कुवेतबाट आज ३ सय नेपाली स्वदेश फर्कंदै

 न्यूज विराट
कुवेतबाट आज ३ सय नेपाली स्वदेश फर्कंदै

काठमाडौं, २९ जेठ-आज कुवेतमा अलपत्र परेका नेपाली स्वदेश फर्कंने भएका छन् । त्यहाँबाट २ वटा उडानमार्फत् ३ सय नेपाली नागरिक स्वदेश फर्कंन लागेका हुन् ।

बुधबार नै उनीहरू आउने भनिए पनि कुवेतको र नेपालको समयतालिका नमिलेपछि रद्द भएको थियो । कुवेतले रातमा पठाउने भने पनि यहाँ रातमा व्यवस्थापन गर्न कठिनाइ हुने भएकाले समय मिलाउन कठिन भएको थियो । दुवैतर्फको सहमतिमा बिहीबार दिउँसोको समयमा दुवै जहाज अवतरण हुने भएको छ ।

जसअनुसार कुवेतको जजिरा एयरलायन्सको २ जहाजमा त्यहाँबाट नेपाली नागरिक आउँदै छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले दिएको जानकारी अनुसार पहिलो फ्लाइट बिहान साढे ११ बजे आउनेछ ।

पहिलो जहाज फर्के लगत्तै दोस्रो जहाज दिउँसो साढे १ बजे नेपाल आइपुग्ने तय भएको छ । कुवेतबाट फर्कन चाहेका सात हजार ९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । जस अनुसार पहिलो चरणमा ३ सय जना नेपाली बिहीबार फर्कन लागेका हुन् ।

सम्बन्धित समाचार

सुत्केरीलाई गुुँदपाक वितरण गर्दै गोदावरी नगरपालिका

ललितपुर, ४ वैशाखगोदावरी नगरपालिकाले सुत्केरी मसला स्वरुप गुँदपाक तरण गरेको छ । कोभिड–१९ का कारण हाल मुलुक बन्दाबन्दी परेका बेला सुत्केरीलाई तागत पुर्‍याउन नगरपालिकाले गुँदपाक वितरण गरेको हो । गोदावरीमा प्रतिसुत्केरी आधा किलो गुँदपाकसहित अन्य...

‘भारतीय च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिँदैन’

काठमाडौं, २८ असार-भारतीय न्यूज च्यानलहरूमाथि लागेको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकूल नहुँदासम्म कायम रहने...

बजेट कार्यान्वयनमा कुनै शङ्का नगर्नु : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्ण रूपमा कार्यान्वयन हुने बताएका छन् । आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसङको अन्तरक्रियामा उनले बजेट कार्यान्वयनमा कुनै शङ्का नगर्न...

कृषि तथा पुशपालन क्षेत्रको आधुनिकरण गरिनुपर्नेमा जोड

विराटनगर । कृषि र पशु पालन क्षेत्रको आधुनिकरण र वजार व्यवस्थापन गरिनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद, काठमाण्डौद्वारा विराटनगरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा यस्तो बताएका हुन् । उक्त...

‘नेता निषेधित क्षेत्र’ पुगेर विराटनगरका मेयर काेइरालाले भेटे सडक पीडित

विराटनगर । हुलाकी सडकबाट प्रभावित स्थानमै पुगेर विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्थानीयको गुनासो सुनेका छन् ।ठेकेदारको लापरबाहीका कारण विराटनगर–५ जामुनगाछी पश्चिम जाने सडक निर्माण हुन सकेको छैन । मेयर कोइरालाकै अग्रसरतामा पटक–पटक ठेकेदारसित छलफल...

 २९ देशबाट संविधान दिवसको शुभकामना

काठमाडौं, ३ असोज-संविधान दिवसका उपलक्ष्यमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश दिएका छन् । अष्ट्रेलिया, बङ्गलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, चीन, क्युबा,...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण

विराटनगर, २२ साउन । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई पहिलो चरणमा खाद्यान्न वितरण गरेको छ । क्लबले एक कार्यक्रमकाबीच विराटनगर तीनटोलियास्थित मानव सेवा आश्रममा आश्रित ७८ जनाको...

अकूत सम्पत्ति कमाएको अभियोगमा सडक विभागका तत्कालीन इन्जिनियरविरुद्ध मुद्दा

काठमाडौं, २२ असार-अख्तियार दुरुपयोग अनुसनधान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनियर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भनी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्