काठमाडौं महानगरले रेडियोबाट पढाउन थाल्यो 

 न्यूज विराट
काठमाडौं महानगरले रेडियोबाट पढाउन थाल्यो 

काठमाडौं, २८ जेठ-काठमाडौं महानगरपालिकाले वैकल्पिक विधिबाट विद्यार्थीलाई पढाउन सुरु गरेको छ । बुधबार बिहानबाट रेडियोबाट पढाउन सुरु गरिएको महानगरका शिक्षा विभागका अधिकृत तारापति खरेलले जानकारी दिए ।

बिहान ९ बजेबाट कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई मेट्रो एफ एम ९४ं.६ मेघाहर्ज बाट पढाउन सुरु गरिएको हो । प्रत्येक दिन फरक फरक विषयमा पढाइ हुने छ ।

‘कोरोना भाइरसका कारण विद्यार्थीके पठनपाठन अवरुद्ध भएपछि सिकाइलाई निरन्तरता दिन रेडियोबाट पढाउन सुरु गरेको हौं,’ उनले भने, ‘शिक्षक, अभिभाव सहभागि भएर विद्यार्थीको सिकाइमा सहयोग गर्न आग्रह गर्दछौं ।’

सरकारले १ असारदेखि वैकल्पिक विधिबाट पढाउने निर्देशिकासमेत बनाएको छ । निर्देशिका अनुसार महानगरले पढाउन सुरु गरेको हो । काठमाडौँ महानगरपालिकाले आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो,’ महानगर प्रमुख विद्या सुन्दर शाक्यले भने ।

प्रमुख शाक्यले उलडकडाउनका कारण शिक्षक, बिद्यार्थी र अभिभावकले पारिवारिक व्यवस्थापनका लागि आर्थिक र सामाजिक समस्यासँग जुधिरहेको अवस्थामा उहाँहरुलाई सामान्य जीवनप्रति उत्साहित गराउन र शैक्षिक गतिबिधिलाई निरन्तरता दिन पनि रेडियो शिक्षा कार्यक्रम प्रभावकारी हुन सक्ने बताए  ।

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका सामूदायिक विद्यालयमा एकै प्रकारको रंगरोगन गर्नेलगायतका कामलाई समेत बन्दाबन्दीका बेला पनि निरन्तरता दिदैँ आएको छ ।

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय भित्रका खुला स्थानहरुलाई धुलोमुक्त बनाउने, फलफुलका विरुवा रोप्ने, लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय निर्माण गर्ने, शुद्ध पिउने पानीको व्यवस्था गर्ने, खुला क्षेत्रमा पानी पुनर्भरण  कार्यक्रम, फोहोरमैला राख्ने भाँडोको प्रवन्ध गर्ने, सबै विद्यालयमा बालमैत्री चित्र र महावाणी लेख्ने एवं एउटै रंग लगाउने कार्यक्रम सञ्चालन गर्ने जस्ता नीति लिएको छ । शाक्यले ती कार्यलाई पनि निरन्तरता दिन आग्रह गरे  ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महामारीले निम्त्याएका समस्यामध्ये शैक्षिक सत्र व्यवस्थापन प्रमुख मध्येको एक समस्या भएको भन्दै यसलाई सहज बनाउँदै लैजाने बताए ।

काठमाडौँ महानगरपालिका शिक्षा विभागका शाखा अधिकृत मोती प्रसाद भट्टराईले आजबाट सुरु रेडियो शिक्षामार्फत महानगरपालिका भित्र रहेका ९१ वटा सामूदायिक बिद्यालय ३ ओटा विशेष विद्यालय र ६ सय ४३ ओटा संस्थागत विद्यालयलमा अध्ययनरत विद्यार्थी यो शिक्षाबाट प्रत्यक्ष–अप्रत्यक्षरुपमा लाभान्वित हुने बताए  ।

सम्बन्धित समाचार

विराट डाईग्नोष्टिक ल्याबको संकलन केन्द्र इनरुवामा आज खुल्दै, प्रदेश १ भरी विस्तार गर्ने तयारी

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होम (विराटनर अस्पताल) भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालिले सुनसरीको इनरुवामा पनि रगत सङ्कलन केन्द्र स्थापना गर्ने भएको छ । आज दिउँसो ११ बजे एक कार्यक्रम आयोजना गरी ल्याबको...

बझाङमा भालु आतंक, आक्रमणबाट एक महिला गम्भीर घाइते

बझाङ, पुस ७–जयपृथ्वी नगरपालिकाको ७ नम्बर वडामा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । आज दिउँसो १ बजेतिर जयपृथ्वी नगरपालिकाको कोइरालीखेतमा ४० वर्षकी सितादेवी रोकाया गम्भीर घाइते भएकी हुन् । उनको बझाङ जिल्ला अस्पतालमा...

संसद विघटनविरुद्धको आन्दोलनलाई व्यापक बनाउन कांग्रेसको अपिल

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथका विषयमा थप गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रमहरूमा व्यापकताका लागि सबैलाई अपिल गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत संवैधानिक परिषद्सम्बन्धी...

उच्चस्तरीय समितिका निर्णय कार्यान्वयनमा सुस्तता

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको अति उच्च जोखिममा नेपाललाई सूचीकृत गरेसँगै सरकारले ७० बुँदे बढी निर्णय गरे पनि अधिकांश निर्णय कार्यान्वयनमा सुस्तता देखिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना...

अमेरिकन आइडलका प्रतिष्पर्धी दिवेशको समर्थनमा र्‍याली

काठमाडौं, २७ वैशाख-अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा र्‍याली गरिएको छ । यो सिजनको टप टेनभित्र परेका नेपाली ठिटो दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा ब्यानरसहित र्‍याली गरिएको हो । गायक दिवेश पोखरेलकी...

जापानमा प्रतिनिधिसभा विघटन, अक्टोबर ३१ मा निर्वाचन हुने

जापानका प्रधानमन्त्री फुकिओ किशिदाले आगामी आमनिर्वाचनका लागि संसदको तल्लो सदन प्रतिनिधिसभा विघटन गरेका छन्। जापानी अधिकारीहरूले बिहीबार बसेको बैठकलगत्तै संसद विघटन भएको जानकारी दिएका हुन्। यहाँ आगामी अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन हुने भएको छ। प्रतिनिधिसभाको कार्यकाल...

कोशीमा कांग्रेस संसदीय दलको नेता उद्धव थापाले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्दव थापाले राजीनामा दिएका छन् । विराटनगरस्थित काङ्ग्रेस प्रदेश कार्यालयमा आज दिउँसो पत्रकार सम्मेलन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । उनले कोशी प्रदेश सरकार निर्माणका...

जसपा अध्यक्ष ठाकुरले बोलाए आफूनिकट सांसदहरूको बैठक

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू पक्षधर सांसदहरूको बैठक बोलाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल लगत्तै उनले आफूनिकट सांसदहरूको बैठक बोलाएका हुन् । बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो तीन बजे सांसदहरूलाई बोलाइएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्