
मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने
मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । पौडेलकाअनुसार हाल...
काठमाडौं, २९ जेठ-सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेकोपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार जारी गरेको आदेशमा बन्दाबन्दी खुलेपछि बाटोको म्याद बाहेक ३० दिनभित्र सम्बन्धित विवरण र कर बुझाउन सक्ने गरी व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो ।
‘नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागबाट २०७७ असार ७ र १५ गतेभित्र कर तथा विवरण बुझाउने सम्बन्धमा भनी जारी भएको सूचना बन्दाबन्दीको अवधिसम्म कार्यान्वयन नगरी बन्दाबन्दी पूर्ण रुपमा खुलेपश्चात बाटोको म्याद बाहेक ३० दिनभित्र सम्बन्धित विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउनू’ आदेशमा भनिएको छ ।
अदालतले आदेशमा बन्दाबन्दीपश्चात् पनि केही अवधिसम्म सामाजिक दूरीलगायत अन्य विभिन्न सुरक्षित रहने उपाय अवलम्बन गर्नुपर्ने अवस्था, परिस्थितिलाई विचार गरी विवरण र कर दाखिला गर्ने प्रक्रिया र कार्यविधिलाई सरलीकृत गर्न भनिएको छ ।
आदेशमा बन्दाबन्दी पूर्णरुपमा खुले पश्चात पुनः नयाँ परिस्थिति सिर्जना भै देशभर वा कुनै खास क्षेत्रमा प्रतिकूल अवस्था देखिएका कारण कर दाताहरुले आआफ्नो पेशा, रोजगार, उद्योग, व्यापार तथा व्यवसायको सञ्चालनमा कठिनाई देखिन आएमा न्यायोचित तबरले उपरोक्त बमोजिमको अवधिहरु पुनरावलोकन गरी नयाँ समयावधि तोक्नेतर्फ आवश्यक व्यवस्था मिलाउन भनिएको छ । आगामी असार ७ गतेसम्म कर तिर्नुपर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ ।
सर्वोच्च अदालतको १३ जेठमा बसेको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवरासहित सर्वोच्च अदालतमा सबै (१९ जना) न्यायाधीशको वृहतपूर्ण इजलासले कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले गरेको बन्दाबन्दीको समयलाई शून्य अवधि मान्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार सर्वोच्च अदालतसहित देशभरका सम्र्पूण अदालत बन्दाबन्दीको अवधिलाई शून्य समय मन्ने र बन्दाबन्दी खुलेको ३० दिनभित्र उपस्थित हुने अदालतको निर्णयअनुसार काम भइरहेको छ । अदालतले कर तिर्ने विषयमा पनि बन्दाबन्दी खुलेको ३० दिनभित्र व्यवस्था गर्न आदेशमा भनेको छ ।
‘कोभिड-१९ को अवस्थामा केही अपवादबाहेक राज्यलाई साबिक समयमै कर र विवरण दाखिला गर्दै आएका करदातालाई आजको असहज परिस्थितिमा आइपरेका व्यावहारिक समस्यासमेत विचार गरी न्यायोचित सुविधा दिनबाट राज्य पन्छिनु वाञ्छनीय देखिँदैन’, आदेशमा भनिएको छ, ‘यस दृष्टिकोणबाट हेर्दा आन्तारिक राजश्व विभागको सूचनामा उल्लेख भएको समयावधिले करदातालाई सुविधा दिएको भन्दा पनि सन्त्रास सिर्जना गर्ने अवस्था देखिन्छ ।’
आदेशमा अहिलेको परिस्थितिलाई हेर्दा सरल, सहज अवस्था र परिस्थितिमा करदाताले राज्यलाई समयानूकल कर तिर्ने कर्तव्य हुन्छ भने असामान्य र असहज परिस्थितिमा राज्यले जनतालाई सहयोग र सुविधा दिनु पनि अपेक्षित हुने उल्लेख छ । बन्दाबन्दीको अवधिमा सरकारले कर तिर्न गरेको निर्णयलाई रोक्न आदेशको माग गर्दै अधिवक्ता सिर्जना अधिकारी र थानेश्वर काफ्लेले दायर गरेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाईमा अदातलले उक्त आदेश जारी गरेको हो ।
आन्तारिक राजश्व विभागले २० जेठमा सूचना निकाली यही जेठ २५ गतेभित्र कर तिरिसक्न निर्देशन दिएको थियो । महामारीका कारण बन्दाबन्दी भएर सबै उद्योग, पेशा, व्यापारआदि बन्द भएको अवस्थामा कर तिर्ने निर्णयको आलोचना भएपछि सरकारले आगामी असार ७ सम्म गतेसम्म कर तिर्ने म्याद थप गरेको थियो ।
कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारले गत चैत्र ११ गतेदेखि बन्दाबन्दीको घोषणा गरेको आज ८० दिन पुगेको छ । नागरिकले पेशा, व्यवसाय, उद्योगधन्दालगायत सञ्चालन गर्न पाएका छैनन् । यही विषम परिस्थितिलाई ध्यानमा राखी अदालतले बन्दाबन्दीमा कर तिर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । रासस
मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । पौडेलकाअनुसार हाल...
विराटनगर, ३ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षणगर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको...
काठमाडाैं, ३ जेठ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको छ । कोरोना भाइरस (काेभिड-१९) संक्रमित १ महिलाको मृत्यु भएपछि टोली धुलिखेल अस्पताल पुगेको हो । ‘काेभिड-१९ कै संक्रमणले मृत्यु भएको रहेछ भने यो पहिलो...
विराटनगर, ७ साउन । सुनसरी धरानको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १० मा सटर भाडा लिई...
काठमाडौं, २६ वैशाख-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कानुन दिवसले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्दै कामना गरेका छन् । उनले आज शुभकामना सन्देश...
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको दोस्रो अधिवेशन विराटनगरमा सुरु भएको छ । विराटनगरस्थित इस्टन स्टार होटलमा आइतबार दिउँसो चार बजेटबाट अधिवेशन सुरु भएको हो ।संघको अध्यक्ष कुमार खतिवडाको अध्यक्षमा अधिवेशन सुरु...
एजेन्सी, जेठ १-न्युजिल्यान्डका वैज्ञानिकहरूले अद्भूत खोज गर्दै पृथ्वीबाट २५ हजार प्रकाश वर्ष टाढा पृथ्वीजस्तै ग्रह पत्ता लागेको बताएका छन् । ग्रह पत्ता लगाएको बताए पनि वैज्ञानिकहरूले हालसम्म कुनै नाम राखेका छैनन् । तर, यो पत्ता...
काठमाडौं, १ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता गरिएको महाभियोग ठिक बाटो नभएको प्रतिक्रिया दिएका छन् । उनले न्यायालयमा जारी अराजकता अन्त्य गर्न आवश्यक भए पनि त्यसका लागि महाभियोगको बाटो...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.