लकडाउनमा प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी 

 न्यूज विराट
लकडाउनमा प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी 

काठमाडौं, २९ जेठ-गृह मन्त्रालयले लकडाउन विभिन्न बहाना र माग राखेर अनावश्यक भीडभाड भइरहेको भन्दै त्यस्तो काम रोक्न अनुरोध गरेको छ । आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले लकडाउन आदेशको अवहेलना हुने गरी देखाइएको प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएकोसमेत जनाएको छ ।

सरकारले जारी गरेको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने जो कोहीलाई पनि प्रमुख जिल्ला अधिकारीले ऐनले दिएको अधिकार प्रयोग गरी कारवाही गर्न सक्ने विज्ञप्तिमा जनाइएको छ ।

बन्दाबन्दीको आदेशको अवहेलना गर्नेलाई सङ्क्रामक रोग ऐन, २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले १ सयदेखि ६ सय रूपैयाँसम्म जरिवाना र १ महिना देखि ६ महिनासम्म थुनामा राख्ने गरी कारवाही गर्न सक्ने प्रावधान रहेको छ ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा अहिले कतिपय व्यक्ति सामाजिक सञ्जालबाट निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिलाई सहभागी बनाउने, ज्ञापनपत्र दिन जाने आदि जस्ता कामका संलग्न भएको बताइएको छ ।

मन्त्रालयले जारी बन्दाबन्दीको आदेश विपरीत हुने गरी कुनै पनि काम कारवाही नगर्न, नगराउन र कुनै पनि बहानामा संलग्नसमेत सहभागी नहुन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोभिड-१९ सङ्क्रमणको जोखिमबाट नागरिकको जीवन रक्षाका लागि मन्त्रिपरिषद्को बैठकले संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी लकडाउन हालसम्म जारी रहेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

मदिरा पिएर आफ्नै घरमा आगजनी

पोखरामा १ व्यक्तिले आफ्नै घरमा आगो लगाएका छन् । महानगरपालिका छोरेपाटन-१७ का जनकराज पौडेलले मादक पदार्थ सेवन गरी सोमबार १० बजे आफ्नै घरमा आगो लगाएका हुन् । आगलागीबाट घरमा रहेका लत्ताकपडा, फर्निचर, भाडाँकुडा, धनमाल सबै...

बालश्रममा प्रयोग गरिएका ५ बालकको उद्धार

विराटनगर, माघ १७–विराटनगरबाट नियमविपरीत बालश्रममा प्रयोग गरिएका ५ जना बालकलाई शुक्रबार उद्धार गरिएको छ । विराटनगर महानगरपालिकाको नेतृत्वमा निस्किएको सरोकारवालाको टोलीले नगरक्षेत्रका विभिन्न होटलहरूबाट ती बालकलाई उद्धार गरेको हो । सो क्रममा नगरक्षेत्रको वडा नम्बर...

इलामको विकासको जिम्मा अब सुहाङले लिन्छन् : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताएका छन् । इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफू सुहाङको पछाडि...

विदेशबाट फर्कनेलाई यस्तो छ क्वारेन्टिन व्यवस्थापनको तयारी

काठमाडौं, १६ जेठ-सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विदेशबाट फर्कने नागरिकको वर्गीकरण गरी क्वारेन्टिन व्यवस्थापन गरिने बताएका छन् । खाडी मुलुकमा श्रमका लागि गएर फर्कन लागेका नागरिक, युरोप तथा अमेरिकाबाट फर्कन चाहने नागरिक र भारतबाट फर्कने...

गृह जिल्लामा देउवाले पठाए राहत सामग्री

डडेल्धुरा, २३ जेठ-पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराका लागि राहत सामग्री पठाएका छन् । स्थानीय तहमा रहेका गरिब निमुखाका लागि खाद्यान्न अभाव भएको भन्दै उनले राहत सामग्री पठाएका हुन् । सभापति...

पछिल्लो २४ घण्टामा प्रदेशमा १ थपिए ३४३ संक्रमित

विराटनगर, २१ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीन सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर...

बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः खनाल चयन, लेखा समिति संयोजकमा निधी

विराटनगर । मोरङको विराटनगर –३ बुद्धचोक स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिं. को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको १५ औं साधारणसभाले राजेन्द्रप्रसाद खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र अविनाशकुमार...

लेटाङ घटना : २० जना प्रहरी नियन्त्रणमा, १६ जनाविरुद्ध म्याद थप

बालिकालाई शिक्षकले यौन दुर्व्यवहार गरेको प्रकरण एकजना महिला प्रहरीको ज्यान जानेगरी मोरङको लेटाङमा भएको घटनामा अहिलेसम्म प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको छ । यही ६ चैतमा मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्