबन्धनले यमनमा हुथी विद्रोहीविरुद्ध लडाईमा युद्धविरामको घोषणा गरेको छ । पाँच वर्ष लामो युद्ध अन्त्य गर्ने संयुक्त राष्ट्रसंघको प्रयासको समर्थनमा बिहीवारबाट लागु हुनेगरी युद्धविराम घोषणा गरिएको साउदी अधिकारीहरुले बताएका छन् ।...

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम असुली गर्नेबाट सावधान रहन प्रहरीको अनुरोध

विराटनगर । नेपाल प्रहरीले अन्तर्वार्तामा पास गराउने भन्दै रकम असुली गर्नेहरुबाट सावधान रहन अनुरोध गरेको छ । नेपाल प्रहरीले एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो । २६ गते प्रहरी जवान पदको विज्ञापन भई...

व्यापारी अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अनुमति

व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । स्वास्थ्य सामग्री कालोबजारी गरेको आरोपमा उनी मंगलबार पक्राउ परेका थिए । महानगरीय अपराध महाशाखाले कालोबजारीको आरोपमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्