जोरबिजोर प्रणालीअनुसार आजदेखि सवारीसाधन चलाउन पाइने

 न्यूज विराट
जोरबिजोर प्रणालीअनुसार आजदेखि सवारीसाधन चलाउन पाइने

काठमाडौं, ३० जेठ-नेपाल सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्थाअनुसार आजदेखि सवारी साधन जोरबिजोर प्रणालीअनुसार चलाउन पाइने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शुक्रबारदेखि काठमाडौं उपत्यका भित्र र अन्यत्र जिल्ला भित्र मात्र निजी सवारी साधन जोरबिजोर प्रणालीमा चलाउन पाइने भएको हो ।

एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन । तर, उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानेर यो व्यवस्था लागू गरिने छ ।

आजदेखि सञ्चालन हुने जोरबिजोर प्रणालीमा निजी सवारी साधन मात्र चलाउन पाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए । जसअनुसार ४ पाङ्गे सवारी साधनमा चालकसहित ३ जना मात्र र २ पाङ्गे सवारी साधन (मोटरसाईकल, स्कुटर, मोपेड) मा भने चालक १ जना मात्र रहनेगरी सञ्चालन गर्न पाइनेछ ।

जोरबिजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महाशाखाले जनाएको छ ।

अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म चलाउन भने रोक लागाईएको छ । तर, कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चलाउन पाइने छैन ।

यसअघि पास लिएर सञ्चालन भएको निजी सवारी साधनहरू पनि जोरबिजोर प्रणालीअनुसार मात्र चल्न पाउने कुरा महाशाखाले उल्लेख गरेको छ । महाशाखाका प्रमुख ढकालले शुक्रबारदेखि लागू हुने नयाँ व्यवस्थालाई अनुशासित भएर पूर्णरूपमा पालनाको लागि अनुरोध गरेका छन् ।

अत्यावश्यक काम बाहेक जोरबिजोर प्रणालीलाई उल्लङ्घन गरेर सवारीसाधन चलाउने उपर भने विभिन्न चेक प्वाईन्टमा खटिएका ट्राफिक प्रहरीले चेकजाँच गरी नियमानुसार कारवाही गर्ने कुरा महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

दक्षिण कोरिया : पहिलोपटक बिरालोमा कोरना सङ्क्रमण पुष्टि

एजेन्सी, १४ माघ । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दक्षिण कोरियाको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक...

स्तरोन्नति नभएको भन्दै दक्षिणकालीमा विरोधस्वरूप सडकमै रोपाइँ

काठमाडौं, ८ असार-सरकारले जस्तै स्थानीय तहहरूले समेत विकास बजेट खर्च गर्न सक्दैन । तर, जनता भने विकास भएन भनेर विरोध गर्नुपर्ने बाध्यता छ । सोही क्रममा दक्षिणकाली नगरपालिका-३ का स्थानीयले सडक मर्मत तथा कालोपत्र नभएको...

विद्यालय खेलकुद संघ मोरङमा गठन, अध्यक्षमा सितला सुब्बा

विराटनगर । नेपाल विद्यालय खेलकुद संघ मोरङ गठन भएको छ । विराटनगरमा आइतबार भएको भेलाले नेपाल विद्यालय खेलकुद संघ गठन भएको हो । संघको अध्यक्षमा सितला सुब्बा रहेकी छिन् । उनी प्याब्सन मोरङको निर्वतमान अध्यक्ष...

रुसमा ३ लाख पुगे कोरोना संक्रमित, सवै नेपाली सुरक्षित

मस्को, जेठ ६–रुसमा मंगलबार सम्म २ लाख २० हजार ९ सय ७४ जना कोरोना भाइरस (कोडिभ–१९) का सक्रिय संक्रमित पुगेका छन् । केही दिन यता रुसमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलँदै गएको छ ।...

सरकार विरुद्धको प्रदर्शन स्थगित गर्न साझा पार्टीको आग्रह

काठमाडौं, ३१ जेठ-सरकारले साझा पार्टीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्च र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ । सो पार्टीले आज विज्ञप्ति जारी गरी पछिल्ला दिनमा...

विद्याथीको रोजाइमा विराटनगरको इस्टर्न कलेज अफ इन्जिनियरिङ

विराटनगर । इन्जिनियरिङ अध्ययनप्रतिको विद्यार्थीको आकर्षण घटेको छैन । बरु यो आकर्षण अहिले पनि नघटी वरु अझ बढ्दो छ । पढाइ सक्ने बित्तिकै रोजगारी सहज रुपमा पाउने भएपछि इन्जिनियरिङप्रति आकर्षण बढेर गएको हो । विद्याथीको...

नेपाली र भारतीय मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

नेपाली र भारतीय नम्बर प्लेटका मोटरसाइकल चोरी गर्ने ठूलो गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार विभिन्न समयमा चोरी भएका ७ वटा मोटरसाइकलसहित गिरोहका ७ जनालाई...

कोरोनाका कारण मृत्यु हुनेको स्मृतिमा चीनमा मौनधारण

चीनमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा शनिवार विहान मौनधारण गरिएको छ ।स्थानीय समयानुसार बिहान १० बजेदेखि ३ मिनेटसम्म मौनधारण गरिएको थियो । मौनधारण कार्यक्रममा राष्ट्रपति सि जिनफिङलगायतका विशिष्ट व्यक्तिहरु पनि सहभागीता रहेको थियो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्